सम्पर्क

नेकपा एकीकृत समाजवादीद्वारा मेलम्ची नगरपालिकामा १२ बुँदे मागपत्र पेश

 नेकपा (एकीकृत समाजवादी) मेलम्ची नगर समितिले नगरप्रमुख आइतमान तामाङ समक्ष १२ बुँदे मागपत्र पेश गरेको छ । नगरवासीको जनजीविकासँग जोडिएका विषय समेटिएको उक्त मागपत्रलाई नगरप्रमुख तामाङले महत्वपूर्ण भन्दै आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष विनोद खनालका अनुसार सो मागपत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि प्रवद्र्धन, नदी कटान रोकथाम, युवालाई स्वरोजगार कार्यक्रम लगायत जनपक्षीय विषयहरू समेटिएको छ । अध्यक्ष खनालले नगरप्रमुखको सकारात्मक धारणा स्वागतयोग्य रहेको बताउँदै, माग सम्बोधनमा पार्टीको तर्फबाट निरन्तर संवाद र दबाब जारी रहने जानकारी दिनुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्य इन्द्रमाया गुरुङ , नगर अध्यक्ष रामलाल बिक, सचिव सहदेव तिवारी लगायत सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी, नेकपा (एकीकृत समाजवादी) पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पार्टी बैठक समेत आज सम्पन्न भएको छ। बैठकमा संगठन सुदृढीकरण, समिक्षा, र स्थानीय समस्याका विषयमा छलफल भएको जिल्ला कमिटीले जनाएको छ ।