सम्पर्क

ब्रेकिङ न्युज १

मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सुरु हुने

#, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
मेलम्ची । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ ले मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सुरु हुने बताएका छन्। मेलम्ची नगरपालिका ७ दुबाचौर स्थित बालुङ्गे गोल्मे डाँडामा नवनिर्मित तेर माने छोर्तेनको समुद्घाटन राप्ने तथा आयु अभिषेक कार्यक्रमका प्रमुख अतिथि मन्त्री तामाङले आफ्नो भनाइ राख्दै मेलम्ची फट्टे पुलको लागि यही आर्थिक वर्ष २०८२ ८३ मा प्रदेश सरकारले बजेट विनियोजन गरेर निर्माणको लागि फाइल अघि बढिसकेको जानकारी दिए । यो पुल निर्माणको लागि छिट्टै फाइल अघि बढ्ने प्रक्रियामा रहेको जानकारी दिँदै तिनै तहका सरकार मिलेर छिट्टै पुल निर्माण सम्पन्न गरी यहाँका नागरिकको समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता जनाए । सिँचाइ र खानेपानीको समस्या समाधानमा सहयोग गर्नुका साथै भौतिक पूर्वाधार निर्माणका कामहरू लाई निरन्तरता दिँदै यस क्षेत्रको चुनौतीको रुपमा रहेको ...

इर्खु माबीको ६६औ बार्षिकोत्सवे अभिभावक भेला भब्यताका साथ सम्पन्न

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
चौतारासाँगाचोकगढी नगरपालिका ८मा रहेको श्री इर्खु माध्यमिक बिद्यालयको ६६औ बार्षिकोत्सव तथा २६औ अभिभावक भेला चैतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा तथा चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ८का अध्यक्ष अमृत दङ्गालको बिशेष अतिथ्यतामा सम्पन्न भएको छ ।                कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख सापकोटाले शिक्षा सिकाइमा भवन ,शिक्षक मात्र राम्रो भएर हुँदैन बिद्यालयमा सिकाइ गर्ने बिद्यार्थी पनी पर्याप्त हुन पर्छ र सिकाइ पनी उपलब्धी मुलक हुन पर्छ अनी मात्र भवन र राम्रा शिक्षकको मुल्याङ्कन गर्न सकिन्छ भन्नु भएको छ। उँहाले राजनिती बिचारको आधारमा होइन हरेक उत्पादन मुलक र उपलब्धीमुलक काम गर्ने हरु सँग आफुले हातेमालो गरेर काम गर्ने गरेको स्पष्ट पार्दै वडा नं ८का अध्यक्ष अमृत दङ्गालले उत्पादनमुलक काममा लगानी गर्न सहयोग गर्नु भएकोले उँहाले सिफारिस गरेका योजनाह...

सिन्धुपाल्चोक जिल्लाको आठौँ जिल्ला सभा सम्पन्न

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
मंसीर २५गते     सिन्धुपाल्चोक जिल्लाको आठौँ जिल्ला सभा आज सम्पन्न भएको छ। जिल्ला समन्वय समिति प्रमुख तथा सभाध्यक्ष श्री बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभामा जिल्लाका सबै नगरपालिकाका प्रमुख÷उपप्रमुख , गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष , जिसस का सदस्य, प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष नियन्त्रक तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रगति प्रतिवेदन, मौज्दात कोषको अवस्था, आ.व. २०८२÷८३ का नीति तथा कार्यक्रम, बजेट विनियोजन तथा स्थानीय तहबीचका समन्वयगत विषयहरूबारे विस्तृत छलफल गरिएको थियो । जिससका उपप्रमुख पदमनाथ नेपालले सभामा सहभागी स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको बीचमा आ.व. २०८१÷८२ मा सम्पन्न गतिविधि र प्राप्त उपलब्धिहरू समेटिएको प्रगति प्रतिवेदन सहित आ.व २०८२÷८३ को लागी नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको थियो । सोही आर्थिक वर्षमा ...

भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास २६औं बर्षमा प्रवेश रजत समारोह भब्य

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
मंसिर २४ गते नेपालगन्ज÷भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले रजत बर्ष भब्यताका साथ सम्पन्न गरेको छ । २५औं बार्षिकोत्सव समारोहको अवसरमा नेपालगन्जमा विविध कार्यक्रम गरि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । संस्थाका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माकोे अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले भ्रष्टाचार बिरुद्धको अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए । असल शासनको यात्रामा समुदाय देखि जिल्ला सम्म लामो समय काम गरि सक्नुभएका मन्त्री भण्डारीले हरेक नागरिकले सुशासन प्रबद्र्धनलाई सामाजिक उत्तरदायित्वको रुपमा लिनुपर्नेमा जोड दिए । उनले बास नेपालले देश ब्यापी रुपमा सञ्चालन गरिरहेको भ्रष्टाचार बिरुद्धको अभियानले युवाहरुमा जाग...

बाह्र्बिसेनगरपालिकाद्धारा पिडीत ६० परिवारलाइ प्रमाणपत्र प्रदान

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले एक समारोहका बिच बाढी पहिरोबाट घरवार गुमाएका परिवारलाइ घर निर्माण सम्पन्न प्रमाणपत्र हस्तान्तरण गर्नु भएको हो।बाह्र्बिसेनगरपालिकाद्धारा आयोजीत कार्यक्रममा नगर उप प्रमुख मन्जु तामाङ, प्मुख प्रशासकीय अधिकृत गणेश नेपाली सहीतको उपस्थितीमा ६०घर परिबारलाइ प्रमाणपत्र हस्तानन्तरण गरिएको हो ।घर निर्माण सम्पन्न प्रमाण पत्र गर्नु हुँदै बाह्र्बिसे नगरपालिकाका प्रमुख बाल कृष्ण बस्नेतले सिन्धुपाल्चोक जिल्लाका कोही पनी नागरिकहरु कुनै पनी दुखमा नपरुन परिहाले आफुले सकेको सहयोग गरिरहेको बताउँनु हुँदै बाह्र्बिसे नगरपालिकामा पनी आफ्नो कार्यकालमा कोहि पनि घरवारविहीन हुनु नपारेस भनेर काम गरिरहेको बताउँनु भयो । बस्नेतले नगरका नागरिकको शिक्षा, बसोबास,स्वास्थ्य जस्ता अती आबश्यक चिज हरुको व्यवस्थापन गर्नका लागी नगरपालिका लागी परेको बताउँनु हु...

सिन्धुपाल्चोक जिल्लाको दुबै निर्बाचन क्षेत्रबाट मोहन बस्नेत सिफारिस

अन्तर्वाता, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक काग्रेसले केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतलाइ दुबै क्षेत्रबाट सिफारिस गरेको छ । आगामी फागुन २१गतेको निर्बाचनका लागी उम्मेद्यवार को नाम प्रस्ताब गर्न बसेको १ नै क्षेत्रीय कार्यसमितीस्ले नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं १ बाट आगामी प्रतिनिधि सभा निर्वाचन प्रत्यक्ष तर्फ सर्वसम्मत नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत एकल नाम सिफारिस गरेको छ। नेपाली कांग्रेसले सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा निर्वाचन उमेदवारका लागि केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको हो । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले बस्नेतको नाम एकल रुपमा सर्वस्ममत सिफारिस गरेको हो । यसै गरी समानुपातीकमा डा प्रेम ध्वज लामा र दोर्जेलामा हाउडेको नाम सिफारिस भएको छ भने राष्ट्रिय सभामा भाखेला बोहोराको नाम सिफरिस भएको नेपाली काँगे्रुस सुनकोसीका अधिराज...

निर्वाचन आउन ८८ दिन बाँकीस् समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

ब्रेकिङ न्युज १, राजनिती, समाचार
प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् । आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ । यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ । यस्तै, आगामी माघ ३० गते भने समा...

