निर्वाचनका समयमा मात्र मतदाता रिझाउन गाउँ पुग्छन् उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोकबाट प्रतिनिधि सभा क्षेत्र नं १ र २ मा यसपटक समान १८÷१८जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।
प्रतिनिधिसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धसपाल्चोकमा मनोनयन दर्ता गरेसँगै अहिले उम्मेदवार र राजनीतिक दल विभिन्न आश्वासनसहित मतदाता रिझाउने घरदैलो अभियानमा छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा दलका उम्मेदवारहरू भने अहिले गाउँ केन्द्रित बनेका छन् । सदरमुकाममा चहलपहल कम भई रहँदा गाउँघर तिर चुनावी चहलपहल बढ्दै गएको छ ।
जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकायहरु, मुख्य निर्वाचन अधिकृतको कार्यालय चुनावी तयारीमा जुट्दा दलहरु आफनो पक्षमा मतदाता तान्न व्यस्त देखिएका हुन् । अन्यसमयमा शहरमा विलासी जीवन विताउने नेताहरु निर्वाचनको समय भने एक दुई महिना गाउँमै विताउने गरेको मतदाताहरुको भनाई छ । चुनाव सकिएको भोली पल्टदेखि उनीहरु गाउँमा आ...









