सम्पर्क

ब्रेकिङ न्युज १

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

ब्रेकिङ न्युज १, समाचार
चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ ।  ल्हेन्दे खोलाको बाढीले केरूङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि सीमापारी तिब्बतर्फ जमेको पानी उपकरणका सहायताले खोल्न सुरु गरेको हो । स्थानीय सीमासुरक्षा अधिकारीका अनुसार ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुङ्गा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० भन्दा बढी कन्टेनर डुबेका छन् । यही असार २३ गते केरूङबाट सामान लिइ फर्केका ती कन्टेनर समय अभावका कारण नेपालतर्फ प्रवेश गर्न नपाएपछि तिब्बतर्फ नै थन्किएका ती कन्टेनर सोही दिन राति आएको बाढीका कारण डुकानमा परेका हुन् । स्थानीय केरुङ खोलामाथिको राजमार्गमा लामबद्ध राखिएका कन्टेनरसहित आसपासमा रहेका केही घरसमेत डुबानमा परेको सीमासुरक्षा अधिकारीहरूले जनाएका छन् । नेपाततर्फ रसुवा भन्सार कार्यालय हाताभित्र जाँचपास ...
पत्रकार पदयात्रा–२ : प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

पत्रकार पदयात्रा–२ : प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुलाल्चोक, २९ असार : प्रदेश र सङ्घीय सरकारले मेलम्ची नगरपालिका वडा ९ स्थित प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ मा पूर्वाधारका लागि उचित बजेट विनियोजन नगर्दा ओझेलमा परेको छ । पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको सो स्थानमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि जनचेतना जगाउने ध्येयले ‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ भन्ने नाराका साथ पत्रकार पदयात्रा–२ आयोजना गरिएको छ । सम्पादक समाज नेपालद्वारा मेलम्ची नगरपालिकाको आतिथ्यमा मेलम्ची –९ स्थित गुफाडाँडामा शनिबार आयोजित सो कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुफाडाँडाको पर्यटकीय सम्भावनालाई प्रदेश र सङ्घ सरकारले उचित ध्यान दिन नसकेको गुनासो गर्नुभयो । “मुख्यमन्त्रीदेखि मन्त्रीहरूसम्म यहाँ आएर जनताको माझमा गरेका प्रतिबद्धताहरू अझै पूर...
चौतारामा बजेटको अभाव सम्पन्न योजनाको भुक्तानी अर्काे आबमा पाउँने

चौतारामा बजेटको अभाव सम्पन्न योजनाको भुक्तानी अर्काे आबमा पाउँने

#, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
आर्थिक बर्ष सकिन लाग्दा बाँकी भएका बजेट हरको काम हतार हतारमा गर्दा कामको पारदर्सीता पनी कम हुने र भुक्तानीमा पनी समस्या आउँने रोग पुरानै हो । यस बर्ष जिल्लाको सदरमुकाम चौतारासाँगाचोकगढी नगरपालिकामा भुक्तानीको अन्तिम दिन पनी भिडभाड नै रह्यो ।यो गत बर्ष पनी यस्तै भिड हुने गरेको थियो यसमा कुनै नौलो कुरा थिएन । तर चौतारा साँगाचोकगढी नगरपालिकाले सम्पन्न भएका केही योजनाहरुको तत्काल भुक्तानी गर्न नसक्दा भने समस्या देखा परेको छ । यो समस्या संघ र प्रदेशको रकम कटौती भएपछि परेको हो । चौतारा साँगाचोकगढी नगरपालिकामा प्रदेस सरकारबाट अनुदान र राजस्व बाँडफाँडको रकम कटौती भएपछि बिभिन्न योजनाको रकम भुक्तनीमा केही समस्या परेको भएता पनी काम सम्पन्न भएका योजनाहरुको भुक्तानी १महीना पछी अर्थात भदौमा मात्र हुने भएको हो ।नगरपालिकाको योजनाअनुसार संघको समानिकरण अनुदानमा ९१ प्रतिशत र प्रदेश सरकारले राजस्व बाँडफाँडबाट...
रसुवा बाढी अपडेट :  नौ जनाको शव फेला, १९ अझै  बेपत्ता

