सम्पर्क

Author: लोकप्रिय समाचार

सुन्दर बगर !

साहित्य
संजिता धमला कति सुन्दर बगर ! बालुवाको ओछ्यानमाथि ढुङ्गै ढुङ्गा सुतेको देख्छु यताबाट हावा उड्छ उताबाट हुरी कुद्छ चापमा परेको बालुवा बतासमा सवार हुँदै अर्को ठाउँमा थुम्को बन्छ । अनि कोही–कोही बगर भो जिन्दगी भन्दै उदास मनको बिरक्ती बालुवा उडाएर नदी बालुवाको सम्बन्ध बिर्सिन्छन् कति सुन्दर बगर ! कलकल जलको साथमा बैँस धुँदै सृष्टिको उद्गमदेखि गन्तव्यको हरेक मोडमा पानीलाई छेकाछेकी उर्लँदो जवानी मैथुन गर्दै बगेर सुतेको छ । विचरा ढुङ्गाहरू हृदयविहीन बनेर बालुवामाथि रित्तै सुतेको देख्छु अनि भन्न मन लाग्छ धत् ! हरिलट्ठक कसैलाई कोरा ठानेर किन जिस्काउँछस् कत्रो छ महानता बगरको अनि मोहनी जिन्दगीको नगिज्या बालुवालाई पानीसँगै जिन्दगानी मोहनीमा तरङ्गित छ ।  ...

सिन्धुपाल्चोक प्रहरी बागमती प्रदेशभरबाट कार्यसम्पादन मूल्याङ्कनमा प्रथम

समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक कार्यसम्पादन मूल्याङ्कनमा बागमती प्रदेशभरबाट प्रथम भएको छ । कार्य सम्पादन सम्झौताको ‘मासिक मूल्याङ्कन मापदण्ड– २०७८’ अनुसार २०७८ श्रावणदेखि पौष महिनासम्मको मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालयतर्फ ८४.६७ अंकका साथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक उत्कृष्ट भएको हो । प्रथम हुन सफल जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तर्फबाट प्रशंसा पत्र प्रदान गरिएको छ ।...

सेना दिवसको अवसर पारेर दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस हुने

खेलकुद, ब्रेकिङ न्युज १
सिन्धुपाल्चोकमा रहेको नेपाली सेनाको गोरखबक्स गण र भोटेकोशी गाउँपालिकाको आयोजनामा दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस दौड प्रतियोगीता सञ्चालन हुने भएको छ । सेना दिवस २०७८ को अवसरमा ऐतिहासिक क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले गत वर्षदेखि ट्रेल रेस दौड प्रतियोगीताको आयोजना सुरु गरेको थियो । त्यसैको निरन्तरता स्वरुप यो वर्ष पनि प्रतियोगीता सञ्चालन गर्न लागेको नेपाली सेना गोरखबक्स गणका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले जानकारी दिनुभयो । भोटेकोशी गाउँपालिकाको सुख्खा बन्दरगाहा देखि लिस्ती हुदै दुगुनागढी सम्म साढे २४ किलोमिटर लामो दौड प्रतियोगीता हुने छ । गत वर्ष २१ किलोमिटर मात्रै दौड भएको थियो यो वर्ष भने केही किलोमिटर बढाइएको नेपाली सेनाले जानकारी दिएको छ । । लामो ट्रेल रेस प्रतियोगीता सम्पन्न गरेको हो । सिन्धुपाल्चोकको ऐतिहासिक लिस्तीमाइ र दुगानागढीको संरक्षण र प्रचार...

