सम्पर्क

ब्रेकिङ न्युज १

तिजको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम बाह्रबिसेमा

ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हरितालिका तिज २०८२ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । नगरपालिकाको विशेष पहलमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय समुदायदेखि विभिन्न तहका जनप्रतिनिधि, कलाकार, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री एवं सांसद माननीय मोहन बहादुर बस्नेत, विशेष अतिथि बाग्मती प्रदेश सभा सदस्य माननीय मसिना खड्का भण्डारी रहनुभएको थियो । त्यस्तै विभिन्न गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, समाजसेवी तथा स्थानीय प्रतिनिधिहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण र भव्य बनाएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहेको थियो । राष्ट्रिय स्तरकी चर्चित गायिका ज्योती मगर, लोक गायक दिनेश भण्डारी, विष्णु...
राजनितीमा समस्या आइरहन्छ ,जन प्रतिनीधी सबैको साझा हो ः मुख्य मन्त्री बानीया

राजनितीमा समस्या आइरहन्छ ,जन प्रतिनीधी सबैको साझा हो ः मुख्य मन्त्री बानीया

अन्तर्वाता, कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेपाली काँग्रेस बागमती प्रदेसका सभापती एवम मुख्यमन्त्री इन्द्रबानियाँले राजनितीक भनेको निरन्तर यात्रा र संघर्ष हो समस्या आइरहन्छ संघर्ष गरिरहनु पर्छ र त्यसको समाधान पनी दिनु पर्छ भन्नु भएको छ । उँहाले देसको सघीय सरकार जेठो, देस सरकार माइलो र स्थानीय सरकार कान्छो भएको बताउँनु हुँदै जनताको सेवा गर्ने , खानेपानी, स्वास्थ्य, लगाएत नागरिकको समस्या समधानका लागी स्थानीय सरकार, बिकासका कार्यक्रमहरुका लागी प्रदेस सरकार र निती नियम निर्माणका लागी सघीय सरकार हो भन्नु भयो । उँहाले अहीलेको मन्त्रीमण्डलमा समाबेसी र बिकासमुखी, अनुभबी साथीहरु भएकाले बागमती प्रदेस सरकारले निश्पक्ष तरिकाले बिकासका कार्यक्रमहरु सञ्चालन गर्ने बताउँनु भयो बानीयाले गण तन्त्र भनेकै गाउँगाउँमा सडक, पुल, शिक्षा, स्वास्थ्य र सञ्चारजस्ता प्रत्यक्ष सेवासुविधा उपलब्ध गराउँनु हो भन्नु भयो । हामी राणा हटाएको राजालाइ सम्बैधानीक...

कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य
रमेश कुमार बोहोरा हाम्रो देश नेपालको सांस्कृतिक चेतनामा जरा गाडेर बसेका पर्वहरूलाई नजिकबाट नियाल्दा प्रष्ट बुझ्न सकिन्छ कि तिनीहरू केवल धार्मिक अनुष्ठान वा कर्मकाण्डमा सीमित छैनन् । तिनीहरूले परिवार, समाज, मूल्य, अनुशासन, परम्परा र सामूहिक चेतनाको अदृश्य धागोलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा हरेक पर्वले फरक–फरक अर्थ बोकेका हुन्छन् । तर कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन जसलाई पितृ औंसी पनि भनिन्छ यस समाजका गहिरा भावनात्मक र सांस्कृतिक तहमा प्रभाव पार्ने विशेष पर्व हो । भाद्र कृष्ण औंसीका दिन मनाइने यो पर्व हिन्दू धर्मशास्त्रमा पितृ श्राद्ध र बुबाप्रतिको कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा चित्रण गरिएको छ । यो दिन अमावस्याको रात अर्थात चन्द्रमाको पूर्ण अभावको क्षणसँग गाँसिएको छ जसलाई अध्यात्मले ‘नयाँ चक्रको सुरु...

