सम्पर्क

ब्रेकिङ न्युज १

लभ एण्ड होप नेपालद्धारा आदर्श विद्या मन्दिरका बालबालिकाहरूलाई शैक्षिक सामग्रीहरू हस्तान्तरण

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोकगढी नगरपालिका वडा नं ९ मुलखर्कमा रहेको श्री आदर्श विद्या मन्दिर आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई लभ एन्ड होप नेपाल संस्थाले शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको छ । शुक्रबार सोही विद्यालयका विव्यस अध्यक्ष समिर तामाङको अध्यक्षतामा र वडा नं. ९ का वडा अध्यक्ष विमल श्रेष्ठको प्रमुख आतिथ्यतामा र लभ एण्ड होप नेपाल संस्थाको अध्यक्ष शम्भु पोखरेल, संस्थाको कार्यक्रम निर्देशक हरि चन्द्र खड्काको विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको हो । लभ एण्ड होप नेपाल संस्थाको अध्यक्ष शम्भु पोखरेल र कार्यक्रम निर्देशक हरि चन्द्र खड्काले विद्यालयमा अध्ययनरत साना बालवालिकाहरूलाई स्टेशनरी सामग्रीहरू एबंम् बिद्यालय झोला हस्तान्तरण गर्नुभएको थियो । सोही कार्यक्रमका बीच संस्थाको सहयोगमा विद्यालयमा १ जना शिक्षक समेत थप गरीएको थियो । शैक्षिक रूपमा टेवा पुगेको बताउनु हुदै विद्य...

काउन्सिलका नवनियुक्त सदस्यहरूको स्वागत.

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ । प्रेस काउन्सिल नेपालको रिक्त सदस्य पदमा हालै नियुक्त सदस्यहरूलाई काउन्सिलमा स्वागत गरिएको छ । काउन्सिल सभाहलमा भएको स्वागत कार्यक्रममा नवनियुक्त सदस्यहरूलाई स्वागत गर्दै मुख्य अधिकृत झबिन्द्र भुसालले नयाँ सदस्यहरूको कार्यकाल रचनात्मक र उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । नवनियुक्त सदस्यहरू कुमारी निमा काफ्ले (कञ्चनपुर), भीमलाल श्रेष्ठ (गोरखा), शन्तराम बिडारी (मकवानपुर), पदमराज जोशी (बैतडी), बालकृष्ण अधिकारी (धादिङ) र नकुल अर्याल (चितवन)लाई काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधि लगायत सामग्री हस्तान्तरण गर्दै नेपाल पत्रकार महासङ्घ अध्यक्ष एवं काउन्सिल सदस्य निर्मला शर्माले काउन्सिलको काम, कारबाही, भूमिका र आगामी कार्यनीतिबारे जानकारी हासिल गर्न सघाउने उल्लेख गर्नुभयो ।  नवनियुक्त सदस्यहरूलाई स्वागत गर्दै काउन्सिलका सदस्य विजयराज अधिकारी, केशवशरण लामिछानेले नयाँ ...

मेलम्ची नगरपालिका पुर्ण खोप सुनिश्चितता र दिगोपनाको घोषणा

ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
देबराज सुबेदी  मेलम्ची नगरपालिका पुर्ण खोप सुनिश्चितता र दिगोपनाको घोषणा गरिएको छ ।बिहीवार नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रमका बिच उक्त घोषणा गरिएको हो । कार्यक्रमका अध्यक्ष नगर प्रमुख आइतमान तामाङले नगर भित्रका सबै नागरिकले शुलभ रुपमा स्वास्थ्य सेवा पाउने अवस्था सृजना गर्न लागि परेको बताउनुभयो । उहाँले बालबालिका , जेष्ठ नागरिक, महिलाको स्वास्थ्यमा थप ध्यान दिदैँ बिभिन्न स्वास्थ्य शिविरको पनि आयोजना गरिएको बताउनुभयो । यस कार्यक्रममा सहयोग गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधिलाई उँहाले धन्यवाद ज्ञापन गर्नुभयो । उपप्रमुख उमा प्रधानले स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय सबैको प्रयासले पुर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्न सकिएको बताउनुभयो । स्वास्थ समाज बनाउन सबैको सहयोग महत्त्वपूर्ण रहेको उँहाले बताउनुभयो । मेलम्ची -२ का अध्यक्ष नगेन्द्रप्रसाद खतिवडाले सबैको प्रयासले मात...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अदालतको आदेशप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौं ।  नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यममाथि जिल्ला अदालत काठमाडौंले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर आपत्ति जनाएको छ । शाखाका सचिव रमेश कुमार बोहोराले प्रेस विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताको विरुद्धमा आएको यो आदेशको पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले नेपालखबर डटकम र बिजमान्डु डटकममा प्रकाशित समाचारहरूबारे अल्पकालीन अन्तरिम आदेश जारी गर्दै “अप्रमाणित तथा तथ्यहीन समाचारहरू प्रकाशन, प्रसारण नगर्नू, नगराउनू र प्रकाशित समाचारहरू तुरुन्त हटाउनू” भन्ने निर्देशन दिएको थियो । उक्त आदेश नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठद्वारा दायर रिट निवेदनमा सुनुवाइ गर्दै जारी गरिएको हो । शाखाको विज्ञप्तिमा भनिएको छ “सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबु...