सुत्केरी आमाहरुलाई पोषणयुक्त घिउ वितरण

ब्रेकिङ न्युज २, स्वास्थ्य
त्रिपुरासुन्दरी गाउँपालिकामा सुत्केरी आमाहरुलाई पोषणयुक्त घिउ वितरण गरिएको छ । चालु आर्थिक वर्षभित्र नेपाल सरकारको प्रोटोकल अनुसार स्वास्थ्य सँस्थामै सुत्केरी हुने र चार चोटी स्वास्थ्यसँस्थामै गर्भजाँच गराउने सुत्केरी आमाहरुलाई उक्त पोषणयुक्त घिउ वितरण गरिएको हो । उक्त सहयोग बहुक्षेत्रिय पोषण कार्यक्रमको पशुपँक्षी शाखा अन्र्तगत वितरण गरिएको हो । सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउन पर्छ भन्ने सन्देश फौलियोस् भन्ने उद्धेश्यको लागि कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाको पोषण स्वयमसेवक हरीचन्द्र वस्नेतले जानकारी दिनुभयो । वस्नेतका अनुसार बाल मृत्युदर र मातृ मृत्युदर कम गर्ने उदेश्यले विपन्न समूहका घर परिवारमा सुत्केरी अवस्थामा स्याहार सुसार कम हुने र बालबालिकाको भविष्य र आमाको स्वास्थ्य प्रति गरिने खर्च नभई लगानीको रुपमा लिने गरिएको यस्तो व्यवस्था गरिएको बताउनुभयो ।...

मेलम्ची मुहानका ठूला ढुँगा हटाउन सिनो हाइड्रोले माग्यो नेपाली सेनाको सहयोग

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची खानेपानी आयोजना पुर्ने ढुँगा, माटो, बालुवा गिट्टीसहितको गेग्य्रान हटाउने काममा नेपाली सेनासँग पनि सहयोग मागेको छ । ठेकदार चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो परिचालन भएर काम सुरु गरेलगत्तै साइटमा ठूला–ठूला ढुङ्गाहरु भेटिएपछि आयोजनाले सेनासँग सहयोग मागेको हो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रकुमार पन्तका अनुसार ठेकदारसँग उपलब्ध यन्त्र उपकरणले ठूला ढुँगा फुटाएर हटाउन सक्ने अवस्था नदेखिएको बताउनुभयो । ‘निकै ठूला ढुँगा भएकाले त्यसलाई फुटाउन विष्फोटक पदार्थ नै चाहिन्छ,’ उहाँले भन्नुभयो ’त्यसैले सेनासँग हामीले आवश्यक पर्ने विष्फोटक पदार्थ मागेका हौं ।’ वर्षायाममा बाढी र पहिरोका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर नयाँ वर्षसम्ममा काठमाडौं उपत्यकामा खानेपानी ल्याउन सेनाको सहयोग अपरिहार्य देखिएको पन्तले बताउनुभयो । आयोजनाबारे यअसघि असोजमा भएको समन्वय बैठकमा सेनाले आवश्य...

राप्रपाको क्षेत्रिय बैठकमा खल्तीबाट टिकट पाउने प्रचलनको अन्त्य गर्ने सहमती

राजनिती
राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ को नियमित मासिक बैठकमा खल्तीबाट टिकट पाउने प्रचलनको अन्त्य गर्ने सहमती भएको छ । क्षेत्रिय अध्यक्ष कुमारी तामाङको अध्यक्षतामा क्षेत्रिय पार्टी कार्यालय मेलम्चीमा भएको बैठकमा क्षेत्रीय कमिटी पदाधिकारी तथा सदस्यहरु प्रदेश सभा क र ख अध्यक्ष निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेको पाँच वटा स्थानीय तह मध्य ३ पालीका प्रमुखहरुको उपस्थिति रहेको थियो । बैठकले आसन्न स्थानीय चुनाव केन्द्रित कार्यक्रम आक्रमक रुपमा अगाडि बढाउनेबारे पनि छलफल गरेको क्षेत्रिय कमिटी सचिव देवराज गुरुङले जानकारि दिनुभयो । राप्रपा क्षेत्र नं २ अन्र्तत पर्ने पाँच वटा स्थानीय निकायको निर्वाचन लक्षित अभियान सुरु गर्ने, यही फाल्गुन २० गते भित्र सबै ४९ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरु गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मेयर तथा उप मेयरको उम्मेरद्धारी नामावली उपलब्ध गराउन...

