सम्पर्क

यात्री सँग २मिनेट प्रहरी बाह्र्रबिसेमा

सिन्धुपाल्चोक जिल्ला ट्राफिक प्रहरी कार्यलयले यात्री सँग दुइ मिनेट कार्यक्रम सञ्चालन गरेकोछ ।   दुर्घटनालाइ शुन्यमा झार्ने सवारी साधन सँधै चेक जाँच गरेर मात्र सञ्चालन गर्ने, यात्रीलाइ राम्रो व्यवहार गर्न लगाएतका बिषयमा केन्द्रीत रहेर सडकमा नै सचेतना कार्यक्रम गरिएको हो । यो कार्यक्रम गर्ने क्रममा शुक्रबार ट्राफिक प्रहरी प्रमुख उत्तम राज आचार्य सहीतको टोली बाह्र्बिसे पुगेको थियो । यसरी बाह्र्बिसे मा बलेरो चालकहरु, बसमा यात्रागर्ने यात्रीहरु , बाटो हिड्ने बटुवाहरुलाइ समेत जम्मा पारेर छुट छुट्रै गरी सम्झाइएको थियो । बाह्र्रबिसेबाट तातोपानी जाने सबारीमा यात्रा गरिरहेका यात्रीहरुलाइ बस भित्रै गएर ट्राफीक प्रमुखले यात्रा गर्दा कुनै समस्या भएमा तोकीएको भन्दा बढी भाडा लिएको पाइएमा वा कुनै प्रकारका अमानबीय व्यवहार भएमा नजीकको प्रहरीकार्यलयमा सम्पर्क राख्न समेत अनुरोध गर्नू भयो ।