सम्पर्क

ब्रेकिङ न्युज १

४० वर्षपछि गाउँ फर्केका हरि बहादुरलाई घर बनाइदिने नगर प्रमुख बस्नेतको प्रतिबद्धता

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका वडा नम्बर ७ का हरिबहादुर खत्रीलाई बाह्रविसे नगरपालिकाले घर बनाइदिने भएको छ । खत्रीलाई आज विभिन्न खाद्यान्न सामग्रीका साथै लत्ता कपडाको व्यवस्था गर्दै नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले उनको बस्नको लागि बासस्थान नभएको बताउँदै दशैं लगत्तै खत्रीलाई बासको समेत व्यवस्था गरिदिने बताउनु भयो । उक्त सामग्रीहरू सहित गाडीको व्यवस्था गरी आजै खत्रीलाई डाँडागाउँ पठाइएको नगरपालिकाले जनाएको छ । साथै खत्रीका तीन सन्तानमध्ये एकजनालाई नगरपालिकाले रोजगारीको समेत व्यवस्था गर्ने प्रमुख बस्नेतले प्रतिबद्धता समेत जनाउनु भएमो छ । नगरपालिकाको वडा नम्बर ७ स्थित डाँडागाउँमा खत्रीको नाममा सात आना मात्रै जग्गा रहेको पनि नगरपालिका प्रमुख बस्नेतले जानकारी दिनुभयो । खत्रिअहिले आफन्तको घरमा बस्नुभएको छ । विगत १४ वर्षदेखि परिवार सँग सम्पर्कविहीन विचारी भनिने हरिबहादुर खत्रीलाई पत्र...

सुनको मूल्य तोलामा एक हजार १०० बढ्यो

ब्रेकिङ न्युज १, समाचार
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० ले बढेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस...
सिन्धुपाल्चोकथानबारे डाँडामा बिरुवा रोप्दै जन्म दिन मनाइयो

सिन्धुपाल्चोकथानबारे डाँडामा बिरुवा रोप्दै जन्म दिन मनाइयो

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाकै इतिहाँस बोकेको लोकप्रियसमाचाराष्टिय दैनिकले स्थपना दिबश मनाउँने क्रममा यस बर्ष नयाँ कार्यक्रम गरेको छ । जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा रहेको थानबारे डाँडामा बृक्षरोपण सहीत जन्मोत्सव पार्क निर्माको शुभारम्भ गरिएको छ । अग्रेजहरु सँगको लडाइमा अभिमान सिह बस्नेतको नेतृत्वमा रहेको गोर्खाली सेनाहरुले त्यस स्थानबाट बिजय प्राप्त गरेको , डाडाँमा काठमाण्डौ भ्याली र हिमालबाट देखिने गरी नेपालको झण्डा समेत रहेको त्यहाका बृद्धाहरुले बताए पछी उक्त स्थानमा लोकप्रिय समाचार राष्ट्रिय दैनिकले आफ्रनो स्थपना दिबश तथा प्रकाशक नेत्र बहादुर बस्नेतको जन्म दिन को अबशरमा उक्त कार्यक्रम गरिएको हो । उक्त स्थानमा पुराना बङ्कर हरु , बन्दोबस्तीको लागी तैयार गरिएका सुरुङ्गहरु फेला परेको ले सोही स्थानलाइ सरक्षण गर्नका लागी उक्त...

निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न राष्ट्रपतिको आह्वान

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ३ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न सम्बद्ध सबैलाई आह्वान गर्नुभएको छ । संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले उत्पन्न सङ्कटबाट मुलुकलाई निकास दिएको बताउनुभयो । राष्ट्रपति पौडेलले देशमा उत्पन्न भएको विषम परिस्थितिलाई दृष्टिगत गरी छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउनेगरी अहिलेलाई राजनीतिक निकास दिएको प्रसङ्ग उल्लेख गर्दै तोकिएको समयसीमाभित्रै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी दिगो ढङ्गबाट राजनीतिक निकास दिने पक्षमा चालिएको कदमलाई सहयोग पुर्याउन सम्बद्ध सबै पक्षसँग अनुरोध गर्नुभयो । उहाँले अहिलेको घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय, बौद्धिक...

हाइड्रोपावर र स्थानीयको बिबाद भोटेकोशी गाँउपालिकामा झडप

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकामा पर्ने माथिल्लो भोटेकोसी पावर कम्पनी हाइड्रोपावरको बिबादका कारण भोटेकोशी गाँउपालिकाको भवन समेत क्षेती हुन पुगेको छ । स्थानीयहरुले हाइड्रेपावरले स्थानीयहरुको माग बमोजिम शेयर नदीएको र स्थानीयहरुको माग सम्बोधन नगरेको भन्दै १० दिनदेखि पावर हाउस बन्द गरेर विद्युत् उत्पादन रोकेका थिए । उत्पादन सुचारु गराउन कम्पनीले गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पासहित जनप्रतिनिधिसँग मात्र छलफल गरेको जानकारी पाएपछि आन्दोलित स्थानीय आक्रोशित भएको स्थानीयहरुको भनाइ रहेको छ ।स्थानीयको असहमतिकाबीच कम्पनी र जनप्रतिनिधिबीच भएको बैठकप्रति आपत्ति जनाउँदै उनीहरू पालिका भवनमा जम्मा भएर विवाद हँुदा ढुंगामुढा तथा तोडफोड भएको हो । पालिका भवनमा जनप्रतिनिधि र कम्पनीका अधिकारीहरू बैठक भइरहेको थाहा पाए पछी स्थानीयहरु पालिका भवनमा जम्मा भएका थिए । ४६ मेगावाट क्षमताको माथिल्लो भोटेक...

