चौताराको डडुवामा सिन्के धुप बनाउने तालिम सम्पन्न
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ मा १५ दिने सिन्के धुप बनाउने तालिम सम्पन्न भएको छ । बज्रयोगीनी अपाँग मैत्री सहकारी सँस्था लिमिटेडको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकको सहयोगमा तालिमको आयोजना गरिएको हो ।
सोमबार एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण सहित घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख रामशरण गौतमले तालिमको समापन गर्नुभएको हो । तालिम समापन कार्यक्रममा मन्तब्य राख्दै घरेलुका कार्यालय प्रमुख रामशरण गौतमले सिप सिक्नु मात्रै ठुलो कुरा नभएको बताउँदै यसलाई ब्यवहारमा उतार्न सक्नुपर्नेमा जोड दिनुभयो । गौतमले कार्यक्रमा अतिथिहरुको स्वागतमा बाजा वजाउनेहरुका लागी नयाँ प्रविधिको बाजा किन्नका लागी सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
समापन कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो...
