सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिकाकाले पाँचपोखरी थाङपाल गाउँपालिकालाइ रु दशलाख रुपैया को आर्थीक सहयोग गरेको छ ।
मेलम्ची नगरपालिकाले बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामालाई रु दश लाखको चेक हस्तान्तरण गर्नुहुदै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बिपत सबैलाइ पर्छ तर बिपदलाइ हटेर होइन डटेर सामना गर्नु पर्छ भन्नु भयो । उँहाले मेलम्ची नगरपालिका आफै पनी बिपदमा छ तै पनी हामीले थोरै भए पनी सहयोग गर्ने निर्णय गरेका छौ भन्दै चेक हस्तानन्तरण गर्नु भयो । छिमेकी पालिकाहरुमा समस्या पर्दा केहि सहयोग पुगोस् भन्ने उद्धेश्यले सहयोग गरिएको नगर प्रमुख तामाङले बताउनुभयो ।मेलम्ची नगरपालिकाको चेक लिँदै पाँचपोखरी थाम्पाल गाँउपालिकाका अध्यक्ष टासी लामाले मेलम्ची नगरपालिकाले पाँचापोखरी थाम्पाल गाँउपालिकामा परेको समस्यालाइ समाधान गर्न चासो देखाएकोमा आफुलाइ खुशी लागेको बताउँदै पालिकाकाबासीका तर्फ बाट हार्दीक आभार ब्यक्त गर्छु भन्नु भयो । लामाले सहयोगको लागी धन्यवाद ब्यक्त गर्नु हँुदै मेलम्ची नगरपालिका असल छिमेकीको रुपमा प्रस्ततु भएको ,यसले गाउँपालिकालाई ठुलो सहयोग भएको बताउनुभयो । अध्यक्ष लामाले बाढी ग्रस्त तिनै पालिका मिलेर सघं र प्रदेश सरकारलाई झकझकाउनु पर्ने बताउनुभयो चेक हस्तानन्तरण कार्यक्रममा मेलम्ची नगर पालिकाको उप प्रमुख उमा प्रधान र प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र वडाध्यक्षहरु, चन्द्रबहादुर तामाङ, अमृत खनाल, राजु रायमाझी, गणेश तामाङ र लेखा अधिकृत मुरारी पुडासैनी लगाएत को सहभागीता रहेको थियो ।
