सम्पर्क

विचित्र संसार

चार सय ३६ स्थानमा डढेलो

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
काठमाडौँ, २० वैशाखः देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताउनुभयो । “आज पनि देशभर डढेलोको अवस्था बिराल बनेको छ । नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,” उहाँले भन्नुभयो, “पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ ।” उहाँका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन् । उहाँका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटनाहरु हुन्छन् । “असी प्रतिशत वन डढेलाको घटनाहरु फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प...

प्रेस काउन्सिल अध्यक्ष बस्नेत सम्मानित

ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य
काठमाडौँ, २९ चैत : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउनसके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ । साहित्यिक पत्रकार सङ्घले आज बस्नेतलाई ‘हिमडमरु’को उपाधिसहित सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उहाँले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ घट्दै गएकाले समग्र पर्या–पर्यटनमा ठूलो क्षति पुगेको बताउनुभयो । यसको असर न्यूनीकरणका लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । हिमाली क्षेत्रमा लामो समयदेखि पदयात्रा गर्दै हिमाल, पर्यावरण जोगाउन र जलवायु परिवर्तनको असरबारे पत्रकारिता क्षेत्रबाट विभिन्न अध्ययन गरेको भन्दै सङ्घले बस्नेतलाई सम्मान गरेको हो । वरिष्ठ साहित्यकार रोचक घिमिरे, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सगरमाथा आरोही तेम्बाछिरी शेर्पासहितले अध्यक्ष बस्नेतलाई दोसल्ला, माला र प्रमाणपत्रसहित सम्मान ...

मेरो जीवन श्रृखला

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार
कुल प्रसाद दाहाल मेरो जन्म वि.सं.२०२१ साल श्रावण २२ गते विहिबारका दिन सिन्धुपाल्चोक जिल्ला साविक ठूलोसिरुवारी गा.वि.स.वडा नं.४ हाल चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ डौठें, बाँसस्वारामा माता मनमायाँ दाहालको कोखबाट जेष्ठ सुपुत्रको रुपमा जन्म भएको हो । मेरो पिताको नाम लक्ष्मीकान्त दाहाल भएको र मेरो जन्म हुदा वाजे,बज्यै माता र पिता गरी जम्मा ४ जनाको मात्र परिवार थियो । आज मेरो परिवारको संख्या ४ बाट वढेर ३१ पुगेको छ । मैले बाल्यकालमा घरायसी क ख रा पिता माता र मेरो गुरु शिवबहादुर के.सी.को सक्रियतमा हालको श्री सेतीदेवी मा.वी.बाट सुरु गरेको थिए । त्यसरी पढ्न जाने अवस्थाको एक बालकले वर्षे विदामा चौताराको सिरमा रहेको पात्लेपानी नर्सरीबाट बिरुवा बोकेर बजार पार गर्दै मेलचौर डाँडाको तल माथी पाखामा लानुपर्ने र सो वापतमा एक पटकमा प्रती पटक रु १। मात्र हाता पर्ने अवस्था थियो । टाउको दुखाउदै र ढाड...

सिन्धु स्वास्थ्य परियोजनाको अन्तरक्रीया चौतारामा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
नेत्रबहादुर बस्नेत चौतारा, सिन्धुपाल्चोक जिल्ला सम्मन्वय समितीको सभाहलमा सिन्धु स्वास्थ्य परियोजनाले पत्रकारहरु सँग अभिमुखीकरण तथा अन्तर क्रिया कार्यक्रम गरेको छ । महीला आत्मा निर्भर केन्द्र फेयरमेड फाउण्डेशन को साझेदारीमा सञ्चालन भएको परियोजनाको बारेमा जानकारी दिन र हाल सम्म भएका कार्यक्रमहरुको बारेमा जानकारी दिने मुख्य उद्धेश्यले गरिएको अन्तर क्रिया कार्यक्रम महीला फेयरमेड फाउण्डेशन, आत्मा निर्भर केन्द्रको आयोजना र पत्रकार महासंघको सम्मन्वयमा गरिएको हो । कार्यक्रममा परियोजनाका व्यवस्थापक महीला आत्मा निर्भर केन्द्रका कृष्ण बहादुर गुरुङ्गले जँहा स्वास्थ्यको पहुँच पुगेको छैन त्यँहा परियोजना गएर काम गरेको बताउँदै खाश गरी माझी,दनुवार, पहरी , थामी दलीत तथा अन्य पिछडीएका जनजाती उपेक्षीत, उष्ण,प्रदेशिय रोगहरुबाट प्रभावीत ब्यक्तीहरुलाइ लक्षीत गरेर सञ्चालन गरिएको बताउँनु भयो । यँहाले उपेक्षीत भन्न...

