सम्पर्क

Author: लोकप्रिय समाचार

मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल

खानेपानी, ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्नेमा अन्योल रहेको छ । सरकारले पनि मेलम्चीको पछिल्लो क्षतिपछि त्यसको पुनःनिर्माणको विषयमा कुनै निर्णय नगरेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । साउनको अन्तिम साता आयोजना स्थलमा थप क्षति पुगेपछि त्यसमा पुगेको क्षतिको विस्तृत अध्ययन हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले पुनःनिर्माण कहिले र कसरी गर्ने भनी निर्णय गरेपछि काम गरिनेछ ।” वर्षा सुरु हुनुपहिले सुरुङ बन्द गर्दा वर्षा सकिएपछि तुरुन्त पानी चलाउने गरी योजना बनाइएको थियो । गत साउन २८ र २९ गते ठूलो बाढी गएर पुरिएको थियो । अहिले पहुँचमार्ग सबै बगेकाले तत्काल पानी चलाउन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि एक दिन बिराएर धमिलो पानी आइरहेकाले नदीको सतह बढिरहेको...

बिद्याालय दिवा खाजाब्यवस्थापनमा स्थानिय कृषि सहकारी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
नेपाल सरकारले यसै आर्थीक बर्षको बजेट मार्फत बिद्यालय दिवा खाजाको लागी जङ्कफुड खुवाउँन प्रतिबन्ध लगाउँदै स्थानीय स्तरमा उत्पादीत सामाग्री प्रयोग गरेर खाजा खुवाउँन निर्देशन गरे बमोजिम स्थानीय कृषी सहकारी हरु यस प्रती आकर्सीत भएका छन । सिन्धुपाल्चोक जिल्लाको १२ वटै स्थानीय तहहरुले बिद्यालय दिवाखाजा सञ्चालनका लागी सहकारी सस्थालाइ प्रस्ताव माग गरिरहेका छन। बिश्व खाद्य सङ्गठनको प्रबिधीक तथा ब्यवस्थापन सहयोगमा र सरकारको आर्थीक सहयोगमा स्थानीय स्तरमा उत्पादीत सामाग्री बाट बिद्यालय दिवा खाजा खुवाउँने कार्यक्रम अन्तरगत चौतारा साँगाचोकगढी गरपालिकामा ९वटा सहकारीले यो व्यवस्थापन गर्न लागेको छ । सोमबार र मङ्गलबार दुइ दिन सम्म चलेको बिद्यालय प्र.अ. र सहकारीका प्रतिनीधीहरु बिच छलफल तथा सहकारी र बिद्यालय बिच सम्झौता भएको थियो । मङ्गलबार जुगल होटल चौतारामा भएको सम्झौता कार्यक्रममा सहभागीहरुलाइ सम्बोधन गर्दै...

सुरक्षित आप्रवाशन सम्बन्धि पत्रकारहरुसँग अन्तरक्रिया

ब्रेकिङ न्युज २, समाचार
सुरक्षित आप्रवाशन परियोजना (सामी) अन्तरगत सुरक्षित आप्रवासन सम्बन्धी स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ । मंगलबार चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले सामीले बैदेशिक रोजगारको क्षेत्रमा सर्हानिय कार्य गरेको बताउदै यसलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ । उहाँले बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउने काम स्थानीय तहको भएको भन्दै सामी कार्यक्रमलाई अझ प्रभावकारी बनाएर जान सकिने बताउनुभयो । श्रम स्वीकृति लिएर मात्र बिदेश जानुपर्ने बताउँनु हुदै सामी हेल्भेटास नेपालका कार्यक्रम अधिकृत भोजराज सुनुवारले आफु जाने देशको बारेमा सबै कुरा बुझ्न आवश्यक रहेको बताउँनु भयो । उहाँले बैदेशिक रोजगारको वर्तमान अवस्था, चुनौती, जिल्लाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । प...

