सम्पर्क

ब्रेकिङ न्युज १

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छ : प्रधानमन्त्री

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
गण्डकी, ४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताउनुुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान अर्पण समारोहमा उहाँले आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताउनुुभयो । मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकास गरिनेमा जोड दिनुुभयो । सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र प...

हाम्रो लघुकथा केन्द्रको चौथो वार्षिकोत्सव सम्पन्न

कृषि, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, साहित्य
हाम्रो लघुकथा केन्द्र, दक्षिणकाली, काठमाडौँले रोयल इभेन्टस बेङ्क्वेट, तीनकुने काठमाडौँमा संस्थाको चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सव कार्यक्रममा  केन्द्रले लघुकथा लेखन गर्दै प्रविधिमा लघुकथालाई जोडेर प्रचारप्रसार गर्दै आएका स्रष्टा नारायण तिवारीलाई नगद रुपैयाँ ११,१११÷– (अक्षरेपी एघार हजार एक सय एघार)सहित लघुकथा केन्द्र सम्मान–२०८० बाट सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रममा  प्रमुख अतिथिले केन्द्रको सम्मानपत्र  र दोसला प्रदान गर्नुभएको थियो भने केन्द्रका अध्यक्ष लता केसीले नगद रकम प्रदान गर्नुभएको थियो । ‘सबै मेरा सपना थिए’ लघुकथा लेखी लघुकथा विधामा प्रवेश गरेका तिवारीका दसैँ खर्च (२०५७) र महँगी, भोक र सार्वभौमसत्ता (२०७०) लघुकथासङ्ग्रह प्रकाशित छन् । उहाँले लघुकथा कुनो फेसबुक पेजमार्फत नेपाली लघुकथाको विकास र विस्तारमा सहयोग पु¥याउनुभएको थियो । केन्द्रद्वारा आयोजित उक्त क...

निःशुल्क शिक्षा भन्ने होइन काम गर्नुपर्छ ःनगर प्रमुख सापकोटा

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका  नगर प्रमुख   कृष्ण प्रसाद सापकोटाले निःशुल्क शिक्षा बोलेर होइन व्यवहारमा लागु गरेर देखाउँन पर्र्ने बताउँनु भएको छ ।उहाँले निःशुल्क शिक्षा भन्ने अभिभावकहरुसँग सहयोग लिनेलाई निःशुल्क शिक्षा भन्न नमिल्ने बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ ठुलोसिरुवारीमा रहेको श्री सेतिदेवी माध्यमिक बिद्यालयको ६३ औं वार्षिकोत्सब, अभिभावक भेला तथा भूपु विद्यार्थी पुनर्मिलन समारोह शुक्रबार उद्घाटन गर्दै उहाँले यस्तो बताउँनु भएको हो । उहाँले सेतीदेवी माबि सबै प्रकारले सम्पन्न भएको देखिएको भएता पनि बिद्यालयलाई थप चुनौती थपिएको बताउँनु भयो । समारोहको उद्घाटन गर्दै नगर प्रमुख सापकोटाले नगरभरी १२ कक्षा सम्मको निःशुल्क शिक्षाको लागि छलफल चलिरहेको बताउँनु भयो । उहाँले विपन्न बालबालिकाको पठनपाठनको लागि नगरको केन्द्र भागमा आवशीय विद्यालय निर्माण ग...

घट्यो डिजेल र पेट्रोलको मूल्य

ब्रेकिङ न्युज १, समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु एक र डिजेल÷मट्टिेलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ तोकेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ५७ र तेस्रो वर्गका लागि रु एक सय ५८ कायम भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः रु १।२२ र रु २।०६ ले घटेर आएको निगमले जनाएको छ ।...

शिक्षामन्त्रीद्वारा अनुगमन : समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन निर्देशन

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
भक्तपुर, १ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिनुभएको छ । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आज अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नहुने बताउनुभयो । उहाँले जनक शिक्षा सामग्री केन्द्रमा पुगेर पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुका साथै पुस्तक छपाइ भइरहेका स्थानको अनुगमन एवं अवलोकन गर्नुभएको थियो । मन्त्री श्रेष्ठलाई केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले पुस्तक छपाइको अवस्था र वितरणको प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । मन्त्री श्रेष्ठले भन्नुभयो, “पाठ्यपुस्तक छपाई समयमै सम्पन्न हुनुपर्यो, पाठ्यपुस्तक समयमै विद्यार्थीको हातहातमा पुर्याउनु होला ।” केन्द्रका प्रबन्ध निर्देशक झाले मन्त्री श्रेष्ठलाई भर्ना अभिय...

जब शिक्षक पात र सिन्का बोकेर कक्षाकोठामा पस्नुभयो !

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
बलेवा (बागलुङ), ३० फागुन : सधैँजसो कक्षा आरम्भ हुँदा हातमा हाजिर कपी र पठनपाठनका सामग्री बोकेर कक्षाकोठा प्रवेश गर्ने शिक्षिका सुशीला श्रेष्ठ सोमबार सालका पात र बाँसका सिन्का बोकेर पस्नुभयो । न्यू एभरेष्ट एकेडेमीको नर्सरी कक्षाकी कक्षा शिक्षक श्रेष्ठ सोमबार कक्षा ७ मा प्रवेश गर्नुभयो । उहाँसँगै अन्य शिक्षिका पनि साथमै हुनुहुन्थ्यो । सधैँजसो दिनभर कपी र किताब बेञ्चमा फिँजाएर कलम समाउने गरेका विद्यार्थी पनि सोमबार फरक भूमिकामा देखिए । सबै विद्यार्थी कक्षा कोठाको भूइँमा बसे । उनीहरुका अघि सालका पात र बाँसका सिन्का थिए । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको न्यू एभरेष्ट एकेडेमीले उनीहरुलाई व्यावहारिक सीप सिकाउने प्रयास गर्दै थियो । विद्यालयले विद्यार्थीलाई दुनाटपरी निर्माण गर्न सिकाएको हो । सरकारले सार्वजनिक बिदा दिए पनि विद्यार्थीलाई जीवनोपयोगी सीप तथा व्यावहारिक शिक्षा दिन ग्याल्पो ल्होसारको अ...