राससमा तामाङ भाषाको समाचार सेवा सुरु गरिने

ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय समाचार समिति (रासस) बाट तामाङ भाषाको समाचार सेवा सुरु गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राससबाट तामाङ भाषाको समाचार सेवा सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ । तामाङ पत्रकार सङ्घले राससमा तामाङ भाषाको समाचार सेवा सुरु गर्न मागसहित आज ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले राससमा तामाङ भाषामा समाचार सेवा सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको हो । “ढिलो चाँडो तामाङ भाषामा समाचार सेवा राससमा सुरु गर्छौँ”, मन्त्री गुरुङले भन्नुभयो । राससमा हालसम्म नेपाली, अङ्ग्रेजी, नेपाल र मैथिली भाषामा समाचार सेवा प्रदान हुँदै आएको छ । सङ्घका अध्यक्ष नेत्र तामाङसहितको टोलीले मन्त्री गुरुङलाई भेट गरी ज्ञापनपत्र बुझाएको थियो । बागमती प्रदेश सरकारले तामाङ भाषालाई बागमती प्रदेशको कामकाजी भाषा घोषणा गरेको एक वर्ष पूरा भइसकेको छ ।...

प्रहरीमाथि आक्रमण गरेपछि लागुऔषध कारोबारीलाई गोली हानेर समातियो

#, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काठमाडौँ, २७ जेठ : काठमाडौँको टोखामा लागुऔषध कारोबारी खोजतलासमा खटिएको प्रहरी टोलीमाथि नै आक्रमण गरेपछि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिइएको छ । काठमाडौँ उपत्यकामा लामो समयदेखि लागुऔषध खैरो हिरोइन कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि खोजतलासका क्रममा आज २ बजे काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित सडकमा दुई जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरूसँग सोधपुछ गर्दा अन्य दुई जना कारोबारी ग्राण्डी अस्पताल पछाडि लुकेर बसेको पत्ता लागेपछि प्रहरी टोली उनीहरूलाई नै प्रयोग गरेर ग्राण्डी पुगेको थियो । उनीहरूसँग लागुऔषध रहेको जानकारी पाएपछि ब्यूरोको टोली त्यहाँ दिउँसो ३ः१५ बजे पुगेको थियो । थप दुई जनालाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीलाई फलामको रडले प्रहार गर्न थालेपछि बाध्य भएर गोली चलाउनुपरेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताउनुभयो । सोक्रममा उनी...
राहत शिक्षक समिति सिन्धुपाल्चोकद्धारा ध्यानकर्षण

राहत शिक्षक समिति सिन्धुपाल्चोकद्धारा ध्यानकर्षण

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाल राहत शिक्षक ;सिन्धुपाल्चोकले राहात शिक्षक सम्बन्धमा प्रकाशीत समाचारहरु प्रती ध्यानकर्षण भएको जनाएको छ । नेपाल राहत शिक्षक समिति सिन्धुपाल्चोकको बारेमा केहि सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएको समाचार प्रति जिल्ला समितिको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिज्ञेप्ती प्रकाशन गरेको छ । समितीका अध्यक्ष राजेन्द्र सापकोटाद्धारा जारी बिज्ञेप्तीमा नेपाल राहत शिक्षक समिति २०६३ साल देखि पेसागत रुपमा एकतावद्द हुँदै आएको जगजाहेर नै छ । मिति २०८२ जेठ २४ गते शनिवारको दिन चौतारामा जिल्ला समिति, पालिका अध्यक्ष साथै केन्द्रिय सचिव, केन्द्रीय सदस्यबीच नियमित बैठक छलफल भैरहेको बखतमा त्यस वैठकमा जिल्ला उपाध्यक्ष श्री गुणकेसरी श्रेष्ठ उपस्थित नभई सुकुटेमा गएर अर्को भेलामा उपस्थित हुनु आफैमा विरोधाभास हुदैन र ? उक्त भेलाबाट समानान्तर समितिको अध्यक्ष बन्नु सम्पूर्ण राहत शिक्षकको भावना विपरित हुँदैन र ? केही...

