सम्पर्क

बिभीन्न कार्यक्रम गर्दै मनाइयो बिपी जयन्ती

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ४० औँ स्मृती दिवस बिभिन्न कार्यक्रम गरि देसै भर मनाइएको छ । यसै बिच प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘वीपी कोइरालाई राष्ट्रिय पुरस्कार–२०७८’ समर्पण समारोह कार्यक्रम गरिएको थियो । नेपाली काँग्रेसका सभापती एवम प्रधान मन्त्री शेर बहादुर दउवाले प्रमुख अतिथीको आसनबाट समारोहलाई सम्बोधन गर्दै मुलुकको विभिन्न क्षेत्रमा योगदान पु¥याउने साधक एवं स्रष्टाको सम्मानमा राज्यले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।प्रधानमन्त्री देउवाले जननायक वीपी कोइरालाले मुलुकको राजनैतिक परिवर्तन र नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पु¥याउनुभएको अतुलनीय योगदानको कदर गर्दै राज्यबाट गरिएको सम्मानले स्रष्टा र सर्जकलाई थप हौसला प्रदान हुने उल्लेख गर्नुभयो । विसं २००७ सालको राजनैतिक क्रान्ति सफल बनाउँन तथा मुलुकमा प्रजातान्त्रिक शासन प्रणाली र नागरिक हकअधिकार स्थापित गर्न अतुलनीय योगदान पु¥याउनु हुने स्वर्गीय वीपी कोइरालाको नेपालको राजनीतिक इतिहासमा विशिष्ट स्थान रहेको प्रधानमन्त्री देउवाले सो अबशरमा बताउँनु भयो “वीपी कोइराला उच्च राजनैतिक चिन्तक र विश्लेषक मात्र नभएर उहाँ नेपाली भाषा साहित्यका एक उत्कृष्ट स्रष्टा, लोकप्रिय कथाकार एवं उपन्यासकार पनि हुनुहुन्थ्यो । समाजको परिवर्तनको लागि कोइरालाले राजनीतिक र साहित्य दुवैलाई आफ्नो कार्यक्षेत्र बनाइ आफ्नो समयको लोकप्रिय र चर्चित व्यक्तित्व हुनुभएको थियो ।”

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं राजनैतिक सङ्घर्षका प्रेरक जननायक वीपी कोइरालाको स्मृतिमा नेपाल सरकारद्वारा स्थापित वीपी कोइराला राष्ट्रिय पुरस्कार प्राप्त गर्नुहुने स्रष्टालाई सम्मान गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उहाँले उक्त पुरस्कारबाट विभिन्न विधा र क्षेत्रमा पुरस्कृत हुनुहुने संस्था एवं सर्जकलाई बधाई ज्ञापन गर्नुभयो । यसै गरी सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ५ सदरमुकाम स्थित नेपाली काँग्रेसको पार्टी कार्यालय को हलमा पनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ४० औँ स्मृती दिवस मनाइएको छ । चौतारा साँगाचोकगढी नगर सभापति ईन्द्रलोचन धितालको सभापतित्वमा पूर्व जिल्ला सभापति श्याम बहादुर श्रेष्ठको प्रमुख अतिथिमा सम्पन्न दिबस भएको थियो । प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई नेपाली काँग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसका रुपमा मनाउँदै आएको छ । बिपिको जिवनी, बिचार र चुनौतीहरुको विषयमा कार्यक्रम संचालन गरी विपिलाई सम्झीएका थिए । नेपाली कांग्रेसका कार्यकर्ताहरुले स्वर्गिय विपि कोइरालाको फोटोमा माल्यार्पण गरि विपीलाई स्मोरण गर्नुभएको थियो । उक्त कार्यक्रममा जिल्ला शिक्षक संघका अध्यक्ष तुलसि प्रसाद दंगाल, श्री कृष्ण रत्न गंगा मा.विका प्रधानाध्यापक डम्बर बहादुर श्रेष्ठ, हरि गोपाल श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका ८ का वडाध्यक्ष अमृत दंगाल, चौतारा साँगाचोकगढी नगरपालिका ७ का वडाध्यक्ष डम्बर बहादुर तामाङ, चौतारा साँगाचोकगढी नगरपालिका ९ का वडाध्यक्ष विमल श्रेष्ठ नोपली काँग्रेस चौतारा ५ का सभापति ठाकुर श्रेष्ठ लगायतको उपस्थिती रहेएको थियो । वि.स. २०३९ साउन ६ गते दिवंगत भएका विपी कोईरालाले नेपालको प्रजातान्त्रीक आन्दोलनका साथै साहीत्यको विकासमा महत्वपूर्ण योगदान दिएको सभापति धितालले बताउनुभयो । विपिको मेलमिलाप र समाजवाद सम्बन्धि अवधारणा नेपालको राजनितिमा अझै सान्दर्भीक रहेको समेत बताउनुभयो । बिपि कोइराला नेपालको पहिलो जन निर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो । उहाँको जन्म १९७१ भदौ २४ गते भएको थियो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।कोईरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । नेपाली काँग्रेसका जिल्ला सभापती जङ्ग बहादुर लामाले बिपीको बिचार सिद्धान्त लाइ आत्मासाथ गरी अगाढी बढ्न सबैलाइ आग्रह गर्दै नेपाली काँग्रेसले मात्र होइन बिश्वका प्रजतान्त्र प्रेमीहरुले बिपी ले देखाएको बाटोमा हिडेपछी मात्र लोकतन्त्र सफ भएको बताउँनु भयो ।