रसुवा बाढी अपडेट : नौ जनाको शव फेला, १९ अझै  बेपत्ता

ब्रेकिङ न्युज १, समाचार
रसुवामा आज गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । आज राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ  । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो । कूल २० जना बेपत्ता रहेकामा उनको शव फेला परेपछि अब १९ जना बेपत्ता रहेका प्रहरीको केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उक्त बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो । उक्त बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी प...
बाढीको क्षेती सार्वजनिक हराएका मध्य असइको शब फेला प्रशासनद्धारा सतर्क रहन अनुरोध

बाढीको क्षेती सार्वजनिक हराएका मध्य असइको शब फेला प्रशासनद्धारा सतर्क रहन अनुरोध

ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
गए रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षतिको थप विववरण सार्वजनिक भएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् । यस्तै, बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् । बेपत्ता मध्ये नेपाल प्रहरीका तीन जनामा प्रहरी साहयक निरिक्षक असइ लालबहादुर श्रेष्ठको शब चितजनको १५पकलो नजीकै फेला परेको जनाइएको छ भने अरुको खोजी कार्य जारी रहेको छ । , सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले अधिकारीले जानकारी दिनुभयो । बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ । यसैगरी, २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रक...
बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता

बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काठमाडौैँ, २४ असारः रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्नेमध्ये नौ नेपाली, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत तीन प्रहरी र छ चिनियाँ गरी १८ जना सम्पर्कविहीन भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ । बाढीमा परी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछापको लिखु तामाकोसी गापा–४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गापा–१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुङ्गल नपा–९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बेपत्ता भएका छन् । बाढीमा परी छ जना चिनियाँ नागरिक पनि बेपत्ता भएका छन् । उनीहरु सबै पुरुष हुन् । चिनियाँ नागरिकको विस्...
भिषण बर्षासँगैको बाढीले रसुवागढी नाकाको पुल लगायत ठूलो धनजनको क्षेती

भिषण बर्षासँगैको बाढीले रसुवागढी नाकाको पुल लगायत ठूलो धनजनको क्षेती

ब्रेकिङ न्युज १, समाचार
हिरा खड्का/सिन्धुपाल्चोक तिब्बत तर्फ भारी बर्षाका कारणले रसुवागढी नाका हुँदै बग्ने भोटेकोशी नदीमा एक्कासी बाढी आउँदा टिमुरेमा रहेको चिन जोड्ने पक्कि पुल बगाएको छ । सोमबार राति लेदोसहितको ठुलो बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाउनुका साथै भन्सार पासका लागि तयारी अवस्थामा रहेका गाडीहरू बगाएको प्रतिनिधि सभाका सांसद मोहन आर्चायले जानकारी दिनुभयो । बाढीले पुल बगाएपछि रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ । भन्सारमा यार्ड र आसपासमा राखिएको सयौंको संख्यामा माल बाहक गाडी, ईभी गाडी र ठुलो धनजनको क्षेती भएको प्रारम्भिक रिपार्ट छ ।  ...
डिभिजन वनद्वारा साढे नौ लाख बिरुवा वितरण गरिँदै

