सम्पर्क

ब्रेकिङ न्युज १

आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमाप्रेस काउन्सिल नेपाललेपत्रकारिता पुरस्कारप्रदान गर्ने

ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार घोषणा गरेको छ । यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)लाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको छ ।तीन दशकदेखि पत्रकारिताका विभिन्न विधामा सक्रिय रही सामाजिक रुपान्तरण र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर लाग्नुभएका पत्रकार भण्डारी र पत्रकारिता प्रशिक्षणमा अग्रणी संस्था एनपीआईलाई यो पुरस्कार प्रदान गरिने भएको हो । यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपियाँ रहेको छ । पत्रकारिता तथा आमसञ्चार क्षेत्रको अध्ययन, अनुसन्धान, तालिम एवं प्रशिक्षण संस्थालाई गोपालदास पत्रकारिता पुरस्कारमा समावेश गरिएको काउन्सिलको इतिहासमा यो पहिलोपल्ट हो ।नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पि...

इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिन सभापती देउवाको आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने बताउँनु भयो । समय माग र जनताको चाहाना बमोजिम ठुला दलहरु दाया बाया फर्केर होइन एकै ठाउमा बसेर बिकासका कामहरु गर्न पर्ने आबश्यकता देखीएकाले बर्तमान सरकारको बनेको बताउँनु भयो ।  उहाँले काभ्रेपलाञ्चोकजिल्लाको धुलिखेलमा निर्माण गरिएको महामानव बिपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई शनीबार सम्बोधन गर्दै सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्तासहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताउनुभयो।“दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाए अनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ”, देउवाले भन्नुभयो। उहाँले क...

हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
हिराहरि तेक्वान्दो डोजाङ , चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको चौतारा रंगशालामा ग्रेडिङ तथा आउदै गरेको नेपालीहरुको महान पर्व बढा दशै, शुभ दीपावली तथा अन्य पर्बको शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं।  ५ का वडा सदस्य रामबहादुर घले को प्रमुख आतिथ्यता जिल्ला फुटबल संघ सिन्धुपाल्चोक र नगर खेलकुद विकास समितिका अध्यक्ष अमृतमान श्रेष्ठ, जनता पत्र पत्रीकाका टिका सुबेदी, सिन्धु ज्वालाका प्रमुख निर्मल बस्नेत, अभिभावक तथा खेलाडी हरुको बाक्लो उपस्थितिमा रातो कालो पेटि , प्रथम डान कालो पेटी र दोस्रो डान कालो पेटीको ग्रेडिङ भएको छ । रातो पेटीबाट रातो कालो पेटीमा सुसन खत्री र सुनिधी कक्षपति उतिर्ण हुन सफल भएको छ । तेस्तै गरि रेहान श्रेष्ठ, आशिष तामाङ, प्रबेस नेपाल, रजिब...

इलेक्ट्रोपावर कम्पनि लिमिटेडको प्राथमिक उपचार तालिम भोटेकोशीमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत ,इलेक्ट्रोपावर कम्पनि लिमिटेड (भोटेकोशि–१ जलविद्युत आयोजना ४० मेगावाटको आयोजना र भोटेकोशि गाँउपालिकाको सहकार्यमा १ दिने प्राथामिक उपचार तालिम सम्पन्न भएको छ । योगदान राष्ट्रको लागि नामक संस्थाले प्राथामिक उपचारका बिधिका बारेमा प्रशिक्षण दिएको थियो । गाउँपालिकाका अध्यक्ष नुर्पु शेर्पाको सभापतित्वमा गाउँपालिकाको सभाहलमा भएको तालिममा पालिका भरका स्वास्थ्यकर्मि, स्वयम्सेवीका, शिक्षक, शिक्षिका, स्थानिय समाजसेबी, सुरक्षाकर्मीहरु क्लबहरु र आयोजनासँग सम्बन्धित कर्मचारिहरु, पालिकाकाका कर्मचारीहरुको सहभागीता रहेको थियो । योगदान राष्ट्रको लागि केन्द्रिय अध्यक्ष तथा प्रशिक्षक ओम उप्रेतीले प्राथमिक उपचारका लागि कसरी गर्ने के के गर्ने भन्ने बिषयमा जानकारी दिनुभएको थियो । उहाँले खाना खाँदा घाँटीमा खान अड्केर हुन सक्ने क्षेती रोक्ने, पानिमा डुबेकालाई तत्काल गर्न पर्ने उपचार बिधि, एम्...