जब शिक्षक पात र सिन्का बोकेर कक्षाकोठामा पस्नुभयो !

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
बलेवा (बागलुङ), ३० फागुन : सधैँजसो कक्षा आरम्भ हुँदा हातमा हाजिर कपी र पठनपाठनका सामग्री बोकेर कक्षाकोठा प्रवेश गर्ने शिक्षिका सुशीला श्रेष्ठ सोमबार सालका पात र बाँसका सिन्का बोकेर पस्नुभयो । न्यू एभरेष्ट एकेडेमीको नर्सरी कक्षाकी कक्षा शिक्षक श्रेष्ठ सोमबार कक्षा ७ मा प्रवेश गर्नुभयो । उहाँसँगै अन्य शिक्षिका पनि साथमै हुनुहुन्थ्यो । सधैँजसो दिनभर कपी र किताब बेञ्चमा फिँजाएर कलम समाउने गरेका विद्यार्थी पनि सोमबार फरक भूमिकामा देखिए । सबै विद्यार्थी कक्षा कोठाको भूइँमा बसे । उनीहरुका अघि सालका पात र बाँसका सिन्का थिए । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको न्यू एभरेष्ट एकेडेमीले उनीहरुलाई व्यावहारिक सीप सिकाउने प्रयास गर्दै थियो । विद्यालयले विद्यार्थीलाई दुनाटपरी निर्माण गर्न सिकाएको हो । सरकारले सार्वजनिक बिदा दिए पनि विद्यार्थीलाई जीवनोपयोगी सीप तथा व्यावहारिक शिक्षा दिन ग्याल्पो ल्होसारको अ...

चालीसेको योजना थोरै लगानी धेरैलाइ रोजगार

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाका समुदायीक बन अभियान्ता हरुले वनमा खेर गएका सालको पातको सदुपयोग गरी स्थानीयलाइ रोजगारको समेत व्यवस्था गरेका छन । साम सामुदायिक बन उपभोक्ता माहासङ नेपाल सिन्धुपाल्चोकका जिल्ला उपाध्यक्ष सुनकोशी गाउँ पालिका वार्ड नम्बर –७ का शारदा प्रसाद चालिसे ले सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्र स्थपना गरी दुना टपरी उत्पादन गर्ने काम गरिरहनु भएको छ ।सुनकोशी गाउँ पालिका, बलेफी गाउँ पालिका –६ चौतारा साङाचोकगढि नगर पालिका –१० का महिला हरु को सकृयता मा उहाले दुना टपरी उत्पादन गर्ने उद्योग नै सन्चालन गर्नु भएको छ ।  गत मङ्सिर यता दुना टपरी उत्पादन गर्न थालेको दुना टपरी को माग बढेकोले बेच्ने कार्य भ्याइ नभ्याइ छ । स्थानिय उत्पादित दुना टपरी बिक्री गर्छौ उहाले भन्नु भयो दुना टपरी स्थरिय उत्पादन भएको ले निकै रुचाइएको छ । यस्ले बाताबरण संरक्षण मा टेवा पुग्नु को साथै बजारीकरण मा माग बड्द...