डिभिजन वनद्वारा साढे नौ लाख बिरुवा वितरण गरिँदै

#, कृषि, ब्रेकिङ न्युज १, राजनिती, समाचार
जलेश्वर (महोत्तरी), २४ असारः जिल्लास्थित डिभिजन वन कार्यालय जलेश्वरले करिब नौ लाख ४० बिरुवा वितरण गर्ने भएको छ । कार्यालयका प्रमुख अजयकुमार मिश्रका अनुसार जिल्लामा ‘हरियाली प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नौ लाख ४० हजार बिरुवा वितरण गर्न लागिएको हो । उहाँले जिल्लाका १५ वटा पालिकाका किसान र इच्छुक सङ्घसंस्था, स्कुल, कलेज, प्रहरी, आर्मी तथा कृषि वन र निजी वनका लागि बिरुवा वितरण गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि कार्यालयले इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई पायक पर्नेगरी विभिन्न २० स्थानमा बिरुवा उत्पादन गरिरहेको छ । कार्यालयले जिल्लाको सदरमुकाम जलेश्वरस्थित डिभिजन वन कार्यालय र वडा नं १ स्थित जलेश्वर बजार, गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ, वडा नं ८ खाल्टे बजार, भङ्गाहा नगरपालिका–४ थारुटोल बनरा, बलवा नगरपालिका–४ बलवा बजार, लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा बजार, पिपरा गाउँपालि...
सिन्धुली  दुधौली नगर पालिका  मा दुना  टपरी उत्पादन सम्बन्धी  तालिम

सिन्धुली दुधौली नगर पालिका मा दुना टपरी उत्पादन सम्बन्धी तालिम

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुली जिल्ला दुधौली नगर पालिका वाड्नम्बर ११ धन्सारी मा  दुना बोता टपरी उत्पादन सम्बन्धी कच्चा पदार्थ तयारी गर्ने तालिम सम्पन्न भएको छ। सव डिभिजन बन कार्यलय दुधौली का अधिकृत बेद प्रकाश यादब को प्रमुख आथित्यता मा भएको उक्त तालिमनमुना सामुदायिक बन उपभोक्ता समुह का अध्यक्ष नरेन्द्र कार्की को सभापतित्वमा भएको हो । सामुदायिक बन उपभोक्ता माहासङ नेपाल जिल्ला महासङ सिन्धुपाल्चोक का उपाध्यक्ष ,हरित स्वयंसेवक संयोजक सिन्धुपाल्चोक , सुनकोशी गाउपालिका –३ सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्र को ब्यबस्थापक शारदा प्रसाद चालिसे बिशेष अतिथ्यतामा र दुधौली सव डिभिजन का रेन्जर नबराज बस्नेत, तुलसी आधार्भुत विद्यालय का शिक्षिका सरस्वती बिस्ट को आथित्यता मा नमुना सामुदायिक बन समुह को पदाधिकारी हरु उपभोक्ता हरु को सहभागिता मा तालिम सम्पन्न भएको हो । नमुना सामुदायिक बन समुह को भबन मा असार १९ गते देखी २१ गते ...
त्रिपुरासुन्दरीमा गर्‍यो जिल्ला प्रशासनले सार्वजनिक सुनुवाई कार्यक्रम

त्रिपुरासुन्दरीमा गर्‍यो जिल्ला प्रशासनले सार्वजनिक सुनुवाई कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको आयोजनामा तथा त्रिपुरासुन्दरी गाउँपालिकाको सहयोग एवंमु समन्वयमा शुक्रबार त्रिपुरासुन्दरी गाउँपालिकाको सभाहलमा सेवा प्रवाह, शान्ति सुरक्षा, अपराध नियन्त्रण सम्बन्धि सचेतना तथा जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह सम्बन्धि सार्वजनिक सुनुवाई सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको प्रमुख आतिथ्यतामा प्रमुख जिल्ला अधिकारी किरण थापाको सभापतित्वमा भएको कार्यक्रममा जनप्रतिनिधी सुरक्षाकर्मीका प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगाएत कर्मचारी शिक्षक तथा अभिभावकहरुको उपस्थिती रहेको थियो । स्थानीय जनप्रतिनिधिहरू, कर्मचारी, नागरिक समाजका प्रतिनिधि तथा स्थानीयवासीको सक्रिय सहभागिता भएको कार्यक्रमको उद्देश्यबारे प्रकास पार्र्दै जिल्ला प्रशासन कार्यालयका रबिराज धितालले नागरिकहरूका गुनासो, सुझाव र अपेक्षालाई प्रत्यक्ष रूपमा सुनी सेवा...