देश सुधार्ने सपना बोकेका सिन्धुपाल्चोकका दुई मुटुहरू अब धड्किंदैनन्

ब्रेकिङ न्युज १, समाचार
शुक्रबारको साँझ, राजधानीको बानेश्वर केही क्षणका लागि युद्धभूमि जस्तै बन्यो । शान्तिपूर्ण प्रदर्शनको आवाज गुँजिरहेको थियो, युवा पुस्ता आफ्नो भविष्यमाथि उठेको प्रश्नको उत्तर खोज्दै संसद् भवनअगाडि उभिएको थियो । त्यही भिडको अग्रभागमा थिए बाह्रबिसे नगरपालिका–६, गातीका श्रीकृष्ण श्रेष्ठ । त्यसै दिन, अर्को कुनामा थिए चौतारा साँगाचोकगढी नगरपालिका इर्खुका उमेश महत – जिन्दगीको नयाँ अध्याय सुरु गर्न लागेको, तर आफ्नो माटो छाडेर होइन, त्यही माटोमा केही गर्न खोज्दै । तर, नियतिले दुवैको सपनालाई सडकमा रोकेको छ । श्रीकृष्ण श्रेष्ठले आन्दोलनमा जानुअघि आफ्ना दाइ रामकृष्णसँग यस्तै केही शब्द साट्नुभएको थियो । काठमाडौँमा स्नातक अध्ययन गर्दै हुनुहुन्थ्यो उहाँ । परिवार सामान्य कृषक पृष्ठभूमिको । माल्टा जान सबै तयारी भइसकेको थियो । तर देशको अवस्था देखेर चुप बस्न सक्नुभएन । “उहाँले सधैं भन्नुहुन्थ्यो – यो देश बनाउ...

बिनोद नेपाल स्मृति फाउण्डेसनको सहयोगमा इन्द्रेश्वरीमा इन्जिनियरिङ अध्ययन गरेका २ विद्यार्थी सम्मानित

ब्रेकिङ न्युज १, समाचार
बिनोद नेपाल स्मृति फाउण्डेसनको छात्रवृत्तिमा मेलम्ची नगरपालिका ११ स्थीत श्री ईन्द्रेश्वरी माध्यमिक विद्यालयमा इन्जिनियरिङ्ग अध्ययन गरेका २ जना विद्यार्थीलाई सम्मानपत्र द्धारा सम्मान गरिएको छ । कक्षा ९ देखि १२ सम्मको प्राविधिक संकाय अन्र्तगत सिभिल इन्जिनियरिङ्ग तर्फको सव इन्जिनियर कोर्ष सफलतापुर्वक सम्पन्न गरेका विद्यार्थीलाई थप सफलताको कामना सहित आज सम्मान गरिएको फाउण्डेशनका संस्थापक अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिनुभयो । सम्मानित हुनेमा मेलम्ची १०का राजु दनुवार र मेलम्ची ६की निरुता आचार्य रहेको फाउण्डेशनका सचिव रोहिणिराज नेपालले बताउनुभयो । फाउण्डेशनले अहिले इन्द्रेश्वरीमा ईन्जिनियरिङ अध्ययन गर्दै गरेका पाँच जना छात्रछात्रालाई पुर्ण छात्रवृत्ति उपलब्ध गराएको छ । भने आगामी बर्षबाट कक्षा ९मा अध्ययन गर्नेलाई समेट्न नसकिने उल्लेख गरिएको छ । समाजसेवी गंगादत्त नेपालको छोरा बिनोद नेपालक...

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै

बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य
काठमाडौँ, १ असोज : आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएकोे हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी बिहीबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख...

असोज १ गते शोक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

ब्रेकिङ न्युज १, समाचार
मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । असोज १ गते बुधबार सार्वजनिक बिदा दिएर सरकारले शोक दिवस मनाउने भएको हो । मन्त्रिपरिषद् विस्तारपछि सोमबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले अन्य केही महत्वपूर्ण निर्णय गरेको छ । आन्दोलनमा साहदत प्राप्त गर्नेलाई सहिद घोषणा र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले आन्दोलनमा परिवारको सदस्य गुमाउनेलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत पाँच लाख रकम दिने भएको छ । घाइतेको निःशुल्क उपचार गर्ने र शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन र दुर्गमको हकमा हेलिकप्टरको व्यवस्था गर्ने निर्णय...

मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

कृषि, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, ३० भदौः नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँहरुलाई आइतबार साँझ नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्नुभएको छ । खनाल पूर्वअर्थ सचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल अधिवक्ता हुनुहुन्छ । खनालले आर्थिक सुधार र सुशासनका क्षेत्रमा...