सम्पर्क

टेवलटेनिसमा प्रथम हुने दिवाकर मास्के लगाएतलाई पुरस्कार

 संबिधान दिवसको अवसरमा कर्मचारी मिलन केन्द्रद्धारा आयोजित टेवलटेनिस प्रतियोगितामा प्रथम हुने भू–तथा जलाधार कार्यालयका प्रमुख दिवाकर मास्के, दितिय हुने सोही कार्यालयका लोक बहादुर श्रेष्ठ, तृतीय हुने राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख राजन प्रजापति र सान्त्वना हुने उद्योग तथा बाणिज्य कार्यालयका प्रशिक्षक प्रबिण बस्नेतलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ । संबिधान दिबसको अबशरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सांसद माधव सापकोटालेपुरस्कार बितरण गर्नू भएको हो । चौतारा सागाचोकगढी नगरपालिकाको व्यवस्थापनमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय बिपद् व्यवस्थापन शाखामा कार्यरत कर्मचारी रबिराज धितालले सहजीकरण गर्नु भएको थियो ।

त्यस्तै संबिधान दिवसकै अवसर पाररे शुक्रबार कर्मचारी मिलन केन्द्रले बनदेबी माध्यमिक बिद्यालयको दृष्टिबिहन स्रोतकक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिने मिलन केन्द्रका अध्यक्ष बिश्वनाथ काफ्लेले जानकारी दिनुभयो ।