सम्पर्क

सिन्धुपाल्चोकको सुनकोशी–७ मा किशोरी आत्मरक्षा तालिम सम्पन्न

स्थानीय किशोरीहरूलाई आत्मरक्षा विषयमा सशक्त बनाउने उद्देश्यले सुनकोशी गाउँपालिका–७ मा दुई दिने किशोरी आत्मरक्षा तालिम सम्पन्न भएको छ । बागमती युवा परिषद्को आयोजनामा सम्पन्न तालिममा स्थानीय तीनवटा माध्यमिक विद्यालयका ४० जना किशोरीहरूको सक्रिय सहभागिता रहेको थियो । तालिममा सेतीदेवी शारदा माध्यमिक विद्यालय, जालपा माध्यमिक विद्यालय कोठे र सुनकोशी क्याम्पसका विद्यार्थीहरू सहभागी थिए । आत्मरक्षाका विभिन्न व्यवहारिक सीपहरू प्रदान गरिएको सो तालिममा प्रशिक्षक पार्वती पौडेल र सीता ब्लोनले प्रशिक्षण दिनुभएको थियो ।

सुनकोशी गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाले तालिमको उद्घाटन गर्नुभएको थियो । वडाध्यक्ष तिमल्सिनाका अनुसार यस्ता तालिमहरू किशोरीहरूलाई आत्मनिर्भर, सुरक्षित र आत्मविश्वासी बनाउने दिशातर्फ एक सकारात्मक कदम हुन् । तालिममा सहभागी किशोरीहरूले आत्मरक्षा सम्बन्धी ज्ञान र सीप सिक्न पाएकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने माग गरेका छन् । स्थानीय तह, संघसंस्था र समुदायबीचको सहकार्यमा सञ्चालन गरिएको यो तालिम किशोरीहरूको सशक्तीकरणमा सहयोगी बन्ने अपेक्षा गरिएको छ ।