मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमहरुको समिक्षा तथा अभिमुखिकरण कार्यक्रम आजबाट मेलम्चीमा सुरु भएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले जिल्लामा मातृ तथा नवशिशुको हालको अवस्था र आगामी योजना बारे प्रस्तुतीकरण गर्नुभयो । उहाँले संघ,प्रदेश र स्थानीय सरकार संगको समन्वय र सहकार्यमा यस्ता कार्यक्रम सफल बनाउन सबैजना लागी पर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पालिकाका स्वास्थ्य शाखाका प्रमुख, स्वास्थ्य संस्थाका प्रमुख , प्रतिनिधि कार्यरत स्वास्थ्यकर्मी MNH को क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्था फेयरमेड , मांक, जरिको रोड हस्पिट्लका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । समिक्षा तथा अभिमुखिकरणमार्फत मातृ तथा नवजात शिशु सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रमुख बजगाँईले जानकारी दिनुभयो । आफ्नो पालिका स्वास्थ्य संस्थाको प्रगति , चुनौती लगायत बिषयको बारे प्रस्तुतीकरण हुने उहाँले बताउनुभयो । आजबाट सुरु भएको तालिम भोलि सम्पन्न हुने छ ।
