तेक्वान्दो प्रतियोगितामा समृद्धि र सचिन उत्कृष्ट
चौतारा साँगाचोकगढी नगरपालिका ५ छाप कभर्डहलमा दोस्रो हिराहरि तेक्वान्दो अन्तर क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता महिलातर्फ समृद्धि खड्का र पुरुषमा सचिन तामाङ उत्कृष्ट खेलाडी भएको छ । उत्कृष्ट भएसङै जनही एक हजार रुपैयाँ नगद , ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । एक दिने तेक्वान्दो प्रतियोगिताको उद्घाटन समारोहमा सभाध्यक्ष डोजाङका सदस्य रमेश श्रेष्ठ, प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा , विशेष अतिथी, सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समिति अध्यक्ष सुरेश राना मगर, अतिथिहरुमा ५ न.ं चौतारा साँगाचोकगढीका वडा सदस्य रामबहादुर घले नगर खेलकुद विकास समितिका अध्यक्ष गणेश श्रेष्ठ, वरिष्ठ तेक्वान्दो प्रशिक्षक राजकुमार लामा तथा अभिभावकहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । प्रतियोयोगिताको क्योरुगि विधातर्फ पुरुष २४ देखि २८ के...
