विपद् व्यवस्थापनमा खोज तथा उद्धार सम्बन्धी ३ दिने तालीम मेलम्चीमा सुरु
समुदायमा आधारित पहिरो पुर्वसुचना प्रणाली परियोजना अन्र्तगत आधारभूत खोज तथा उद्धार सम्बन्धी ३ दिने तालीम मेलम्चीमा सुरु भएको छ । सामुदायिक विकास तथा वातावरण संरक्षण मन्च नेपालको आयोजना, अस्ट्रेलियन एडको आर्थिक सहयोग र प्राक्टिकल एक्सन सँगको साझेदारीमा संचालित तालिममा हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका नागरिकहरुको सहभागीता रहेको कार्यक्रम संयोजक राजेश गौतमले जानकारी दिनुभयो । कार्यक्रमको उद्धेश्यबारे प्रष्ट पार्दै गौतमले समुदायमा आधारीत कार्यदलहरुलाई सक्षम बनाउनका लागी तालिमको आयोजना गरिएको बताउनुभयो ।
उहाँले तालिममा सहभागीहरुले सिकेका कुराले आगामी दिनमा आइपर्ने विपद्का समयमा सक्रिय भूमिका निर्वाह गर्ने विस्वास लिएको बताउनुभयो । केही समयअघि मात्रै पहिरो पुर्व सुचना प्रणाली सम्बन्धी सामुदायिक विपद व्यबस्थापन समितिका प्राथमिक उपचार कार्यदलका सदस्य हरुलाई जनचेतना अभिवृदि गराउन...
