सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजद्धारा स्वास्थ्य उपकरण हस्तान्तरण
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजको संयोजनमा जिल्ला भरिका २४ वटा वडाका स्वास्थ्य स्वयसेविकाहरुलाई १ सय ५० थान ब्लड प्रेसर नाप्ने उपकरण स्फिग्मोम्यानोमिटर वितरण गरिएको छ । “अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तको ज्यान बचाऔ” भन्ने नाराका साथ सिन्धुपाल्चोक समाज दक्षिण कोरिया, सिन्धुपाल्चोक सेवा समाज यूएई, सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय सेवा समाज साउदी अरब, कुवेत, सिन्धुपाल्चोक प्रवासी सेवा समाज कतार लगायत विभिन्न देशमा रहेका सिन्धुवासी प्रवासीहरुले संचालन गरेको अभियानद्धारा विभिन्न दाताले दिएको सहयेगबाट स्वास्थ्य सामाग्रीहरु खÞरीद गरि उपलब्ध गराइएको सिन्धुपाल्चोक अन्तर्राष्ट्रीय समाजका महासचिव उत्सव खड्काले जानकारी दिनुभयो ।
जिल्लाको बलेफि ५ मा रहेको बलेफि मा. वि. को ७५ औ अभिभावक दिवसको अबसर पारेर आयोजित कार्यक्रममा सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज...
