विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउजिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये सवारी ज्यान मुद्दामा १ महिना ८ दिन कैद सजाय २ सय जरिवाना भएका इन्द्रावति गाउँपालिका–५ का ४४ वर्षिय राम कुमार आचार्य १७ महिनापछि पक्राउ परेको छ ।
त्यस्तै चोरी मुद्दामा २० हजार चार सय २३ रुपैया जरिवाना तोकिएको बलेफी गाउँपालिका–२ का ६८ वर्षिय गोबिन्द बहादुर भण्डारी २८ वर्ष पछि पक्राउ परेको प्रहरिले जनाएको छ । यसैगरि आगलागी मुद्दामा ३ वर्ष ११ महिना सजाय सुनाएका इन्द्रावति गाउँपालिका–१ का ४० वर्षिय सुकलाल तामाङलाई ११ वर्ष पछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले ३ प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेस गरिएकोमा कैद/जरिवाना सजायँ असुलका लागि अदालतले जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरिले जनाएको छ ।
