निर्वाचन सुरक्षाबारे चौतारामा प्रहरी–सञ्चारकर्मी भेटघाट
सिन्धुपाल्चोक , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, चौताराले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ। निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउने तयारीबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षक काजी कुमार आचायले , निर्बाचन शान्तपुर्ण तरिकाले सम्पन्न गराउँन प्रहरी लागी परेको र सुरक्षाका कारण निर्बाचनमा कुनै पनी बाधामअड्चन हुन नदीन प्रहरी अहीले देखीनै सतर्क रुहेको बताउानु भयो । उँहाले जिल्लामा ९६६ जना नेपाल प्रहरी र १,७०८ जना म्यादी प्रहरी तयारी अवस्थामा राखिएको बताउँनु भयो । संवेदनशील क्षेत्रमा विशेष निगरानी बढाइने र आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गरिने समेत सो अबशरमा जानकारी दिदै दुर्गम स्थानमा हेलिकप्टरमार्फत सुरक्षा व्यवस्थापन गर्ने तयारीसमेत गरिएको बताउँनु भयो ...









