सम्पर्क

Author: लोकप्रिय समाचार

पर्यटकको रोजाइमा जलविरे झरना

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, साहित्य
चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले गर्मी सुरु भएसँगै दैनिक झरनामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको बताउनुभयो । “दैनिक दुई सयको हाराहारीमा पयर्टक यहाँ आउने गरेका छन्”, उहाँले भन्नुभयो । शनिबार र सार्वजनिक बिदाका दिन भने यहाँ अत्यधिक घुइँचो लाग्छ । नयाँ वर्षको पहिलो दिन एक हजार एक सय ५० जनाले टिकट काटेको तथ्याङ्क छ । कोरोना महामारीपछि यहाँ पर्यटक आउने क्रम बढेको हो । झरना रहेको वडा नं ६ का बासिन्दालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । “यहाँ झरना अवलोकनका लागि बाह्रैमास पर्यटक आउने गरेका छन्”, अध्यक्ष गुरुङ बताउनुहुन्छ । पर्यटक लोभ्याउनका...

डडुवा, रानीटार र झुलेटारमा फस्टाएको तरकारी खेती

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, समाचार
चौतारा, ५ वैशाख । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवा, रानीटार र झुलेटारका तीन सय घरधुरीले तरकारी खेतीबाटै राम्रो आम्दानी गर्दै आएका छन् । “म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिए, अहिले यो तरकारी खेतीबाट राम्रै आम्दानी भएको छ”, गोलभेँडा टिप्दै डडुवाकी मीना नेपालले भनिन् । दुईचार पैसाका निम्ति निकै कष्ट भोगेको  नेपाललाई अहिले तरकारी व्यवसायबाट राम्रो आम्दानी मिलेको छ । गोलभेँडा बेचेर यो वर्ष सात लाख घर भित्रिने उनको अनुमान छ । अहिले उनले चार रोपनी बारीमा गोलभेँडा रोपेकाछन् । उनी भन्छन्, “श्रीमान शिक्षक, बालबच्चा विद्यालय जान्छन्, सासूससुरा काम गर्न सक्नुहुन्न । रेखदेख मेरै हो, बिदाको समयमा सहयोग गर्नुहुन्छ ।” खेताला, बीउबिजन, औषधि गर्दा डेढ लाख जति लगानी परेको छ । हरेक दिन दिउँसो ४ बजेपछि डडुवा, रानीटार र झुलेटारबाट साँगाचोक हुँदै गोलभेँडा बोकेर दैनिक पाँचदेखि ११ वटासम्...

महेन्द्रदय मा.बी.को गेट सिल्यान्यास

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला स्थित सुनकोशी गा पा ६ रहेको महेन्द्रदय माध्यमिक बिद्यालय भवन जाने गेट निर्माण कार्य शुरु भएको छ । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेशम बहादुर पाखैीनले एक समारोहका बिच भवनको सिल्यान्यास गर्नू भयको हो । स्थानीय बिद्यालयका पुर्ब बिद्याथी तथा भुमेस्थान प्रा वि का पुर्व प्र अ कुमार बि क को एकल खर्चमा उक्त गेट निमौण हुन लागेको हो ।स्थानीय सुनकोसी ६ निवासी स्वर्गीय पिता तारा वहादुर बि क र स्वर्गीय माता नीर माया बि क का सुपुत्र बिद्यालयका पुर्व विद्यार्थी एवं भुमेस्थान प्रा वि का पुर्व प्र अ कुमार बि क ज्यु द्वारा आफ्ना स्वर्गीय माता पिताको स्मृतिमा बिद्यालयको जिर्ण भएको मूल प्रवेश द्वार ( मूल गेट ) पुनःनिर्माण कार्यका लागि लाग्ने सम्पुर्ण खर्च आफैले गरी पुनः निर्माण सम्पन्न गरिदिने प्रतिवद्वता अनुरुप मातृ दिवसको अवसर पारी गेट निर्माणको शिलान्यास कार्य भएको हो । वि व्य स अ...