सस्कारको पालना गर्नु नै बुबाआमा प्रती सम्मान हो ः कृष्ण राज श्रेष्ठ

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
धर्तीमा छउन्जेल बृद्ध भएका बुबाआमालाइ सम्मानका साथ पालन पोषण गर्नु र उहाहरुको स्वर्ग पछी उहाहरुले सिकाएको गरेको सस्कार पालना गर्नु मानीसको परम कर्तव्य भएकोको पुर्ब सासद तथा नेकपा एमाले केन्द्रिय सल्लाहाकार समिति सदस्य कुष्ण राज श्रेष्ठले बताउँनु भएको छ । उँहाले आमाले सन्सार देखाउनु हुन्छ बुबाले व्यवहार सिकाउनु हुन्छ । कुनै पनि प्राणिको आमाले आफ्ना सन्तानलाई कहिल्यै पनि दुख नहोस भनेर आफू जस्तो सुकै कष्ट भोगेर भए पनि वालवालिका को भविष्यका लागि यक चित्त भएर लागी रहनु हुन्छ। त्यस कारण आमा बाउ भन्दा सन्सारमा कोही पनी नभएकोे बताउँनु भएको छ । बागमती प्रदेश कमिटी सदस्य ईन्द्र ब नेपाल सिन्धुपाल्चोक जिल्ला,जिल्ला कमिटी सचिब रामचन्द्र बस्नेत, नगर कमिटीका पदाधिकारी हरु , वडा कमिटीका पदाधिकारी हरु, नेकपा एमालेका जिल्ला नेताहरु स्थानीय कार्यकर्ताहरु सहीत सोमबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा प...

अमेरिका भ्रमण त्यागेर गृहजिल्लामा महिला मन्त्री भगबती चाैधरी

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, स्वास्थ्य
इटहरी । अमेरिका दुनियाँका लागि सपनाको संसार भनिन्छ । नेपाली उच्चतम् नागरिक पनि अमेरिका भासिएका छन् । तर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीका लागि भने अमेरिका भन्दा आफ्ना मतदाता महत्वपूर्ण भए । यूएन वुमनको विश्वस्तरिय कार्यक्रममा सहभागी हुन आज अमेरिका जाने पूर्व निर्धारित कार्यक्रम थियो । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो । तर, मन्त्री चौधरी अमेरिका भ्रमण छाडेर गृह जिल्लाको आउनु भएको छ । दुहबी १० मा रहेको आपुरुपी शिव मन्दिरमा आयोजित साँस्कृतिक कार्यक्रममा सहभागी हुन मन्त्री चौधरी गृह जिल्ला आउनु भएको हो । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै मन्त्री चौधरीले सरकार अविछिन्न उत्तराधिक...

अन्तर्राष्ट्रिय महिला दिवस : सोचमा परिवर्तन आवश्यक

#, जिबनशैली, विचार, विचित्र संसार
काठमाडौँ, २५ फागुन (रासस) : “मेरो बुबाले मेरो मानसिक असन्तुलन भएको आमा र म जस्तै फरकरुपमा सक्षम (अपाङ्गतासँग रहेको) मेरो बहिनी र मलाई बेघर गरी दिनुभयो । मामाघरमा बसेर पढाई लेखाई गरेर काम गर्न सक्षम भएपछि आफ्नो परिवारलाई धान्न सरकारी विद्यालयमा पढाउन थालें । हाम्रो नेपालको संविधानले दिएको प्रावधानमार्फत मेरो फरक सक्षमता अनुसार नियमित जागिर पाउन आवेदन गरें तर विभिन्न कारणवश नेपाल सरकारको म जस्ताको लागि भएको प्रावधान पनि मैले पाउन सकिन । अब मेरो संरक्षण कसले गर्ने ?” सोध्छिन् मधेस प्रदेशको एक अपाङ्गतासँग रहेकी एक नेपाली छोरी । २०२४ मा सारा संसारभरि नै हरेक वर्ष झैँ मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । त्यसबेला, हामीले नेपालका कैयौं यस्ता छोरीहरुको जसको शिक्षा, स्वास्थलगायतका मानव अधिकार छिनिएको छ, उनीहरुको पीडालाई बुझेन आवश्यक छ । अफगानिस्तानलगायत संसारभरिकै ती मानव, जसले लिङ्ग र ल...

आज ११४औैँ अन्तर्राष्ट्रिय महिला दिवस

विचित्र संसार, समाचार
काठमाडौँ, २५ फागुन : आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ । सन् १९०८ मार्चमा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित ¥याली गरेसँगै यसको बिजारोपण भएको थियो । यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस सुर...