सिन्धुपाल्चोकको सुनकोशी–७ मा किशोरी आत्मरक्षा तालिम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
स्थानीय किशोरीहरूलाई आत्मरक्षा विषयमा सशक्त बनाउने उद्देश्यले सुनकोशी गाउँपालिका–७ मा दुई दिने किशोरी आत्मरक्षा तालिम सम्पन्न भएको छ । बागमती युवा परिषद्को आयोजनामा सम्पन्न तालिममा स्थानीय तीनवटा माध्यमिक विद्यालयका ४० जना किशोरीहरूको सक्रिय सहभागिता रहेको थियो । तालिममा सेतीदेवी शारदा माध्यमिक विद्यालय, जालपा माध्यमिक विद्यालय कोठे र सुनकोशी क्याम्पसका विद्यार्थीहरू सहभागी थिए । आत्मरक्षाका विभिन्न व्यवहारिक सीपहरू प्रदान गरिएको सो तालिममा प्रशिक्षक पार्वती पौडेल र सीता ब्लोनले प्रशिक्षण दिनुभएको थियो । सुनकोशी गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाले तालिमको उद्घाटन गर्नुभएको थियो । वडाध्यक्ष तिमल्सिनाका अनुसार यस्ता तालिमहरू किशोरीहरूलाई आत्मनिर्भर, सुरक्षित र आत्मविश्वासी बनाउने दिशातर्फ एक सकारात्मक कदम हुन् । तालिममा सहभागी किशोरीहरूले आत्मरक्षा सम्बन्धी ...

नेपाल किड्सको सहयोगमा विद्यार्थीहरुलाई ट्याकसुट वितरण

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ मा अवस्थित श्री आदर्श विद्या मन्दिरमा अध्ययनरत विद्यार्थीहरुका लागि नेपाल किड्सका अध्यक्ष हरिशरण गिरीले निःशुल्क ट्याकसुट वितरण गर्नु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिर तामाङको पहलमा समाजसेवी हरिशरण गिरीले नेपाल किड्स संस्थाको तर्फबाट बालविकासदेखि कक्षा ५ सम्म अध्ययन गरेका ६३ जना विद्यार्थीहरुलाई ट्याकसुट वितरण गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि वडा नं. ९ का वडा अध्यक्ष विमल श्रेष्ठले विद्यार्थीहरुलाई ट्याकसुट वितरण गर्नु भएकोमा समाजसेवी हरिशरण गिरीले गर्नुभएको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले वडा भरिकै विद्यालयहरुमा विभिन्न किसिमको सहयोग गर्दै वडाको शैक्षिक सुधारमा हातेमालो गर्नुभएको पनि बताउनुभयो ।ट्याकसुट वितरण कार्यक्रमका पाल्नुभएका संस्थाका अध्यक्ष हरिशरण गिरी, उपाध्यक्ष शान्ति गिरी, सदस्यद्वय नारायण भट्टराई र भगवान गिरीलाई शिक्...

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको प्रभावकारी रूपमा कार्यान्वयन गरिने

ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले  मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  प्राधिकरणले आज यहाँ पत्रकार सम्मेलन गर्दै विगतबाट पाठ सिक्दै यो वर्ष क्षति न्यूनीकरणका लागि प्रभावकारी रुपमा कार्ययोजनाको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो ।  प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बास्तोलाले विपद्जन्य पूर्वसूचनालाई प्रभावकारी बनाउँदै प्राधिकरणले आउँदो मनसुनलाई दृष्टिगत गर्दै मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकार भएका निकायबीच समन्वय र सहकार्य बढाउने बताउनुभयो । पूर्वसूचना तथा चेतावनी प्रणालीलाई सुदृढ गर्दै जोखिममा रहेका वर्ग, क्षेत्र र समुदायसम्म समयमा सूचना पु¥याइने उहाँले जानकारी दिनुभयो । कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता पनि उहाँले व्...