शुरु भयो मेलम्चीको बिद्यालयहरुमा ई–हाजिरी प्रणाली

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरका बिद्यालयहरुमा ई–हाजिरी प्रणाली ब्यवस्था गरेको छ। नगरप्रमुख आइतमान तामाङले बिद्यालयको हरेक बिद्यालयमा ई–हाजिरी प्रणाली लागु गर्नुका साथै प्रयोगात्म,शिक्षा सिकाएको अबधारणा ल्याउँन र गुणस्तरिय शिक्षा प्रदानमा सँधै अग्रसर भएर काम गरेका शिक्षकहरुको सुबिधाका लागी ई–हाजिरी प्रणाली लगाएत श्रोत र साधनले भ्याए सम्म बिद्यालयमा आबश्यक सहयोग गरिरहेको बताउँनु भएको छ । नगर प्रमुुख तामाङले श्री जाल्पादेवी माध्यमिक विद्यालय मेलम्ची–२ मा ई–हाजिरी प्रणाली को उद्घाटन गर्नु हुँदैे सुशासन समृद्धिका लागि प्रविधिको उच्चतम प्रयोग गरि विद्यालयमा हुने हाजिरीलाई चुस्त दुरुस्त बनाई समयलाई मितब्यापी कायम गर्न आबश्यक भएकाले समय अनुसार को आबश्यकतालाइ मध्यनजर राख्दै नगरको आन्तरिक श्रोतबाट ई–हाजिरी प्रणाली जडान गरीएको जानकारी दिनु भयो । उँहाले विद्यार्थीको सुन्दर भविस्य निर...

उपभोक्ता समिति लक्षित अनुशिक्षण कार्यक्रम मेलम्चीमा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  बिकास लगाएत हरेक कार्यकार्यक्रम पारदर्सीता हुन पर्ने नगर प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । उपभोक्ता समितीमा बस्ने मानीस कुनै पनी लोभमा फस्न नहुने बताउँदै उपभोक्ता समितीका पदाधिकारीहरु पुरै सामाजीक कार्यमा लाग्ने ब्यक्ती हुन जरुरी रहेको समेत उँहाले स्पष्ट पार्नु भयो । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले उपभोक्ताहरुलाइ कसरी काम गर्ने कसरी पारदर्सीता हुने भन्ने बारेमा नगरपालिकाको सबै वडाहरुमा प्रशिक्षण कार्यक्रम राखीएको र सोही कार्यक्रमको शुरुवात गर्ने क्रममा उँहाले यस्तो बताउँनु भएको हो । मेलम्ची नगरपालिका अन्तर्गत १३ वटै वडाका उपभोक्ता समितिका पदाधिकारी लक्षित अनुशिक्षण कार्यक्रम वडा नं. १ र २ बाट शुरु गरीएको र उक्त कार्यक्रम नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता रसम्बन्धित वडाका वडाध्यक्षको अध्यक्षता भएको थियो । उक्त अनुशिक्षण कार्यक्रमलाई पालिकाका योजना अधिकृत, ले...

ढुवानीका लागी सहकारी र प्रअहरु बिच सम्झौता

कृषि, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले बिद्यालयका प्रधानध्यापकहरु कृषी सहकारी संस्थाहरुबिच दिवा खाजाको लागी खाद्यन्न ब्यवस्थापनका बिषयमा छलफल गर्दै बिद्यालयमा खाजाका लागी आवश्यक पर्ने सामाग्री ढुवानीका लागी सहकारीहरुसँँग सम्झौता गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९, १०, ११, १२, १३ र १४ का बिद्यार्थीहरुलाई दिवा खाजा ब्यवस्थापनका लागी छनौट भएका सहकारी र बिद्यालयका प्रअ बिच सम्झौता भएको हो । नगर शिक्षा शाखाको आयोजनामा र विश्व खाद्य कार्यक्रमको आर्थिक तथा प्राबिधिक सहयोगमा बिद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत खाद्यान्न ढुवानी सम्वन्धी बिद्यालय तथा सहकारी बिच सम्झौता कार्यक्रममा बोल्दै नगर सामाजिक बिकास समितिका संयोजक राम प्रसाद गौतमले बिद्यालय दिवा खाजाको व्यवस्थापन सहकारीलाई दिदाँ बिद्यालयका प्रअलाई कामको भार कम हुने, सहकारी मार्फत स्थानीय...

फार्मेसीका नाममा भइरहेका गैरकानूनी काम रोकिनु पर्छ ः स्वास्थ्य मन्त्री बस्नेत

ब्रेकिङ न्युज १, समाचार
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फार्मेसीका नाममा भइरहेका गैरकानूनी कामहरु बन्द हुनु पर्ने बताउनुभएको छ । नेपाल फार्मेसी संघले विश्व फार्मेसी दिवसको अवसरमा सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले फार्मेसी नै नपढेका मानिसहरुले फार्मेसी चलाउने गरेको, दर्ता नै नगरि फार्मेसी चलाउने गरेको, नविकरण नै नगरि फार्मेसी चलाउने गरेको, अर्कैको सर्टिपिकेट राखेर फार्मेसी चलाउने जस्ता गैरकानूनी काम फार्मेसीको क्षेत्रमा भइरहेकाले यस्ता गतिविधि तत्कालै रोकिनु पर्ने बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागको नेतृत्वमा फार्मेसीहरुको अनुगमन तिव्र पारेको बताउदै मन्त्री बस्नेतले कानून विपरित सञ्चालित फार्मेसीहरुलाई सचेत गराउनेदेखि सिल गर्नेसम्मका कारवाही अगाडि बढाइएको जानकारी दिनुभयो । फर्मासिस्टको तुलनामा फार्मेसीको संख्या बढी रहेको पाइएको उहाँले बत...