कतारमा ३९ नेपालीले गरे रक्तदान

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
दर्शन सुनार शेष घलेद गैरआवासीय नेपाली संघ कतारको आयोजनामा र नेपाल रक्तदाता संघ कतारको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन् । “उत्कृष्ट मानवीय सेवाद्वारा प्रेरित रक्तदान–जीवन दान“ भन्ने नारालाई ध्यानमा राख्दै शुक्रबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो । खुल्ला रक्तदानका लागि ५३ जना दर्ता भए पनि ३९ जनाले रक्तदान गर्न सफल भएको र १४ जनाले रक्तदान गर्न नसकेको नेपाल रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले बताउनुभयो । कतारको हमाद अस्पतालको रक्तदान केन्द्रमा शुक्रबार आयोजित बृहत् रक्तदान कार्यक्रममा ९० जनाको उपस्थिति रहेको थियो । गैरआवासीय नेपाली संघले रक्तदान गर्ने सबै रक्तदाताहरुलाई कार्यक्रममा उपस्थित भई कदर पत्र प्रदान गरी सम्मान गरेको थियो । संघका अध्यक्ष सुनिलकुमार घिमिरेले रक्तदान जस्ता महान कार्यमा सहभागी भई कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सहयोग गर...

नेपालको संविधान विश्वकै उत्कृष्ट संविधानः सांसद सापकोटा

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला प्रतितिधी सभा १ का सासद माधब सापकोटाले मुलुकमा अहिलेसम्म बनेका संविधानहरु मध्य सबैभन्दा राम्रो र जनताले चाहेको संबिधान भएको बताउँनु भएको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारामा आयोजित संविधान दिवसको उपलक्ष्यमा भएको प्रभातफेरी संगै भएको कोण सभामा बोल्दै बहुमतबाट निर्माण गरिएको संविधान विश्वकै उत्कृष्ट भएको बताउँनु भएको हो । सो अवसरमा सांसद सापकोटाले नेपालको संबिधान मूलुक कै उत्कृष्ठ संबिधान भएको बताउँदै उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचनको पक्षमा माओबादी दृढ रहेको बताउँनु भयो । संबिधानले शान्तिपूर्ण बिरोध गर्ने अधिकार दिएको छ । चित्त नबुझेको कुरा भन्न पाइन्छ तर अराजकता शैलीमा होइन शान्तपुर्ण तरिकाले भन्न पर्छ भन्नुभयो । संविधानमाथि अफवा फैलाउने अतिबादी अराजकताबादीहरुको हावी भएकोले त्यसको पक्षमा नलाग्न सवैलाई आग्रह गर्नुभयो । सयौ ...

पाँचपोखरीमा शैक्षिक गुणस्तर अभिवृद्धि, क्षमता विकास उत्प्रेरणा सम्बन्धी कार्यशाला

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि, क्षमता विकास साथै उत्प्रेरणा सम्बन्धी २ दिने कार्यशाला सुरु भएको छ । गाउँपालिका सभाहलमा सुरु भएको कार्याशालाको बिहिबार औपचारिक कार्यक्रम सहित गाउँपालिका अध्यक्ष टासी लामाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लामाले शिक्षकहरुको उर्जा, उत्सुकता, गतिशीलताले कार्यक्रम फलदायी हुने बिश्वास लिएको बताउनुभयो । उहाँले संविधानको सार्वभौमसत्ता नेपाली जनतामा रहेको उल्लेख गर्दै यो संविधान पनि पुर्ण नरहेको टिप्पणी भइरहेको उल्लेख गर्दै बनेको संविधानको पुर्ण रुपमा अक्षरंश लागु गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष लामाले पाँचपोखरीको शैक्षिक गुणस्तर वृद्धि गर्दै यहाँको समृद्धिमा टेवा पुर्याउन शिक्षकहरुको भुमिका महत्वपूर्ण हुने जिकिर गर्नुभयो । सामुदायिक विद्यालयका शिक्षकहरु असाधारण क्षम...

