नेपाल राहत शिक्षक ;सिन्धुपाल्चोकले राहात शिक्षक सम्बन्धमा प्रकाशीत समाचारहरु प्रती ध्यानकर्षण भएको जनाएको छ । नेपाल राहत शिक्षक समिति सिन्धुपाल्चोकको बारेमा केहि सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएको समाचार प्रति जिल्ला समितिको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिज्ञेप्ती प्रकाशन गरेको छ । समितीका अध्यक्ष राजेन्द्र सापकोटाद्धारा जारी बिज्ञेप्तीमा नेपाल राहत शिक्षक समिति २०६३ साल देखि पेसागत रुपमा एकतावद्द हुँदै आएको जगजाहेर नै छ ।
मिति २०८२ जेठ २४ गते शनिवारको दिन चौतारामा जिल्ला समिति, पालिका अध्यक्ष साथै केन्द्रिय सचिव, केन्द्रीय सदस्यबीच नियमित बैठक छलफल भैरहेको बखतमा त्यस वैठकमा जिल्ला उपाध्यक्ष श्री गुणकेसरी श्रेष्ठ उपस्थित नभई सुकुटेमा गएर अर्को भेलामा उपस्थित हुनु आफैमा विरोधाभास हुदैन र ? उक्त भेलाबाट समानान्तर समितिको अध्यक्ष बन्नु सम्पूर्ण राहत शिक्षकको भावना विपरित हुँदैन र ? केही समय अगाडी केन्द्रले समितिको निर्णय बमोजिम काम नगरेको भनि केहि साथीहरुलाई जिम्मेवारीबाट हटाएको कुरा थाहा नै होला । पछिल्लो समयमा सिन्धुपाल्चोकमा पनि केहि साथीहरु नेपाल राहत शिक्षक राष्ट्रिय समितिको नाममा आफ्नो गतिविधि गर्दै आउनुभएको थियो, त्यसैको बावजुत समानान्तर समितिको गठन भएको होला भन्ने हाम्रो निष्कर्ष छ । संस्था कुनै पनि व्यक्तिको माताहातमा चल्दैन, त्यहाँ सामुहिकता अनिवार्य छ त्यसकारण सम्पूर्ण राहत शिक्षकहरु एकतावद्द हुन जरुरी छ । कसैले भ्रम फैलाउंदैमा हाम्रो एकता टुट्दैन तसर्थ सिन्धुपाल्चोकका सम्पूर्ण राहत शिक्षकहरु एकजुट भई हाम्रो मुद्दालाई नेपाल शिक्षक माहासंघसंग सहकार्य गर्दै अगाढी बढ्नु अहिलेको आवस्यकता हो भनीएको छ ।
