सम्पर्क

Author: लोकप्रिय समाचार

विद्यार्थीलाई न्यानो कपडा वितरण

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
बागमती प्रदेशको सांसद कुमारी तामाङ स्याङतानले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएकोे छ । मेलम्ची नगरपालिका वडा नम्बर ४ थकनी स्थित श्री साल्मे आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टि बाट समानुपातिक सांसद बन्नु भएकी तामाङले मतदातालाई धन्यवाद ज्ञापन गर्नजाने क्रममा विद्यार्थीहरुलाई परम पुज्य धर्मगुरु रिन्पोछे चिनिया लामा भुपती बज्र लामाको सहयोगमा न्यानो कपडा वितरण गर्नुभएको हो । सांसद तामाङले समाजप्रतिको आफ्नो जिम्मेवारी अझै थपिएकाले आगामि दिनमा सशक्त ढंगले अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।...

भ¥याङको सिढीबाट लडी पुरुषको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकमा आत्महत्या प्रयास गरेकी श्रीमतीलाई बचाउन माथिल्लो तलाबाट झर्दै गर्दा भ¥याङबाट लडेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बिहिबार बेलुका ८ः४५ बजेको समयमा बलेफी गाउपालिका–५ माथिल्लो बजार बस्ने बर्ष ४५ को शेर बहादुर श्रेष्ठको श्रीमती बर्ष ४६ की केशरी श्रेष्ठ आफ्नै २ तले पक्की घरको भुई तल्लामा रहेको सिलिङ पंखाको फलामको डण्डीमा तन्नाको पासो लगाई झुण्डिने प्रयास गरेको अवस्थामा श्रीमान शेर बहादुर श्रेष्ठले देखि हल्लाखल्ला गर्दै श्रीमतीलाई के भयो भनि हेर्न माथिल्लो तल्लाबाट एक्कासी तल झर्दा सिढीबाट लडी गम्भिर घाईते भएकोमा उपचारको क्रममा सोही दिन राती १०ः०० बजेको उहाँको निधन भएको छ । मृतकले अत्याधिक मात्रामा मदिरा सेवन गर्ने समेत बुझिन आएको छ । साथै झुण्डी आत्महत्या प्रयास गर्ने श्रीमती केशरी श्रेष्ठको हाल धुलिखेल अस्पतालमा उपचार भई रहेको, निजको अवस्था समेत गम्भिर रहेको जिल्ला प...

सिन्धुपाल्चोक बिभिन्न घटनामा २को मृत्यु अन्य कार्बाही

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लामा एकै दिन बिभीन्न घटना भएको छ । जिल्लामा घटेको घटनाका कारण दूइ जनाको निधन भएको छ भने एकजना चिन्ताजनक अबस्थामा रहनु भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार जिल्लाकोबलेफी गा.पा.५ माथिल्लो बजार बस्ने बर्ष ४५ को शेर बहादुर श्रेष्ठ र बाह्रबिसे नगर पालिका २का मिन ब. तामाङको निधन भएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीका अनुसार बलेफी गा.पा.५ माथिल्लो बजार बस्ने बर्ष ४५ को शेर बहादुर श्रेष्ठ को श्रीमती बर्ष ४६ की केशरी श्रेष्ठ मिति २०७९पौष ०८ गते साँझ २०;४५ बजे आफ्नै २ तले पक्की घरको भुई तल्लामा रहेको सिलिङ पंखाको फलामको डण्डीमा तन्नाको पासो लगाई झुण्डीएको अवस्थामा शेर बहादुर श्रेष्ठले देखि हल्लाखल्ला गर्दै श्रीमतीलाई के भयो भनि हेर्न माथिल्लो तल्लाबाट एक्कासी तल झर्दा शेर बहादुर श्रेष्ठ सिँढीबाट लडी गम्भिर घाईते भएको...

