सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा मानव वेचविखन तथा ओसारपसार विरूद्व अन्तरक्रिया कार्यक्रम गरेको छ । मगंलबार मेलम्ची नगरपालिकाको आयोजनामा र विभिन्न सस्थाहरूको समन्वयमा मानव वेचविखन तथा ओसारपसार विरूद्वको दिवसको अबसरमा सामाजिक न्याय र आर्थिक सशक्तीकरण भन्ने मुल नाराका साथ मनाउने गरि भाद्र २० गते परेको १७ औं मानव बेचविखन विरूद्वको दिवसको अवसरमा सरोकारवाला तथा प्रभावितहरूवीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम मेलम्ची नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, सामाजिक विकास समितिका संयोजक तथा वडा न.१० का वडा अध्यक्ष अमृत खनाल, मेलम्ची नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष चन्द तामाङ, मेलम्ची नगरपालिका निवर्तमान उपप्रमुख भगवती नेपाल, विभिन्न संस्थाका प्रतिनिधिहरू, प्रभावित व्यक्तिहरू लगायतको उपस्थिति रहेको थियो ।
