सम्पर्क

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको प्रभावकारी रूपमा कार्यान्वयन गरिने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले  मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  प्राधिकरणले आज यहाँ पत्रकार सम्मेलन गर्दै विगतबाट पाठ सिक्दै यो वर्ष क्षति न्यूनीकरणका लागि प्रभावकारी रुपमा कार्ययोजनाको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो ।  प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बास्तोलाले विपद्जन्य पूर्वसूचनालाई प्रभावकारी बनाउँदै प्राधिकरणले आउँदो मनसुनलाई दृष्टिगत गर्दै मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकार भएका निकायबीच समन्वय र सहकार्य बढाउने बताउनुभयो ।
पूर्वसूचना तथा चेतावनी प्रणालीलाई सुदृढ गर्दै जोखिममा रहेका वर्ग, क्षेत्र र समुदायसम्म समयमा सूचना पु¥याइने उहाँले जानकारी दिनुभयो । कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । यो वर्ष करिब २० लाख मनसुनबाट प्रभावित हुने प्राधिकरणको अनुमान छ । प्राधिकरणले सङ्कटका बेला प्रभावकारी ढङ्गले समन्वय गर्न विपद् व्यवस्थापन प्रणालीलाई सशक्त बनाइने जनाएको छ । यसैबीच, जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा विगतको सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । रासस