विश्व पर्यटन दिवसका अवसरमा शिवपुरीमा सोट्टोको एक दिवसीय पदयात्रा

ब्रेकिङ न्युज २, समाचार
आन्तरिक पर्यटन प्रवद्र्धनको शिलशिलामा देशव्यापी ख्याती कमाएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालले काठमाडौंबाट नजिकको दूरीमा रहेको सुन्दरीजलदेखि सिन्धुपाल्चोकको धाप ड्यामसम्मको एक दिवसीय पदयात्रा–२०८० गरेको छ । लुकेका गन्तव्यलाई उजागर गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पर्यटन संस्था सोट्टो–नेपालले सरकारका विभिन्न निकायसँगको सहकार्यमा काठमाडौंदेखि सिन्धुपाल्चोकसम्मको गन्तव्यलाई उजागर गर्ने काम गरेको हो । २७ सेप्टेम्बरमा पर्ने ४४ औं विश्व पर्यटन दिवसको अवसर पारेर सोट्टो नेपालले गोकर्णेश्वर नगरपालिका र मेलम्ची नगरपालिकासँगको सहकार्यमा पदयात्रा गरेको हो । पर्यटनमा पर्यावरणमैत्री(हरित) लगानी नारा रहेको यसपालीको विश्व पर्यटन दिवसको अवसरमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्रका सम्पदाहरुको अध्ययन, अवलोकनसँगै सुन्दरीजल–मुलखर्क–धाप ड्याम हुँदै प्रकृति रि...

राष्ट्र र राष्ट्रियताको प्राथमिक बयान

जिबनशैली, बिदेश, राजनिती, विचार, विचित्र संसार
भवानी बराल राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद, स्वाधिनता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता आदि शब्दावलीको आफुलाइ लागे अनुसारको व्याख्या गर्नु नै राष्ट्रिय चरित्र र विशेषता मानिन्छ । अथवा कुनै न कुनै रुप आकारको देशभक्त । अझ यसमा ‘माटो सुहाउँदो’ सनातनी परम्पराको धर्म र शासकीय परम्परालाइ स्थापित गर्न खोज्ने खाँटी राष्ट्रवादी हुने भाष्य निर्माण गरिँदो छ । एउटा यस्तो भाष्य जहाँ परम्परागत राजतन्त्र र हिन्दु धर्मसापेक्ष पुनस्थापित भयो भने देश रहने, नत्र देशै नरहने आतंकी भाका प्रयोग हुँदै आएको छ । केही हदसम्म यो कुविचारले घर गर्दै गरेको पनि देखिन्छ ।राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद, स्वाधिनता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता जस्ता शब्दावलीमा गलत अर्थ लगाएर फैलाइएको भ्रम चिर्न नसक्तानै आजको राष्ट्रिय राजनीति प्रतिगमनउन्मुख हुने क्रममा छ । प्रतिगमनको यो पारो बढ्दै जाने हो भने यसले अग्रगमनको सिकार गर...

भक्तपुरमा पुर्बराजाको भव्य स्वागत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
२०४६को आन्दोलन होस या ६२÷६३ हरेक आन्दोलनलाइ सफलताको उचाइमा पुर्याउँने भक्तपुर बासी ले राजतन्त्रको अन्त गरेर गणतन्त्र ल्याउँनमा पनी त्यतीकै भुमिका निर्बाह गरेर गणतान्त्रीक राज्य बनाउँन लागी परेका भक्तपुर बासी फेरी राजतन्त्रको पक्षमा देखीएका छन ।   आइतबार पुर्ब राजा ज्ञानेन्द्र बिर बिक्रम शाह भक्तपुर को भक्तपुरस्थित तलेजु भवानीको दर्शन गर्न जाँदा देखीएको भिड त्याँहा लगाइएको नाराले यसको पुष्टी गरेको छ ।पुर्ब राजा शाहले आइतबार अपरान्ह तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नु भएको हो । भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुग्नुभएका पूर्वराजा शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए ।स्थानीयवासीहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएर पूर्वराजा शाहको स्वागत र सम्मान ...