अष्टाङ्ग आयुर्वेद हस्पिटलद्वारा ८ बर्षमा २ लाख ५० हजारलाई सेवा प्रदान
काठमाडौं
काठमाडौंको कलंकी र कोटेश्वरमा रहेको अष्टाङ्ग आयर्बेद हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ८ बर्ष पुरा गरी नबौं बर्षमा प्रवेश गरेको छ ।
स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र रोगी व्यक्तिको रोगको निवारण गर्ने मुल उद्देश्य बोकेर स्थापना भएको यो अस्पताल आयर्बेद क्षेत्रमा २५ बर्ष सेवा गरिसकेको व्यक्तिहरुद्वारा सञ्चालन भइरहेका छन् । यस अवधिसम्म आइपुग्दा आयर्बेद क्षेत्रमा अष्टाङ्ग आयर्बेद विश्वासिलो कम्पनीको रुपमा स्थापित छ । विश्वसनीय सेवाकै कारण ९ बर्षसम्म आइपुग्दा हस्पिटलले २ लाख ५० हजार बढीलाई सेवा दिइसकेको छ ।
हाल काठमाडौंको कलंकी र कोटेश्वरबाट सेवा प्रदान गरिरहेको यो हस्पिटलले आफ्नो प्रभावकारी सेवालाई विस्तारै देशैभरी फैल्याउने लक्ष्य राखेको छ ।
निजी क्षेत्रबाट सञ्चालित यसरी सेवा विस्तार गरी आयुर्बेद पद्दतीबाट उपचार दिने हस्पिटलमा संभवत अष्टाङ्ग नेपालकै पहिला हस्पिटल भएको छ...
