सम्पर्क

ब्रेकिङ न्युज १

पौष १७ गते गुफाडाँडामा सम्मेलन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगर पालिकामा पर्ने नेपालकै चर्चीत पर्यटकीय स्थलको रुपमा परिचित हुने तैयारीमा रहेको गुफाडाडामा आगामी पौष १७ गते जलवायु दिवस मनाइने भएको छ । मेलम्ची नगरपालिकाले आगामी जनवरी १ अर्थात पुस १७ गते मेलम्ची नगरपालिका–९ स्थित गुफा डाँडामा पाँचौ जलवायु दिवस आयोजना गर्ने भएको नगर पालिकाले जनाएको छ । मेलम्चीनगरपालिकाको मंसिर २८ गते बसेको कार्यपालिका वैठकले प्रथम जलवायु सम्मेलन भएको गुफा डाँडामा सम्मेलनको सम्झना र जलवायु परिवर्तनले पुर्याउने असरको सम्वन्धमा छलफल गर्न दिवस आयोजना गर्ने निर्णय गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । उाहाका अनुसार दिवसको बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिं लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसै गरी दिबसमा मा.बहादुर सिंह लामा (तामाङ) प्रमुख अतिथि मुख्य मन्त्री, मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश र...

कार्यालय समयमा चिकित्सक नभए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको पत्र

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई भनेका छन् । उहाँले यसअघि नै व्यवस्था गर्न भनिएको विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत अधिकारीहरुलाई भनेका थिए । यसलगत्तै मन्त्रालयले मातहतका सबै अस्पतालहरुमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न भनेको छ । मन्त्रालयअन्र्तगतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले मातहतका सबै कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मीहरु कार्यालय समयमा कार्यकक्षमा रहि सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ । कार्यालय समयमा बाहिर ...

नेता बस्नेतद्धारा एकै दिन बाटो शिल्यान्यास र भवन उद्घाटन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्बमन्त्री माननीय मोहन बहादुर बस्नेतले बुधबार एक समारोहका बिच बाटो शिल्यान्यास तथा स्वास्थ्य भवनको उद्घाटन गर्नुभएको छ ।बुधबार बिहान सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ३ मा पर्ने खाग्दल दोभान घर्तीटोल हुदै क्षेमादेवीसम्मको सडक खण्डको कालोपत्रे शिलान्यास गर्नुभयो । यसैगरी दिउँसो वडा नं. ९ राम्चे स्वास्थ्य चौकिको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । पूर्वमन्त्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा नगरपालिका नगर प्रमुख बालकृष्ण बस्नेतको बिशेष अतिथ्यतामा बाटोको शिल्यान्यास तथा भवन उद्घाटन भएको हो । बाटो शिल्यान्यास कार्यक्रममा उप प्रमुख मन्जु तामाङ, वडाअध्यक्ष जिवन कुमार भण्डारी लगाएतका वडाअध्यक्षहरु, उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकको अध्यक्ष बुद्धराज बस्नेत समाजसेवी बिष्णु खत्री लगाएतका ब्यक्तित्वहरुको उपस्थिती रह...

पूर्वमन्त्री दुलाल र सांसद नेपालद्धारा नवनिर्वाचित पत्रकाहरुलाई स्वागत

ब्रेकिङ न्युज १, समाचार
निर्मल बस्नेत बागमती प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलाल र प्रदेश सांसद अमृता नेपालले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको १२ औँ अधिबेशनको निर्वाचनबाट निर्वाचितहरुलाई स्वागत एवं सम्मान गर्नुभएको छ । मंसिर २८ गते सम्पन्न निर्वाचनमा आगमी ३ बर्षको लागि निर्वाचित महासंघको अध्यक्ष ध्रुव दंगाल लगायतलाई स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष जीवनप्रसाद श्रेष्ठ, अग्रज पत्रकार सुरेश कसजु पनि सहभागि रहेको थियो । सांसदहरुको स्वागतमा नवनिर्वाचित महासंघका उपाध्यक्ष दिपक अर्याल, उपाध्यक्ष कमला पख्रीन, सचिव टीका सुवेदी, सहसचिव देवराज सुवेदी, सहसचिव सञ्जय तामाङ, कोषाध्यक्ष दीपक खत्री र सदस्यहरु किरण थापा, निर्मल बस्नेत, दिपीन ढुंगाना, बिपना तामाङ गोले, फुलमान तामाङ, बागमती प्रदेश सदस्य सुनीता रखाल, प्रदेश परिषद सदस्य रुपक पुरी लगायतका पत्रकारहरु...

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

ब्रेकिङ न्युज १, समाचार
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६२ रुपैया तोकेको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ५१ रुपैयाँ निर्धारण गरिएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ । डिपोदेखि १५ किल...

सेरच्यु बरलो साना किसान कृषि सहकारी संस्थाको ११औं बार्षिक साधारणसभा सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सेरच्यु बरलो साना किसान कृषि सहकारी संस्था भोताङको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सहकारीलाई अगाडि बढाउनका लागी सबै शेयर सदस्य सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीलाई अझै अगाडि बढाउनका लागी पालिकाबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष लामाले उत्पादन वृद्धि गर्न जोड दिनुभयो । अध्यक्ष लामाले उत्पादित बस्तुको बजारीकरण करण देखी आवश्यक तालिमको समेत ब्यबस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । वडा समाजवादी कार्यक्रम अन्तर्गत उज्यालो भोताङ,सफा भोताङ कार्यक्रमलाई अगाडि बढाउने बताउनुभयो । एक घर,एकधारा कार्यक्रम,अर्गानिक वडा घोषणा गर्ने अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताउनुभयो । अध्यक्ष लामाले पाँचपोखरीलाई पर्यटनको हब बनाउने अभियानमा गाउँपालिका ला...