प्रयोगात्मक शिक्षा सिकाइ का लागी बर्तमान शिक्षक लागी पर्नु पर्ने ःनगर प्रमुख तामाङ

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
लोकप्रियसमाचार राष्टियदैनिक मेलम्ची, शिक्षकले जे सिकायो बिद्यार्थीले त्यही सिक्ने हो सस्कार सस्कृती , बिज्ञानका बारेमा ब्यवहारीक र बैज्ञानीक, अनी प्रयोगात्मक शिक्षा सिकाइ का लागी बर्तमान शिक्षक लागी पर्नु पर्ने मेलम्ची नगर पालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । हरेक नागरिकको भबष्यिको बाटो बनाइदिने , शिक्षकहरुलाइ अझ ब्यवस्थित र गुणस्तरिय शिक्षाका लागी अगाडी बढ्दा आबश्यक पर्ने सहयोग गर्न मेलम्ची नगरपालिका तैयार रहेकोले अझ बढी गुणस्तरिय शिक्षा सिकाइमा लाग्न अनुरोध गर्नु भयो । उँहाले शिक्षा सिकाइको उपलब्धी भनेको आजको भोली देखीने होइन समय लाग्छ भन्नु हुँदै समयको समेत ख्याल गरेर अगाढी बढ्ना अनुरोध गर्नु भयो । नगर प्रमुख तामाङले शिक्षक पेशा मर्यादित रहेका कारण मर्यदाको पनी ख्याल राखेर अझ बढी ईमान्दार हुनुपर्ने आजवको आबश्यकता भएको बताउँनु भयो । मेलम्ची नगरपालिकाको समन्वयमा चाइल्ड रेस्क्य...

बढ्दै डेंगु सङ्क्रमण

ब्रेकिङ न्युज १, समाचार
बढ्दै डेड्गु सङ्क्रमणपछिल्लो समय डेड्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक हप्तामा २११ जनामा डेड्गु पुष्टि भएको छ । महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालका अनुसार हालसम्म ७४ वटा जिल्लाबाट डेड्गु सङ्क्रमित हुनेको सङ्ख्या तीनहजार २४७ पुगेको छ । सोही अवसरमा सङ्क्रमितमध्ये दुई जना को मृत्यु भएको दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेड्गु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन । डेड्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ । गण्डकी प्रदेशमा ९१४ जनामा डेड्गु पुष्टि भएको छ । त्यसैगरी बागमतीमा ६७५, कोशीमा ५६८, लुम्बिनीमा ५५१, सुदूरपश्चिममा ३८४, कर्णालीमा ९३ र मधेशमा ६२ जनामा डेड्गु पुष्टि भएको छ ।...

महिला सङ्घ इन्द्रावती गाउँपालिकाको आयोजनामा तीज विशेष कार्यक्रम नवलपुरमा

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य
नवलपुर । नेपाल महिला सङ्घ इन्द्रावती गाउँपालिकाको आयोजनामा तीज विशेष कार्यक्रम नवलपुरमा सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य सीता मिजारको प्रमुख आतिथ्यता तथा महिला सङ्घका गाउँपालिका सभापति तारा माझीको सभापतित्वमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । प्रमुख अतिथि मिजारले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै तीज पर्व शिव र पार्वती भगवानसँग जोडिएको पर्व भएको बताउनुभयो । साथै शिव र पार्वती जस्तो बन्ने नभई असल भन्ने सोचेर अघि बढ्न सबै महिला दिदीबहिनीहरूमा आग्रह गर्नुभयो । साथै उहाँले महिलाहरूले जन्मिने बित्तिकै देखि पुरुष सरह नै अधिकार लिएर जन्मिएको हुने बताउँदै आफ्नो कर्तव्य पूरा गर्न पनि पछि पर्न नहुने धारणा राख्नुभयो । महिलाको अधिकार संविधान तह सुनिश्चित भएको बताउँदै कसैले कटौती गर्न नसक्ने बताउनुभयो ।  महिलाले पनि अवसर पाए हरेक क्षेत्रमा गरेर देखाएको बताउँदै महिलाले नेतृत्व गरेका स्थानीय तह...

चनौटेमा तीजको शुभकामना आदान प्रदान

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य
सिन्धुपाल्चोक भदौ ५ । नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा देशका विभिन्न स्थानहरू र विशेष गरी सहरी क्षेत्रमा तीज मनाउने, दर खाने, शुभकामना आदान प्रदान गर्ने, नाचगान गरेर रमाइलो गर्ने माहोल बढेको छ । विभिन्न संघ संस्थामा आबद्ध महिला दिदी बहिनीहरू राता साडी र गरगहनामा सजिएर तीज मनाउँदै गरेको देखिएको छ । बिहीबार कम्युनिष्ट पार्टी (एमाले) हेलम्बु गाउँपालिका कमिटीले चनौटेमा तीजको शुभकामना आदान प्रदान गरेको छ । पालिका कमिटीका महिला दिदीबहिनीहरूलाई समावेश गराउदै तीजको अवसरमा दर खादै शुभकामा आदान प्रदान कार्यक्रम गरेको हो । पालिका कमिटीकी सदस्य तथा महिला विभाग प्रमुख शान्ति लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव भक्त कुमारी लामा प्रमुख अतिथि रहनुभएको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले हामी नेपाली हिन्दु नारीहरुले भोग्दै...