बज्रयोगिनी अपाङग मैत्री सहकारी सस्थामा तामाङ

ब्रेकिङ न्युज १, समाचार
बज्रयोगिनी अपाङग मैत्री सहकारी सस्थाले आफ्नो दसौ बार्षाीक साधरण सभा शनीबार सम्पन्न गरेको छ । सिन्धुपाल्चोक जिल्लामा रहेको अपागंता क्षेत्रमा काम गरिरहेका बज्रयोगिनी अपागं मैत्री सहकारी सस्थाको स्थपना २०६९सालमा भएको हो ।   चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४का अध्यक्ष उद्धव नेपालले एक समारोहका बिच शनीबार साधरणसभाको उद्धघाटन गर्नु भयो । सहकारी सस्थाको साधरण सभाको उद्धघाटन गर्दै अध्यक्ष नेपालले सिप सिक्ने मात्र होइन काम गर्नु पर्छ क मागर्न थाले पछी उद्योगी बन्न पर्छ यसरी उद्योगी बन्नका स्थानीय सरकार सहयोग गर्न तैयार रहेको बताउानु भयो । उँहाले पुर्ण रुपले अपागंता भएका ब्यक्ती हरु आँफै काम गर्न सक्तैनन भनेर सरकारले सामाजिक सुरक्षा अन्तरगत भत्ताको समेत व्यवस्था गरेको बताउँदै त्यसका संरक्षक वा अपागंता हेर चाह गर्नहरुका लागी आफुले उद्योग सञ्चालन गरेर आय आर्जन गर्नका लागी सहयोग गर्नै बताउँनु भय...

सिन्धु तेक्वान्दो संघले बुझायो ज्ञापनपत्र , आइतबार बिरोध प्रदर्शन गर्ने

ब्रेकिङ न्युज २, समाचार
जिल्ला खेलकुद बिकास समिती सिन्धुपाल्चोक मार्फत नेपाल तेक्वान्दो संघले ज्ञापन पत्र बुझाएको छ । संघका उपाध्यक्ष गंगा तामाङको नेतृत्वमा शुक्रबार चौतारामा बुझाइएको ज्ञापन पत्रमा नेपाल तेक्वान्दो संघ मुलुकको कानुन, नियम र अन्तर्राष्ट्रिय मुल्यमान्यता अनुसार स्थापित एक स्वायत्त संस्था हो र यस संघले अन्तर्राष्ट्रिय क्षेत्रबाट देशका लागि अत्याधिक पदक हासिल गरी नेपाल र नेपालीहरूको ईज्जत र सम्मानलाई उँचो बनाएको कुरा सबैमा जानकारी भएकै हो । नेपालमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलमा देशकालागि १२ वटा स्वर्ण सहित २९ वटा पदक हासिल गरी देशलाई दोस्रो स्थान उभ्याउन सफल भएको कुरा सबैमा विधित्तै छ । भरखरैमात्र साउदी अरबबाट पारा खेलाडीले ओलम्पिक खेल सरहको विश्व ग्राण्डप्रिक्स प्रतियोगिताबाट स्वर्ण पदक प्राप्त गरी देश र नेपाली जनताको शिर अन्तर्राष्ट्रिय क्षेत्रमा ठाडो बनाएको समाचारको मसि सुक्न नपाउँदै राष्...

सिन्धुपाल्चोकबारले ६७ औ बार दिवस मनायो

ब्रेकिङ न्युज २, समाचार
नेपाल बार एसोसिएसन जिल्ला बारईकाई सिन्धुपाल्चोकले ६७ औ बार दिवस भव्यरूपमा मनाएको छ । बार६७औ दिबसको कार्यक्रमको प्रमुख अतिथि जिल्ला न्यायधिश विदुर कोईराला रहनु भएको थियो भने कार्यक्रमको सभाध्य क्ष भुपेन्द्र थिङले गर्नुभएको थियो । कार्यक्रममा पुर्वअध्यक्ष रोहिणिराज जोशी र श्याम बहादुर श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएको थियो । चौतारामा भएको कार्यक्रममा जिल्लाका कानुन व्यवसायी स्थानियजनप्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।...

जन्मदिनको उपलक्ष्यमा थापाद्धारा इष्ट प्वाईन्ट एकेडेमीलाई ५० हजार नगद सहीत स्टेसनरी

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
देवराज सुबेदी हेलम्बु गाँउपालिका निवासी न्यू हेलम्बु सप्लायर्सका प्रोपाइटर, व्यवसायी एबम हेलम्बु हेल्पिङ टिमका अध्यक्ष दिनेश थापाले आफ्नो जन्मदिनको उपलक्ष्यमा हेलम्बुको एक विद्यालय तथा त्यहाँका विद्यार्थी ४० जनाको लागी स्टेसनरी वितरण गर्नुभएको छ । बाढी प्रभावित हेलम्बु ४ को इष्ट प्वाईन्ट एकेडेमी विद्यालय पुनः निर्माणमा रु पचास हजारहस्तान्तरण गर्नुभएको हो । साथै उहाँले जेहेन्दार बिद्यार्थी ४० जनाको लागी स्टेसनरी वितरण गर्नुभएको प्रधानाध्यापक दामोदर भारतीले जानकारी दिनुभयो । भारतीले जन्मदिनको अवसरमा शुभकामना सहित आभार प्रकट गर्नुभयो । थापा आफैँ पनि बाढी प्रभावित हुनुहुन्छ । यस्ता सहयोग हेलम्बुको शैक्षिक उन्ननयनमा कोसेढुङ्गा साबित हुने प्रधानाध्यापक भारतीले बताउनुभयो ।...

