रजकको जलेर निधन भएको खबरले महासंघ स्तब्ध ,अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग
राजसंस्थाको पुनस्र्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी अराजक समुहले गरेको आगजनीमा एक संचारकर्मीको जलेर मृत्यु भएको, विभिन्न संचार गृहको भवनमा आगो लगाउने र सवारी साधन तोडफोड गरी संचारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासघका महासचिब रामप्रसाद दाहालद्धारा बिज्ञेप्ती जारी गरी यस्तो जनाइएको हो । जारी बिज्ञेप्तीमा राजसंस्थाको पुनस्र्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी अराजक समुहले आज गरेको आगजनीको समाचार संकलनको क्रममा एक संचारकर्मीको जलेर मृत्यु भएको, विभिन्न संचार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र संचारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
सो समुहले आगो लगाएको भवनको समाचार संकलनको क्रम...


