सामुदायिक वनको उद्गमस्थल ठोकर्पामा सामुदायिक वन राष्ट्रिय दिवस भव्यताका साथ मनाईयो
सामुदायिक वनको उद्गमस्थल सिन्धुपाल्चोकको ठोकर्पामा विभिन्न कार्यक्रम गरी सामुदायिक वन राष्ट्रिय दिवस मनाइएको छ । सामुदायिक वनको उद्गमस्थल ठोकर्पामा प्रचिन कालमा सिताको पाइला रहेको स्थान रतुवापाटी सामुदायिक वनमा बृक्षरोपण गरेर बागमती प्रदेश वन तथा वातावरण मन्त्री मसिना खड्काले सामुदायिक वन राष्ट्रिय दिवसको उद्घाटन गर्नुभएको हो । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, सुनकोशी गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाको विशेष आतिथ्यतामा शुक्रबार उक्त कार्यक्रम भएको थियो ।
वृक्षरोपणपछी बाघभैरब माध्यमिक विद्यालयको प्राङ्गणमा राष्ट्रिय दिवसको अवसरमा विभिन्न ब्यक्तीहरुलाई सम्मान गर्दै सांस्कृतक कार्यक्रम समेत गरिएको थियो । पानसमा बत्ती बालेर मन्त्री खड्काले कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री भण्डारीले सामुदायिक वनको उद्गमस्थल ठोकर्पा क्षेत्रको सामुदायिक वन क्षेत्रको व...