टिफर पार्किङको लागि सहजिलो भएको छ,साधी खोल्चा पुल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्थित बाह्रबिसे बजार र खोर्सानी वारि जोडने पक्की पुल “टिफर पार्किङ बनेको छ । २०७५ साउन ३० गते साधी खोल्चामा आएको बाढीको कारण क्षेती भइ निर्माणधित पक्की पुलमा हिजो आज माल बाहक गाडी र टिफर पार्किङको लागि सजिलो भएको छ। २०७५ साउन ३० गते पुर्ण रुपमा साधी खोल्चाले बगाएको पक्की पुल पुन निर्माणका लागि विभिन्न नेताहरुले बचन बद्धता गरे पनि बल्ल तल्ल पुल बगाएको ३÷४ बर्ष पछि पुन निर्माणको प्रयास गरिएको थियो ।पुन निर्माण गर्दै गर्दा पटक पटक प्राबिधिक त्रुटिका कारण निर्माण स्थागित हुँदै अगाडि बढेको निर्माण कार्य केही बर्ष देखि पुर्ण रुपमा निर्माण नहुदै रोकिएको छ । क्षेती भएको पुल अरनिको राजमार्ग अन्तर्गत ११४ कि . मि सडक बाह्रबिसे देखि तातोपानी नेपालको सिमा सम्म आवत जावत गर्नका लागि अति आवश्यक पुल हो । बर्षादको समयमा बाह्रबिसेको माथीलो पुल भाग ओखरिनि देखि पानी ...

दश बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो एमाले सिन्धुपाल्चोकको प्रतिनिधि परिषद्

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
विदुर आचार्य, चौतारा, भदौ ४ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाटी नेतृत्वको सशक्तता र गतिशीलता अरु दलहरुभन्दा अब्बल रहेको दाबी गर्नुभएको छ । एमाले सिन्धुपाल्चोकको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै महासचिव पोखरेलले पाटीको नेतृत्व विगतदेखि वर्तमानसम्म चलायमान, सबल र परिणाममुखी रहँदै आएको स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले बहुदलीय व्यवस्था स्थापनापछि कांग्रेस र माओवादी केन्द्रमा नेतृत्वको सीमितता रहेको उल्लेख गर्दै एमालेमा पाँच जना नेताले पार्टीको नेतृत्व गरिसकेको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमालेलाई नेतृत्वको गतिशीलताको पाठ अरु कसैले सिकाउन आवश्यक छैन । हामीकहाँ नेतृत्वको निरन्तरता र नवप्रवेश दुवै छ ।’ दसौं महाधिवेशनले ७० वर्षे उमेरहदलाई हटाएर नयाँ नेतृत्वयोग्य नेतालाई अग्रसर गराउने वातावरण तयार गरेको उल्लेख गर्दै पाटीको भविष्य अझ सशक्त ह...

बाल संरक्षण तथा सुरक्षा सम्बन्धी दुई दिने तालिम मेलम्चीमा सुरु

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
मेलम्ची, भदौ ४ – बाल संरक्षण तथा सुरक्षा सम्बन्धी दुई दिने तालिम मेलम्चीमा सुरु भएको छ। मेलम्ची नगरपालिकाको समन्वयमा रिड नेपालले तालिमको आयोजना गरेको हो। तालिमको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले समयअनुसार शिक्षण विधि परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै नयाँ प्रविधि र पद्धतिबाट बालबालिकालाई सिकाउन आग्रह गर्नुभयो। उहाँले बालबालिकाको इच्छा र रुचिअनुसार सिकाइ अघि बढाउनुपर्नेमा जोड दिनुभयो। साथै, शिक्षक, विद्यार्थी र अभिभावक सबैले गुणस्तरीय शिक्षाको वातावरण बनाउन योगदान पुर्याउनुपर्ने बताउनुभयो। नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका श्रोत बिज्ञ योगबहादुर थापाले नगरले शिक्षा क्षेत्रमा लगानी बढाइरहेको उल्लेख गर्दै संस्थासँगको सहकार्यमा बालबालिकामाथि हुने दुव्र्यवहार अन्त्य गर्न सहयोग भइरहेको जानकारी दिनुभयो। उहाँले तालिमपछि सिकाइको प्रभावकारी कार्यान्वयनमा जोड दिनु...