लोक तथा दोहोरी गायक इश्वर सापकोटाको आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा “आकाशैमा जुन छ” बोलको गीत सार्बजनिक भएको छ । डीके म्युजिक सोलुशन नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतमा ईश्वर सापकोटा, कोपिला वाइबा तामाङ्ग, र शरण थामीको सुमधुर स्वर रहेको छ । उक्त गीतको लय सापकोटाले नै तयार पार्नुभएको थियो भने शब्द ईश्वर सापकोटा र माया न्यौपानेको रहेको छ । कसैको माया प्रति नतमस्तक रहेको भावमा तयार भएको यस गीतको म्युजिक भिडियोमा धिरज खत्री, माया न्यौपाने, शरण थामी र मनिन्द्र थापाको आकर्षक अभिनय रहको छ । सापकोटा लोक तथा दोहोरी गीतको नाममा बिकृति ल्याउनेको बिरोधी भएकोले सार्बजनिक भएका सबै गीतहरु आफ्नै कला संस्कृति र मौलिकता भित्र रुमलिएका हुन्छन् । उहाँले अहिले सम्म थुप्रै गीतहरु सार्बजनिक गरिसक्नुभएको छ । ईश्वर सापकोटा राष्ट्रिय संगीतकर्मी संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका अध्यक्ष समेत हुनुहुन्छ ।