बिभिन्न कार्यक्रम गर्दै मनाईयो संविधान दिवस

ब्रेकिङ न्युज १, समाचार
     संबिधान दिवसको अवसर पारेर सिन्धुपाल्चोकमा पनि बिभिन्न कार्यक्रमहरु गरिएको छ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्वमा क्षेत्र नं. १ का माननिय माधब सापकोटा सुबोधको प्रमुख अतिथ्यतामा, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको बिषेश अतिथ्यतामा प्रभातफेरी र्याली सहित कोण सभा गरेर दिबस मनाएको छ । कार्यक्रममा नगर उपप्रमुख सिता थापा, प्रमुख जिल्ला अधिकारी किरण थापा, सरकारी गैर सरकारी कार्यालयका प्रतिनिधी, सामुदयक तथा निजी बिद्यालयका शिक्षक बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । यसैगरी संविधान दिवसको अबसरमा सुनकोशी गाउँपालिकाले पनि प्रभातफेरीको कार्यक्रम गरेको थियो भने मेलम्चीमा पनि दिप प्रज्वलन गर्दै सविंधान दिवस मनाईएको छ । मेलम्ची नगर उद्योग वाणिज्य सघं र लायन्स क्लव अफ मेलम्चीको संयुक्त आयोजनामा मेलम्चीमा दिवस मनाइएको ह...

मेलम्ची नगरपालिकालाई सम्मानको ओइरो, नेपाली काँग्रेस बागमती प्रदेशले पनी गर्यो मेलम्चीलाइ सम्मान

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकालाइ एक पछी अर्काे सम्मान प्राप्त भएको छ । २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमामा दोस्रो भएको मेलम्ची नगर पालिकालाइ नेपाली काँग्रेसका केन्द्रीय सभापतीले सम्मान गर्नु भए लगत्तै नेपाली काँग्रेस बागमती प्रदेशले पनी मेलम्ची नगरपालिकालाई सम्मान गरेको छ । २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमामा दोस्रो भएको मेलम्चीलाई सम्बिधान दिबसको दिन एक कार्यक्रमका बिच नगर प्रमुख आइतमान तामाङलाई प्रमाणपत्र सहित सम्मान गरेको हो । नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने जनप्रनिधिले नेतृत्व गरेको पालिका मध्य मेलम्ची नगरपालिका दोस्रो भएकोमा सम्मान गरिएको हो ।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसाल गौतमको प्रमुख आतिथ्य,स्थानीय तह समन्वय विभागका प्रमुख उपेन्द्र लम्साल लगायतको उपस्थितिमा नेपाली काङ्ग्रेस बागमती प्रदेशका...

चौतारामा पनी इन्द्र जात्रा शुरुवडाअध्यक्षद्धारा खुशी ब्यक्त

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा यस बर्ष देखी इन्द्र जात्रा मनाउँन शुरु गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शिव श्रेष्ठले हरेक महत्वपुर्ण पर्ब मध्य इन्द्र जात्रा पनी अती महत्व पर्ब पर्ने भएको ले यो पर्ब मनाउँन शुरु गर्न लागेको बताउँनु भयो । इन्द्रजात्रा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । पुरानो बजार स्थित गणेश स्थान परिषरमा गत वर्ष भैरवको प्रतिमा स्थापना गरिए पछि इन्द्र जात्रा मनाउन थालिएको वडा अध्यक्ष श्रेष्ठले बताउँनु भयो ।गत वर्ष स्थानीय समाज सेवी रबिन्द्र श्रेष्ठले भैरवको प्रतिमा स्थापना गर्नु भएको थियो । ९ ÷११ फुटको उक्त प्रतिमामाको शिरमा ईन्द्र भगवानको प्रतिमा स्थापना गरिएको छ । बाजागाजा सहित स्थानीयहरुको बाक्लो उपस्थितिमा जात्रा मनाई...