सम्पर्क

नेपालको संविधान विश्वकै उत्कृष्ट संविधानः सांसद सापकोटा

सिन्धुपाल्चोक जिल्ला प्रतितिधी सभा १ का सासद माधब सापकोटाले मुलुकमा अहिलेसम्म बनेका संविधानहरु मध्य सबैभन्दा राम्रो र जनताले चाहेको संबिधान भएको बताउँनु भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको चौतारामा आयोजित संविधान दिवसको उपलक्ष्यमा भएको प्रभातफेरी संगै भएको कोण सभामा बोल्दै बहुमतबाट निर्माण गरिएको संविधान विश्वकै उत्कृष्ट भएको बताउँनु भएको हो । सो अवसरमा सांसद सापकोटाले नेपालको संबिधान मूलुक कै उत्कृष्ठ संबिधान भएको बताउँदै उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचनको पक्षमा माओबादी दृढ रहेको बताउँनु भयो । संबिधानले शान्तिपूर्ण बिरोध गर्ने अधिकार दिएको छ । चित्त नबुझेको कुरा भन्न पाइन्छ तर अराजकता शैलीमा होइन शान्तपुर्ण तरिकाले भन्न पर्छ भन्नुभयो । संविधानमाथि अफवा फैलाउने अतिबादी अराजकताबादीहरुको हावी भएकोले त्यसको पक्षमा नलाग्न सवैलाई आग्रह गर्नुभयो । सयौ बर्ष आन्दोलन र संघर्ष गरि प्राप्त भएको संबिधान भएकोले यसको पालना सँगै कार्यन्वयन गर्नमा सवैको साथ र सहयोग रहनुपर्नेमा बताउँनु भयो । उहाँले सम्बिधान संसोधनको कुरा आएको छ यदी त्यसो हो भने प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख हुन पर्छ भन्नुभयो ।

आन्दोलको जगमा प्राप्त संबिधानको सबैैले पालना गर्नुपर्छः नगरप्रमुख सापकोटा  

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले १० बर्र्षे जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त भएको संबिधान भएकोले कसैको अधिकारहरु कुण्ठित वातावरण कहिल्यै सिर्जना नहोस् भन्नु भएको छ ।  सो अबशरमा उहाँले यहि संबिधानका आधारमा राज्यले सिहदरबारको हरेक अधिकार गाउँमा उपलब्ध गराइको छ । यसलाई अक्षराशं पालना गर्न सकेको खण्डमा नागरिकका लागी प्रयाप्तमात्रमा अधिकार छ भन्नुभयो । नेपालको संबिधान दलित, महिला, पिछडिएका बर्ग र समुदायको अथक संघर्षको प्रतिफल भएको बताउँनु भयो ।

जनताको शान्ति सुरक्षाको सवालमा केन्द्रित रहने छु ः थापा

सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले चाडपर्वहरु पनि नजिकिएकोले जनताको शान्ति सुरक्षाको सवालमा अझ बढि केन्द्रित हुन पर्ने भएकाले त्यसतर्फ आफु पनी केन्द्रित रहेको बताउनु भएको छ । सो अबशरमा उहाँले संबिधानमा व्यवस्था भएको मौलिक हक र अधिकारको कार्यन्वयनको लागि राज्यबाट सेवा सुबिधा लिएका हरेका राष्ट्रसेवक कर्मचारीले नागरिकको पक्षमा सदैव लागि पर्न आग्रह गर्नुभयो ।

संबिधान राम्रो छ भन्ने मात्र होइन यसको कार्यन्वयन हुन पर्छ ः श्रेष्ठ
नेपाल पत्रकार महासंघका सिन्धु शाखाका अध्यक्ष जिबन श्रेष्ठले नेपालको संबिधान सबैभन्दा उत्कृष्ट रहेको र यही संबिधानलाई अरु देशहरुले पनी राम्रो र उत्कृष्ट छ भनी रहँदा यो संबिधान कार्यन्वयनमा सबै लागी पर्नुपर्ने बताउँनु भयो । उहाँले सम्बिधान भनेकै नियम बिधी बिधान हो त्यसैले सबैले नियम बिधी बिधानमा रहेर काम गर्नका लागी आग्रह गर्नुभयो ।

 

 

सम्बिधानले सबै बर्गलाइ समेटेको छ ःथापा
चैतारा साँगाचोकगढी नगरपालिकाका उप प्रमुख सिता थापाले सम्बिधान ले महीला जनजाती र पिछडा बर्गलाइ स्थान दिएको बताउँदै सम्बिधान कार्यन्वयनमा सबै लागी पर्नु पर्ने बताउँनु भयो । चौतारामा आयोजित संविधान दिवसको उपलक्ष्यमा प्रभातफेरी संगै भएको कोण सभामा बोल्दै उँहाले यस्तो बताउँनु भएको हो । उँहाले सम्बिधान दिबस मनाउँने मात्रै होइन यसलाइ ब्यबहारमा उतार्नु आजको आबश्यकता भए सकेको बताँउनु भयो ।

 

सम्बिधानले स्थानीय सरकारलाइ बलीयो बनाएको छ ःश्रेष्ठ
सिन्धुपाल्चोक जिल्लाका जिल्ला सम्मन्वय प्रमुख बिालकृष्ण श्रेष्ठले सम्बिधान ले केन्द्रको अधिकार स्थानीय सरकारलाइ दिएका ले हरेक गाँउ टोलमा बिकासका कार्यक्रमहरु भएको छ । तर स्थानीय सरकार जस्तो केन्द्र र प्रदेस सरकारले स्थाइत्व नपाउँदा राम्रो भए पनी सम्बिाधानका कती पय बुदाहरु कर्यन्वयनमा समस्या देखीएको बताउँदै सम्बिधान कार्यन्वयनमा सबै लागी पर्नु पर्ने बताउँनु भयो ।