आबश्यकताका आधारमा प्रमुख,उपप्रमुखद्धारा सहयोग भइरहेको छःवडाअध्यक्ष शेर्पा

अन्तर्वाता, कृषि, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला सासबक घुम्थाङ गाविस वडा नं. २ हाल बाह्रबिसे नगरपालिका वडा नं. ७ मा पिता साङदोर्जे र माता गोरी शेर्पाको कोषबाट मिती २०४३ पौेष २ गते जन्मिएका बाह्रबिसे नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष ङिमा शेपासँग लोकप्रिय समाचार बाह्रबिसेका संवादाता फुडोमा शेपाले गरेको छोटो कुराकानी ः तपाईंको परिचय दिनुहोस् म ङिमा शेर्पा हाल वडा नं. सातको वडा अध्यक्षको रुपमा काम गरिरहेको छु । मेरो घर बाह्रबिसे नगरपालिका हो । . तपाईं वडा अध्यक्षमा कसरी चुनिनुभयो देश संघीय लोकतान्त्रीक गणतन्त्रमा गएपछी स्थानीय तहलाई नागरिकका समस्या समधान गर्ने अधिकार दिएपछी खाशगरी सिंह दरबारको अधिकार गाउँमा आएपछी हामीले स्थानीय सरकार सञ्चालनका लागी वडामा रहेर वडाबासी तथा नगरबासीको सेवा गर्नको लागी २०७९ सालमा भएको स्थानीय निर्वाचनमा वडाबासीको मताद्धारा म वडा अध्यक्षको जिम्मेवारीमा आएको हुँ । म यस वडाको नागरिकको स...

सरकारलाई सफल बनाउन पाँच दलबीच सहमति

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडाँै, २९ फागुन  सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने सहमति भएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका शीर्ष नेतृत्वको बैठकले उक्त सहमति गर्दै राष्ट्रियसभाको रिक्त रहेको अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्यलाई थप मजबुद गर्ने निर्णय गरेको हो । दलहरुबीच नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका ल...

सरकार र मिटर ब्याजी बिच सहमती आन्दोलन स्थगित, समस्या समधान हुने गृह मन्त्रीलामीछानेको भनाइ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
राष्ट्रिय स्वतन्त्र पाटीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भए लगत्तै अनियमितता गर्ने जो कोहिलाई पनी कानुनी कार्बाही गर्ने बताउँनु भएको थियो । उहाँले हरेक नागरिकलाई सरकारको उपस्थिती देखाउँन लागी पर्ने बताइ रहँदा आन्दोलनरत मिटर ब्याज पीडितहरूसँग सोमबार चारबुँदे सहमति गर्न सफल हुनु भएकोे छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित सरकारीवार्ता टोलीसँग आइतबार र सोमबारको छलफलपछि मिटर ब्याज पीडित संघर्ष समितिले सहमति गरेको हो । सहमतिको जानकारी गराउन गृहमन्त्री लामिछाने मिटर ब्याज पीडितहरू बसिरहेको ठाउँ भृकुटीमण्डप जानु भएको थियो । अनुचित लेनदेना (मिटर ब्याज) अपराधबाट सिर्जित समस्याको अन्त्य गरी दिर्घकालीन समाधानका लागि आवश्यक अध्ययन तथा जाँचबुझ गरी राय र सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम तीन सदस्यीय अनुचित लेनदेन (मिटर ब्याज) विरुद्ध जाँचबुझ आयोग गठन गर्न...

शिक्षक तथा विव्यस पदाधिकारीले छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनु पर्ने

ब्रेकिङ न्युज १, समाचार
पिस्कर सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं. ३ धुस्कुनको सुनकोसीमा रहेको सिद्दिकाली आधारभुत विद्यालयले विद्यार्थी संख्या बढाउन र टिकाउन विभिन्न योजनाहरु ल्याएको छ । घटदै गएको विद्यार्थी संख्यालाई बढाउन अङ्ग्रेजी माध्यममा पठनपाठन गर्दै आएको थियो । फाल्गुन २८ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले कार्यरत शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आउदो शैक्षिकसत्रदेखि अनिवार्य आफ्नो बच्चालाई सोही विद्यालयमा अध्यापन गराउनु पर्ने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बिकास श्रेष्ठको अध्यक्षतामा भएको बैठकले सो निर्णय गरेको विव्यास सदस्य प्रवेश श्रेष्ठले बताउनु भयो । निर्णयमा भनिएको छ,सिद्दिकाली आधारभूत विद्यालयमा विद्यार्थी बढाउने अभियानबाट लाग्दै गर्दा अब नयाँ शैक्षिक सत्र बाट यसै विद्यालयमा अध्यापन गराउने शिक्षक एवं विद्यालय व्यवस्थापन समितिमा रहनु भ...