सम्पर्क

भिषण बर्षासँगैको बाढीले रसुवागढी नाकाको पुल लगायत ठूलो धनजनको क्षेती

हिरा खड्का/सिन्धुपाल्चोक
तिब्बत तर्फ भारी बर्षाका कारणले रसुवागढी नाका हुँदै बग्ने भोटेकोशी नदीमा एक्कासी बाढी आउँदा टिमुरेमा रहेको चिन जोड्ने पक्कि पुल बगाएको छ । सोमबार राति लेदोसहितको ठुलो बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाउनुका साथै भन्सार पासका लागि तयारी अवस्थामा रहेका गाडीहरू बगाएको प्रतिनिधि सभाका सांसद मोहन आर्चायले जानकारी दिनुभयो । बाढीले पुल बगाएपछि रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ । भन्सारमा यार्ड र आसपासमा राखिएको सयौंको संख्यामा माल बाहक गाडी, ईभी गाडी र ठुलो धनजनको क्षेती भएको प्रारम्भिक रिपार्ट छ ।