नयाँ शैक्षिक सत्रको पढाइ चुनावपछि

ब्रेकिङ न्युज २, समाचार
सरकारले नयाँ शैैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि मात्रै सञ्चालन गर्ने तयारी गरेको छ । यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्न लागेको छ । चालू शैक्षिक सत्रको पढाइ चैतसम्मै सञ्चालन गर्ने र परीक्षा सञ्चालन, नतिजा प्रकाशन, नयाँ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलगायतका काम आगामी वैशाखभित्र सम्पन्न गर्ने मन्त्रालयको योजना छ । मन्त्रालयको तयारी अनुसार नै शैक्षिक सत्रको व्यवस्थापन भयो भने निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको शुल्क व्यवस्थापनमा समस्या आउने देखिन्छ । यो वर्षको शैक्षिक सत्र सकेर नयाँ शैक्षिक सत्रमा विद्यालय परिवर्तन गर्ने विद्यालयले पुरानो विद्यालयमा कुन महिनासम्मको शुल्क तिर्ने भन्ने अन्योल देखिन्छ । “वैशाखमा परीक्षा सञ्चालन हुने भयो भने मैले छोरालाई ६ कक्षा पढाउन अर्को स्कुल लैजाँदा जेठ लाग्ने भयो । यसो हुँदा पुरानो स्कुललाई पनि वैशाखस...

मेलम्ची बाँध पुनर्निर्माणमा खानेपानी मन्त्रीद्वारा स्थलगत निरीक्षण

ब्रेकिङ न्युज १, समाचार
खानेपानीमन्त्री उमाकान्त चौधरीले सोमबार बिहानै सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । गत असार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको बाँध स्थलको स्थालगत निरीक्षण गर्न सोमबार बिहान ७ बजे नै मन्त्री चौधरी पुनर्निर्माणस्थल पुग्नुभएको हो । चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले गरिरहेको पुनस्र्थापनाको काम गर्दै छ । काठमाडौँबाट बिहानै स्थलगतमार्गबाट काभ्रेको धुलिखेल, पाँचखालबाट मेलम्ची बजार पुगेपछि मात्र मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले मन्त्री आएको सुइँको पाएका थिए । झिसमिसे बिहानै मन्त्रीको आवागमन होला भन्ने नसोचेका मेलम्ची आयोजनाका कर्मचारी, ठेकेदार कम्पनीका श्रमिक र स्थानीयले सोचेका पनि थिएनन् । मन्त्री चौधरी बाँधस्थल पुग्दा पछि–पछि सुरक्षाकर्मीको सवारी र सिन्धुपाल्चोकका प्रमुख...

निदाएको फेवाताल

साहित्य
साहित्यप्रेमी ( निर्मला पुरी) वर्षौं वर्षको पर्खाई पछि भेट भएका प्रेमीहरु झैँ मनको आवेगमा चिसो बतासले यो साँझलाई अँगाले झै नयनहरुले हेर्दै एकअर्कालाई खुशीका आँसुहरु सँगाले झैँ हिमालको प्रेमिल काखमा निदाएको छ फेवाताल ! संगीतको सुरमा कता कता हराए झैँ आत्मैदेखि कसैलाई मन पराए झैँ एकोहोरो हेरिरछ त्यो किनारालाई, इन्द्रेणीको घुम्टो ओडेर हरसाँझ प्रेमिल यो रातमा मन्द मन्द बतासमा हिमालको अँगालोमा निदाएको छ फेवाताल !! (उदयपुर)...

१५ वर्ष पछि फरार अभियुक्त पक्राउ

ब्रेकिङ न्युज १, समाचार
नावालिका छोरीलाई जर्वजस्ती बलात्कार गरी फरार रहेका एकजनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले १५ वर्ष पछी पक्राउ गरेको छ । २०६३ साल वैशाख १९ गते दिउसो २ वजेको समयमा सिन्धुपाल्चोक साविक ठुलोसिरुवारी वडा नं.१ को हाल चौतारा साँगाचोकगढी न.पा. वडा नं.१३ स्थित सल्लाघारी जंगलमा सानोसिरुवारी १ (क) को वर्ष १३ कि नाबालिका छोरीलाई जवरजस्ती करणी गरि फरार रहेका वर्ष ४३ का विनोद दुलाललाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । घटना पश्चात भागी फरार रहेकोमा विशेष सूचनाको आधारमा यही २८ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई फरार भएको १५ वर्ष वर्ष पछि साँगाचोक बजारबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रनाउ दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । निज अभियुक्तलाई सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गर्दा अदालतको सोमबारको आदेशले पुर्पक्षको लागी जिल्ला कारागार कार्याल...