थाहा नगरपालिका वडा नं. ६, टिस्टुङ बज्रबाराहीका स्थायी बासिन्दा शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहनु भएको छ भने हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा कृयाशिल हुनुहुन्छ । विगत दुई दशकदेखि सक्रिय पत्रकारका रूपमा नेपाल समाचारपत्र दैनिक, गोरखापत्र दैनिक, एबिसी टेलिभिजन, बुधबार साप्ताहिक, साँघु साप्ताहिक लगायत विभिन्न मिडियामा काम गर्दै आएका उहाँ हाल दामन पोष्ट साप्ताहिक र दामन पोष्ट डटकमको सम्पादकका रूपमा पनि कार्यरत रहनुभएको छ । उहाँले यसअघि जनसञ्चार साप्ताहिक र साप्ताहिक आवाज साप्ताहिकको कार्यकारी सम्पादक, अनलाइन पोर्टल नेप्लिज डट ओआरजीको वरिष्ठ सहसम्पादक र सेन्टरखबर डटकमको सम्पादक भएर समेत काम गरिसक्नुभएको छ ।
बिडारीले रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता तथा आमसञ्चार विषयमा आइए, बिए र त्रिवि कै केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागबाट एमए पास तथा नेपाल ल क्याम्पसबाट एलएलबी गर्नुभएको छ । उहाँ अहिले त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबाट एमफील–पिएचडी गर्दै हुनुहुन्छ । उहाँसँग नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति सदस्य एवं पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभागको विभागीय प्रमुख तथा त्ययसअघि सबैभन्दा ठुलो जिल्ला शाखा काठमाडौं जिल्ला शाखाको अध्यक्षका रूपमा पत्रकारको नेतृत्वमा रहेर काम गरेको अनुभव छ । पत्रकार, अध्यापक, अध्येता र प्रशिक्षकको परिचय बनाएका बिडारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रेस सल्लाहकार, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को नेपाल कार्यालयमा मिडिया एण्ड कम्युनिकेशन स्पेशलिस्ट, युएनडीपी संसदीय सहयोग परियोजनामा अनुसन्धाताका रूपमा काम गर्नुभएको थियो । साथै उहाँले अघिल्लो वर्ष मात्र त्रिभुवन विश्वविद्यालयको स्नातक तह तेस्रो वर्षको पत्रकारिता पाठ्यक्रम अन्तरगत ‘आमसञ्चारको परिचय’ नामक पुस्तक समेत प्रकाशनमा ल्याउनुभएको छ ।
सञ्चारका मुद्दाहरूमा आलोचनात्मक चेत सहित कलम चलाउन रुचाउने उहाँले विभिन्न राष्ट्रिय दैनिक र अनुसन्धानमूलक जनर्लहरूमा स्वतन्त्र पत्रकारका हिसावमा टिप्पणी र विश्लेषणहरू लेख्दै आउनुभएको छ । उहाँले चीन, भारत, यूएई लगायतका देशहरूको भ्रमण गरी विभिन्न अन्तराष्ट्रिय स्तरका सेमिनारहरूमा सहभागिता समेत जनाउनुभएको छ ।
मिडियाका साथीहरुको जानकारीको लागी ः
