सम्पर्क

कतारमा ३९ नेपालीले गरे रक्तदान

दर्शन सुनार

शेष घलेद गैरआवासीय नेपाली संघ कतारको आयोजनामा र नेपाल रक्तदाता संघ कतारको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन् ।
“उत्कृष्ट मानवीय सेवाद्वारा प्रेरित रक्तदान–जीवन दान“ भन्ने नारालाई ध्यानमा राख्दै शुक्रबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
खुल्ला रक्तदानका लागि ५३ जना दर्ता भए पनि ३९ जनाले रक्तदान गर्न सफल भएको र १४ जनाले रक्तदान गर्न नसकेको नेपाल रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले बताउनुभयो । कतारको हमाद अस्पतालको रक्तदान केन्द्रमा शुक्रबार आयोजित बृहत् रक्तदान कार्यक्रममा ९० जनाको उपस्थिति रहेको थियो । गैरआवासीय नेपाली संघले रक्तदान गर्ने सबै रक्तदाताहरुलाई कार्यक्रममा उपस्थित भई कदर पत्र प्रदान गरी सम्मान गरेको थियो । संघका अध्यक्ष सुनिलकुमार घिमिरेले रक्तदान जस्ता महान कार्यमा सहभागी भई कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक तथा बौद्धिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि १२ बजेसम्म भएको थियो ।