फार्मेसीका नाममा भइरहेका गैरकानूनी काम रोकिनु पर्छ ः स्वास्थ्य मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फार्मेसीका नाममा भइरहेका गैरकानूनी कामहरु बन्द हुनु पर्ने बताउनुभएको छ । नेपाल फार्मेसी संघले विश्व फार्मेसी दिवसको अवसरमा सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले फार्मेसी नै नपढेका मानिसहरुले फार्मेसी चलाउने गरेको, दर्ता नै नगरि फार्मेसी चलाउने गरेको, नविकरण नै नगरि फार्मेसी चलाउने गरेको, अर्कैको सर्टिपिकेट राखेर फार्मेसी चलाउने जस्ता गैरकानूनी काम फार्मेसीको क्षेत्रमा भइरहेकाले यस्ता गतिविधि तत्कालै रोकिनु पर्ने बताउनुभएको छ ।
स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागको नेतृत्वमा फार्मेसीहरुको अनुगमन तिव्र पारेको बताउदै मन्त्री बस्नेतले कानून विपरित सञ्चालित फार्मेसीहरुलाई सचेत गराउनेदेखि सिल गर्नेसम्मका कारवाही अगाडि बढाइएको जानकारी दिनुभयो ।
फर्मासिस्टको तुलनामा फार्मेसीको संख्या बढी रहेको पाइएको उहाँले बत...