सार्वजनीक बिदाका दिनमा पनी जिल्ला प्रशासनद्धारा सेवा दिइने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जिल्ला बासीको समस्यालाइ ध्यानमाराखी केही बिदाका दिनहरुमा पनी सेवा दिने भएको छ । जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकका साहयक प्रमुख जिल्ला अधिकारी निरन्जन श्रेष्ठले एक सुचना प्रकाशित गरी यस्तो जानकारी दिनु भएको हो । जिल्ला प्रशासन कार्यलयले २०८०सालको चैत्र मसान्त सम्ममा बिभिन्न मितीमा हुने सार्वजनिक बिदाका दिनमा पनी सेवा दिने भएको हो ।...

मैदान अभावमा खेल सञ्चालन गर्न असहज

ब्रेकिङ न्युज १, समाचार
वैशाख २५ बाट सुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्ची बगरमा खेलमैदान तयार गर्न आयोजक व्यस्त छन । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट सुरु हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, एक लाख र ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । व्यक्तिगत लगानीमा ठुलो धनराशिको पुरस्कारसहित खेलाडीलाई खाना र बासको समेत व्यवस्थासहित हुन लागेको यो प्रतियोगिताका लागि मैदान भने अभाव छ । मेलम्चीमा रु १४ करोडको लागतमा निमार्णाधीन रङ्गशाला २०७८ को बाढीले बगाएको थियो । हेलम्बुका पनि खोला आसपास सबै बगर भएपछि खेल मैदानको अभाव छ । मेलम्ची र इन्द्रावतीमा आएको बाढीपछि जिल्लाको पश्चिमी भेगमा खेल गतिविधि बढे पनि राम्रो खेल मैदान अभावले खेल सञ्चालन गर्न असहज...

नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको अध्यक्षमा अमृत माझि

ब्रेकिङ न्युज २, समाचार
देवराज सुवेदी नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको चौथो संयुक्त जिल्ला अधिबेशन बुधबार झ्याडी नमुना बस्ती चौतारा साँगाचोकगढी नगरपालिका १४ मा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल माझी उत्थान संघ केन्द्रिय उपाध्यक्ष चिनिमाया माझीले माझी समुदायले आफ्नो पहिचान जोगाउदै आय आर्जनमा जोडिनु पर्ने बताउनुभयो । उहाँले माझी समुदायको उत्थानमा लाग्न नयाँ कार्यसमितिलाइ आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल माझि महिला उत्थान सघंकी केन्द्रिय अध्यक्ष रिता माझि, आदिवासि जनजाति महासघं सिन्धुपाल्चोकका उपाध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरुको तर्फबाट शुभकामना मन्तव्य राख्दै इन्द्रावती गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राम जी माझिले माझिहरु एक जुटहुन सकेमा मात्र विकास हुने बताउनुभयो । उहाँले अझैपनि चेतनाको कमि रहेको उल्लेख गर्दै सिर्जनात्मक काममा ल...

सवारी चालक थापाको स्वास्थ्यउपचारमा कुनै अभाव हुन नदीने मोहन बस्नेतको उद्धघोष

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
लामिछानेका सवारी चालक थापाको स्वास्थ्यउपचारमा कुनै अभाव हुन नदीने नेपाली काँग्रेसका केन्द्रीय सदस्य माननीय मोहन बहादुर बताउँनु भएको छ । उँहाले पहीले नागरक बचाउ अनी राजनिती गर भन्ने नारा सहीत जस्तो सुकै अबस्थामा पनी उपचारमा सहयोग गरिरहनुभएको र यस पटक पनी थापाको स्वास्थ्य स्थिती बारे जानकारी लिदै उपचारमा कुनै पनी कमी हुन नदीने बताउँनु भएको हो ।   सोमबार राति चितवनमा घाइते भएका सिन्धुपाल्चोक बाह्रविसेका दिलबहादुर थापाको पछिल्लो स्वास्थ्यस्थिति बुझ्न र आवश्यक सहयोग गर्न सिन्धु पाल्चोक जिल्ला क्षेत्र नं २ प्रतिनीधसभा सदस्य माननीय मोहनबहादुर बस्नेत मङ्गलबार चितवनस्थित पुरानो मेडिकल कलेज पुग्नु भएको हो र साथमा प्रदेस सभा सदस्य माननीय मसिना खड्का बाह्र्बिसे नगर पालिका प्रमुख बालकृष्ण बस्नेत समाज सेवी नेपाली कााग्रेसका युवा नेताहरु युधिर पौडेल , रामकुमार थापा लगाएत का प्रतिनिधीहरुका साथ कलेज मा पुग...