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

ब्रेकिङ न्युज १, समाचार
 लायन्स क्लब अफ काठमाडौं डाँफेले शुभदीपावलीको पावन अवसरमा सञ्चालन गरिएको देउसी–भैंलो कार्यक्रमबाट संकलित रकम सामाजिक उत्तरदायित्वअन्तर्गत उपयोग गर्दै मेलम्ची नगरपालिका–३ मा अवस्थित श्री कालिकाशरण आधारभूत विद्यालयका बालबालिकालाई अध्ययन तथा शैक्षिक वातावरण सुदृढीकरणका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। आज मिति २०८२ मंसिर २१ गते, शनिवार, आयोजित एक सरल कार्यक्रममा विद्यालयका कलिला विद्यार्थीहरूलाई न्यानो कपडा, खेलकुद सामग्री तथा क्ष्ऋत् टुल ‘प्रोजेक्टर’ हस्तान्तरण गरिएको सामाजिक अभियन्ता तथा पत्रकार दिप खतिवडाले जानकारी दिनुभयो। उहाँका अनुसार क्लबले संकलित रकमलाई समुदायमै प्रत्यक्ष लाभ पुग्ने गरी उपयोग गर्नु क्लबको उद्देश्य रहँदै आएको छ। कार्यक्रमको क्रममा लायन्स क्लब अफ काठमाडौं डाँफेका अध्यक्ष भिमसेन खतिवडाले भन्नुभयो— “समुदायका बालबालिकाको सिकाइ, स्वास्थ्य र आत्मविश्वास वृद्धिमा ...
सहकारीको सिद्धान्त अनुसार गरेका कामहरु सँधै सफलतामा पुग्छ ः मन्त्री पौडेल

सहकारीको सिद्धान्त अनुसार गरेका कामहरु सँधै सफलतामा पुग्छ ः मन्त्री पौडेल

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सहकारीको सिद्धान्त मुल्य–मान्यताका साथ गरेका सहकारीहरुका हरेक कामहरु सफलतामा पुग्ने भएकाले गरिबी निबारणका लागी सहकारीको ठुलो भुमिका हुने सहकारी तथा गरिबी निबारण माननीय मन्त्री बिनु रायमाझी पौडेलले बताउँनु भएको छ । उहाँले नेत्रज्योती कृषी सहकारी सस्थाद्धारा आयोजना गरिएको उत्कृष्ट कृषक सम्मान जेष्ठ नागरिक तथा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण तथा अचार बनाउँने तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । बागमती प्रदेस सरकारको अनुदान सहयोग अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थीक सहयोगमा नेत्रज्योती कृषी सहकारी संस्थाद्धारा सञ्चालित १३ दिने कार्यक्रमको समापन कार्यक्रममा मन्त्री पौडेलले स्थानीय स्तरमा हुने उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारको व्यवस्था गर्न मन्त्रालयका तर्फबाट गर्न र हुन सक्ने सहयोग गरिरहने बताउनु भयो । मन्त्री पौडेलले नेत्रज्योती कृषी सहकारी संस्...

चौतारा स्पोर्टिङ क्लबका खेलाडीलाई नगरपालिकाको विदाइ

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट खेलमा सहभागी हुन चोैतारा स्पोर्टिङ क्लबको टोलिलाई चौतारा साँगाचोकगढी नगरपालिकामा बिजय प्राप्त गर्नका लागी अग्रमि बधाइ दिदै खेलाडीहरुलाइ खेलमा भाग लिन जाका लागी बिदाइ गर्नु भएको छ । सो अबशरमा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले “खेलले केवल पदक मात्रै दिन्न, यसले नगरको पहिचान र गौरव बोकेको हुन्छ । तपाईंहरूको अनुशासन, मेहनत र समुह भावनाले यो छनोटमा उत्कृष्ट प्रदर्शन हुनेछ भन्ने हामीलाई विश्वास छ । नगरपालिकाको तर्फबाट तपाईंहरूलाई आवश्यक सहयोग गर्न हामी सधैं तयार छौँ।” भन्नु हुँदै खेल जगतका बिकासका लागी नगरबाट हुन र गर्न सकिने सबै सहयोग गर्ने प्रतिबद्धता जनाउँनु भयो । यसै गरी नगर उपप्रमुख सीता थापाले खेलाडीहरूको मनोबल उत्साहित बनाउँदै “चौताराका युवा खेलाडीहरू राष्ट्रिय स्तरका प्र...