अरनिको बसपार्कमा जी क्याफे एण्ड नेपाली खाना घर अध्यक्ष क्षेत्रीबाट उद्घाटन
कुमार बस्नेत (अधिराज )
अरनिको बसपार्क प्रा.लि. परिसरमा जी क्याफे एण्ड नेपाली खाना घर बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । कार्यक्रमको उद्घाटन पूर्व अरनिको अध्यक्ष केदार खत्री क्षेत्रीले रिबन काटेर गर्नुभयो ।
उद्घाटन कार्यक्रममा यातायात व्यवसायी, विशिष्ट व्यक्तिहरु तथा अन्य अतिथिहरुको उपस्थितिमा अध्यक्ष खत्रीले नेपालमै बसेर व्यवसाय गर्ने युवाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सम्पूर्ण यात्रुहरुलाई सस्तो, गुणस्तरीय र अर्गानिक खाना–खाजाको सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उत्कृष्ट व्यवस्थापनमार्फत सेवा दिने प्रतिबद्धता जनाउनु भयो ।
अरनिको बसपार्कका प्रमुख कार्यकारी अधिकृत रबिन्द्र खड्काले पूर्व–पश्चिम यात्रु सेवामा अरनिको बसपार्कको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै बसपार्क सञ्चालनपछि पूर्वतर्फ यात्रा गर्ने यात्रुहरुलाई सहज भएको र काठमाण्डौ उपत्यकाक...
