सम्पर्क

बाह्र्बिसेको खाग्दल बेलीब्रिज बगायो तातोपानी सडक अबरुद्ध तत्काल बाटो खोल्न मोहन बस्नेतको निर्देशन

बिपत रोकेर रोक्न सकिदैन तर तत्काल व्यवस्थापन गर्न लाग्नु पर्ने पुर्ब मन्त्री माननीय मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । बाह्रबिसे नगरपालिका–३ स्थित खाग्दल खोलाको बेलिबिज्र बगाएको थाहा पाउँने बित्तीक्कै काठमाण्डौको बैठक छोडेर बाह्र्बिसे आइ पुग्नु भएका बस्नेतले बेलिबिज्र बगाएको स्थानमा गइ तत्काल यसको व्यवस्थापन गरी सडक आवत जावतका लागी व्यवस्थ ागर्न बाह्र्बिसे नगरपालिकाका साथै सडक बिभाग लगाएत सरोकारवाला हरुलाइ निर्देशन दिनु भयो । उँहाको निर्देशन लगत्तै बाह्र्बिसे नगरपालिका, सडक बिभाग, नेपाली सेना, प्रहरी सबैले अस्थाइ व्यवस्थापन गरी आवतजावतका लागी काम शुरु गरेको छ । काम शुरु गर्न नगर पालिकालाइ निर्देशन दिदै बस्नेतले बिपद परेको बेला नागरिकको साथमा रहन सके मात्र नागरिकले वास्तविक अभिभावक भएको महशुस गर्ने भएकाले आफु यँहा मात्र होइन हरेक ठाँउमा पुग्ने गरेको बताउँनु भयो । बस्नेतले एकसाताभित्र अर्को बेलिब्रिजको व्यवस्था गरेर भएपनि आवतजावतलाई सूचारु गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाले सवैको सहकार्यमा प्राकृतिक प्रकोपलाई न्यूनिकरण गर्ने गरि योजना बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । उँहाले सबै पालिकाकाले बिपदको समयमा नागरिकको साथमा रहने गरी काम गर्नू पर्ने भन्दै त्यसका लागी तैयारी रहन सबैलाइ अनुरोध गर्नू भयो । बस्नेतले आफु भोटेकोशी, तातोपानीका नागरिकहरु सँग भेटघाट गरी त्यँहाको अबस्था बुझेर मेलम्चीको अबस्था बु्झ्ने र जँहा जँहा समस्या छ त्यँहा त्यँहा आफु पुगेर समस्या समधानमा लाग्ने बतामउँनु भयो । पुल बगाएको स्थानमा पुग्नु भएका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सिन्धुपाल्चोकको बाह्र्बिसे, पाँचपोखरी,हेलम्बु,मेलम्ची, लगाएतका सबै पालिकाहरु बिपदको जोखिममा रहेका छन त्यसका लागी सबै लाइ सतर्क रहन अनुरोध गर्नू भयो । बाह्र्बिसे नगरपालिकाका प्रमुख बलकृष्ण बस्नेतले पुर्ब मन्त्री माननीय मोहन बहादुर बस्नेतले तत्काल पुल को व्यवस्था गरेर सवारी आवत जावत गर्ने बाताबरण मिलाउँन निर्देशन दिइ सक्नु भएको छ काम शुरु भइ सक्यो अब बढीमा १५दिन भित्र सवारी आवतजावत हुने गरी व्यवस्था मिलाउँने बताउँनु भयो । त्यस अघी माननीय बस्नेत बागमती प्रदेसका पुर्ब मन्त्री माननीय मसिना खड्का सहीत होटल चण्डेश्वरीमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षक सन्तोष खड्का लगाएत सुरक्षा निकाय प्रमुख हरु, बिपद ब्यवस्थापन समिती र सो सँग सरोकार वाला हरु सँँग छल फल गर्देै बिपत परेको थाहा पाँउन साथ प्रमुख जिल्ला अधिकारी सहीतको टोली तत्काल उद्धारका लागी जुटेकोमा बिशेष धन्यबाद दिनु हुँदै बिपत व्यवस्थापनमा प्रजिअ लगाएत सुरक्षा निकाय सिन्धुपाल्चोकले खेलेको भुमिका को प्रशंसा गर्नु भयो । गएरातीको बाढीले बेलिबिज्र बगाएपछि चीनसँग जोड्ने बाह्रबिसे–तातोपानी (२६ किलोमिटर) सडकमा पर्ने खाग्दल बजारमा रहेको बेलिब्रिज बाढीले बगाएको छ । खाग्दल खोलामा आएको बाढीले बेलिब्रिज बगाउँदा तातोपानी–बाह्रबिसेको सडक सर्म्पक टुटेको छ । बाह्र्बिसे नगर पालिकाका उप प्रमुख मन्जु तामाङले रातको दुई बजे खाग्दल खोलामा आएको बाढीले बेलिब्रिज बगाएसँगै आसपासका आधा दर्जन घरटहरामा क्षति पु¥याएको बताउँनु भयो ।घटना भएलगत्तै बाह्रबिसे नगरपालिका नगर प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मंञ्जु तामाङलगाएतले ’तत्काल सडक सरसफाई गरीएको थियो । आइतबार राती खाग्दल खोलामा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ र ५ जोड्ने बेलिब्रिज बगाएको हो । बाढीले केही घरहरुमा समेत क्षति गरेको स्थानीयहरुले जनाएका छन् । बाढीका कारण स्थानीय ब्यवसायी रावण रोक्काको गोदाममा रहेको निर्माण सामग्री समेत पुरिएको छ उक्त राजमार्ग ठप्प भएसँगै बाह्रबिसे नगरपालिकाले बाह्रबिसे वडा न.८ एक्लेबेसि हुँदै जम्बु निस्किने बैकल्पिक सडक प्रयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । बाह्रविसे तातोपानी नाका आवत जावत बन्द भएको छ । यस्तै जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिको लार्के खोलामा आएको बाढिका कारण वडा नं १ र २ जोड्ने चिण्डे झोलुङ्गे पुल, २ र ४ जोड्ने महाकाल झोलुङ्गे पुलमा क्षति पुगेको छ ।