गाउँको वर्तमान स्थिति र भविष्य
रुपक पुरी
नेपालको गाउँ अहिले परिवर्तनको गहिरो दौडबाट गुज्रिरहेको छ । विगतका दशकहरूमा जो जीवनशैली, संस्कार र सामुदायिक सम्बन्ध गाउँले प्रतिबिम्बित गथ्र्यो, त्यो अहिले तीव्र गतिमा रूपान्तरण हुँदैछ । २०७८ सालको राष्ट्रिय जनगणनाले देखाएको तथ्यांक अनुसार ग्रामीण जनसंख्या करिब ३४ प्रतिशत मात्र बाँकी रहेको छ भने सहरी क्षेत्रमा ६६ प्रतिशत पुगेको छ । यो तथ्याङ्कले स्पष्ट देखाउँछ कि ग्रामीण क्षेत्रबाट सहरतर्फको जनसंख्या पलायन एक गम्भीर समस्या बन्न पुगेको छ ।
युवा वर्गको रोजगार खोजी, उच्च शिक्षाको अभाव, स्वास्थ्य सेवा पहुँचमा कठिनाइ र आधारभूत पूर्वाधारहरूको कमी जस्ता कारणहरूले धेरैले गाउँ छोडेर सहर र विदेशमा बसोबास गर्ने निर्णय गरेका छन् । २०८०÷८१ को तथ्यांक अनुसार करिब ७ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएर विदेश गएका छन् । यसले गाउँमा कृषि र अन्य परम्परागत काम गर्न सक्ने श्रम शक्ति अभावमा पुग...