नेपाल भुतपुर्व सैनिक संघको क्षेत्रिय अध्यक्षमा बोध बिक्रम पण्डित

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल भुतपुर्व सैनिक संघ सिन्धुपाल्चोक क्षेत्र नं २ को क्षेत्रिय अध्यक्षमा बोध बिक्रम पण्डित निर्वाचित हुनुभएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा भएको नेपाल भुतपुर्व सैनिक संघ क्षेत्र नं २ को प्रथम क्षेत्रिय अधिवेशन बाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । शनिवार भएको अधिवेशन बाट सचिवमा कृष्ण प्रसाद दुलाल, कोषाध्यक्षमा राम कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरूमा, सुदर्शन दनुवार, ईर लामा तामाङ, भक्त बहादुर श्रेष्ठ, शैलेन्द्र गीरि, सानुकान्छा तामाङ, ईन्द्र बहादुर तामाङ, शोम बहादुर तामाङ, चन्द बहादुर थापा, राजकुमार थापा, निल बहादुर खड्का र सन्च तामाङ निर्वाचित हुनुभयो । कार्यसमितिको उपाध्यक्षमा श्याम बहादुर तामाङ र राम बहादुर ठकुरी पनि आजै निर्वाचित हुनुभएको छ । उहाँहरूको आजै पदस्थापना गरिएको अध्यक्ष बोध बिक्रम पण्डितले जानकारी दिनुभयो । ...

एनआरएनए एनसिसी कतारले मनायो २२औं स्थापना दिवस

ब्रेकिङ न्युज १, समाचार
दर्शन सुनार, कतार/लोकप्रिय दैनिक गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसिसी) कतारले आफ्नो २२ औं स्थापना दिवस मनाएको छ । एनसिसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाली राजदूतावास कतारका नवनियुक्त महामहिम राजदूत रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहिवार साझँ फुलवारी रेष्टुरेन्टको सभाहलमा स्थापना दिवस तथा शुभकामना आदान,प्रदान कार्यक्रम भब्य रुपमा मनाएको हो । बिधिगत रुपमा ब्यानर अनावरण,दिप प्रज्वलन सहित स्थापना दिवसको अवसर पारेर केक काटेर अघि बढेको शुभकामना आदान,प्रदान कार्यक्रममा एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य राख्नुभएको थियो । एनआरएनए स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक ब्यक्तित्व,बुद्धिजीवी एनआरएनए अभियान्ता लगायत विभिन्न बैचारिक सगंठन,तथा कतारमा स्थापित विभिन्न संघ,संस्थाका प्रमुखहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । शुभकामना वक्ताहरु...

अन्तराष्ट्रिय मानव अधिकार दिवसमा मानव अधिकारको समिक्षा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  सिन्धुपाल्चोक । ०८१ मंसिर २५ गते ७९ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ बनाएर डिसेम्वर १० मा सिन्धुपाल्चोकको मानव अधिकार अवस्था बारे समिक्षा कार्यक्रम गरिएको छ ।सन् १९४८ डिसेम्वर १० का दिन सयुक्त राष्ट्र संघबाट मानव अधिकारको बिश्वब्यापी घोषणा पत्र जारी भएको थियो । मानव अधिकारको बिश्वब्यापी घेषणा पत्र जारी भएको दिनलाई बिश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउदै आइएको छ ।“सामाजिक, आर्थिक र वातावरणीय न्यायको आधारः सिमान्तकृत समुदायको मानव अधिकार” भन्ने मूल यसवर्षको राष्ट्रिय नाराका साथ सदरमुकाम चौतारामा सम्पन्न कार्यक्रममा चौतारा सागाचोकगढी नगर प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका उपप्रमुख, साहायक प्रमुख जिल्ला अधिकारी लगायत सरकारी कार्यालयका प्रमुखहरु, नागरिक समाजका ब्यक्तिहरु, बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु, मानव अधिकार कर्मी, पत्रकार तथा कानुन ब्यवसायीहरु, राजनी...

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ को भवन उद्घाटन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ स्याउलेको वडा कार्यालय भवन उद्घाटन भएको छ ।सोमबार वडा नं. १ का वडाध्यक्ष युवलाल श्रेष्ठको अध्यक्षतामा भएको एक कार्यक्रमकाबीच चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख असतथ्यतामा र उपप्रमुख सिता थापाको बिशेष अतिथ्यतामा नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको हो । वडा कार्यालय भवन उद्घाटन गर्दै नगरप्रमुख सापकोटाले वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा थुप्रै राजनीतिक उचार चडाब आए पनि विकास निर्माणका काममा कसैले पनि अवरोध गर्न नहुने भन्दै नागरिकको सुविधा र आवश्यकतालाई ध्यानमा राखेर काम गर्न पर्ने बताउनु भयो । नवनिर्मित भवनले जनता तथा कर्मचारी दुबैलाई कार्य गर्नको लागी निकै सहज पुराउने सापकोटाको भनाई छ । यसै गरी नगर उपप्रमुख सिता थाप...