तातोपानी नाका सञ्चालन गराउन छलफल

ब्रेकिङ न्युज १, समाचार
तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमबार नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच सीमानाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा बैठक सम्पन्न भएको जानकारी दिनुभयो । सो बैठकमा यही १८ वैशाखबाट तातोपानी नाका नियमित सञ्चालन गर्र्ने, सीमा सुरक्षा तथा कोरोना स¬ङ्क्रमण एवं सुरक्षाको विषयलाई प्राथामिकता दिएको उहाँले बताउनुभयो । दुवै देशबीच कोभिड सङ्क्रमणसम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा संवेदशील रही आवश्यकतानुसार संयुक्त तालिम, गस्ती गर्ने, थप चेक प्वाइन्ट राख्ने व्यवस्...

मखमल र परालको जुत्ता बन्ने तालिम सुरु

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिप सिकौं रोजगार बनौं भन्ने नाराका साथ मेलम्ची नगरपालिकाले एकल महिलाहरूलाई मखमल र परालको जुत्ता बन्ने तालिम आयोजना गरेको छ । तालिमको मंगलबार उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले एकल महिलाहरुको आर्थिक क्षमता बढाउनका लागि यो कार्यक्रम आयोजना गरिएको भन्दै तालिमको लागि मात्र तालिम नभएर सिकेका कुरालाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले एकल महिलालाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले लगानी गरेको भन्दै गरेको लगानी खेर जान दिन नहुने बताउनुभयो । तालिममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले सिप सिकेर आत्मनिर्भर बन्न तालिमले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । ध्यान दिएर सिकेर आफ्नो जिवनको आर्थिक पाटोलाइ बलियो बनाउन आग्रह गर्नुभयो । उहाँले आफ्नै गाउँ घरको उत्पादन पराल बाट जुत्ता बनाएर बेच्न सकेमा बाहिर बाट आउने प्लास्टिकको जुत्ता आयात गर्न नपर्ने बताउनुभयो । १५ गते स...

सुरक्षाको बैठक १८गते देखी तातोपानी नाका सञ्चालमा आउँने

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, समाचार
नेपाल र चीन को सिमामा रहेको सिमा सुरक्षा समितीको बैठक बसेको छ । सिमा तर्फको बैठकले २०८० साल वैशाख १८ गतेबाट तातोपानी नाका पुर्ण रुपमा सुचारु÷संचालनमा ल्याउँने निर्णय गरेको छ यो निर्णय सँगै अब तातोपानी नाका नियमित रुपमा सुचारु ह्ुने भएको छ । २०७२ सालको भूकम्प, त्यस लगत्तै आएको भोटेकोसी बाढी र पछिल्लोपटक कोरोना महामारीका कारण उतरी ब्यापारीक नाका तातोपानी कहिले खुल्ने त कहिले बन्द हुँदै आएको थियो । कोरोना महामारीको संक्रमण घटेसँगै चीन सरकार नाका पूर्ववत् रुपमा नै सञ्चालन गर्न तयार भएको हो ।४ गते सोमबार नेपाल तर्फका सुरक्षा निकायका प्रतिनिधी र मित्र राष्ट्र चिन तर्फका सुरक्षा निकायका प्रतिनिधिहरुको बिच सीमा नाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा सिमा सुरक्षा सम्बन्धी Counter Parts Meeting मा समेत नाका सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका , सूचना ...