डडुवा भवानी शङ्कर माध्यमिक विद्यालय नगर भरीकै उत्कृष्ठ भवन

ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयको भवन चौतारा साँगाचोकगढी नगरपालिका भरीकै उत्कृष्ठ भवन भएको छ । बिहिबार चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले एक समारोहका बिच उद्धघाटन गर्नु भएपछी सहभागीहरुले नगरकै नमुना भवन बनेकामा खुशी ब्यक्त गरेका छन् ।नेपाल सरकार र ए।डि।बि को आर्थिक सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय , केन्द्रिय आयोजना कार्यान्वयन इकाइको विपद उत्थानशील विद्यालय परियोजनाको प्राविधिक सहयोग र समन्वयमा ६ करोड ८६ लाखमा भवन निमार्ण सम्पन्न भएको १६ कोठे भुकम्प प्रतिरोधी निर्मीत विद्यालय भवन नगर प्रमुख सापकोटाले उद्धघाटन गर्नू भएको हो ।              चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा रहेको भवनको उद्धघाटन गर्दै नगर प्रमुख सापकोटाले विद्यालयको भवनसँगै शिक्षाको गुणस्तर वृद्धिका लागि नगरपालिकाकाले गर्न पर्ने सहयोगमा कुनै कमी हुन नदिने बताउँदै वडामा उत्पाद...

बाल अधिकार प्रवद्र्धन प्रदर्शनी सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
ठोकर्पा । सुनकोशी गाउँपालिका वडा नं। १ र बाघ भैरव माविको संयुक्त आयोजना एवं वडा नं। १ देखि ५ सम्मका ठोकर्पा मावि, जनजागृति मावि, गणेश मावि, भूमेश्वरी मावि, रक्तकाली आवि, कालीदेवी आवि, बालशिक्षा आवि, बेत्रावती आवि समेतको सह आयोजना तथा टुकी संघ सुनकोशी र चाईल्ड फण्ड जापानको सहयोगमा बाल अधिकार प्रवद्र्धन प्रदर्शनीको आयोजना सम्पन्न भएको छ । प्रदर्शनीका उपस्थित ९ वटै विद्यालयले शिक्षण सिकाई क्रियाकलापमा प्रयोग गरिने र गर्दै आएका बालमैत्री स्थानीय शैक्षिक सामाग्रीहरु, विद्यालय व्यवस्थापनसँग सम्बन्धित योजना तथा अन्य अभिलेखहरु आ आफ्नो स्टलमा प्रदर्शनका लागि राखेका थिएा । त्यसका साथै सहयोगी संस्था चाईल्ड फण्ड जापान नेपाल कार्यालय र टुकी संघ सुनकोशीको पनि आफ्नै प्रदर्शन स्टल रहेको थियो । सुनकोशी गाउँपालिकाका अध्यक्ष एवं प्रमुख अतिथि टपिन्द्र तिमल्सिनाले उद्घाटन गर्नु भएको उक्त प्रदर्शनीमा वडा नं १...

४ वर्षपछि फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज २, समाचार
चोरी मुद्दामा ४ वर्षअघि सजाय सुनाइएका बलदेव थापा पक्राउ परेका छन् । सिन्धुपाल्चोक  जुगल गाउँपालिका वडा नं. १ बस्ने वर्ष ३१ वर्षीय थापालाई फरार रहेको ४ वर्ष पछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको हो । झापा जिल्ला अदालतले २०७५ भदौ २५ गतेको फैसलाले उनलाइ २ दिन कैद र जरिवाना ने.रु.१,०१,२४९।– (एक लाख एक हजार दुई सय उन्नचास) सजाय तोकिएको जिल्ला प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । उनलाई घर नजिकैबाट बुधबार पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा निजको कैद÷जरिवाना असुल उपरका लागि जिल्ला कारागार चौतारा चलान गरेको बुढाथोकीले बताउनुभयो ।...