गाउँले सामुदायिक वन सहकारीको १३ आंै बार्षीक साधरण सभा
सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा रहेको गाउँले सामुदायिक वन सहकारी संस्थाको १३ आंै बार्षीक साधरण सभा शनिबार सम्पन्न भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष उद्धव नेपालले सभाको उद्धघाटन गर्नु भएको थियो । सभाको उद्धघाटन गर्दै नेपालले सहकारीताका माध्ययमबाट गरेका हरेक कामहरुको सफलताका कारण अहिले सहकारीप्रती वडाबासीहरुको बिश्वास बढ्दै गएको बताउँनु भयो । उहाँले वडा भित्र रहेका सहकारी सस्ंथाहरुको विकासका लागी आफुले सकेको सहयोग गरी रहेको बताउँनुभयो । उहाँले हरेक उत्पादनमुखी काम गरेर सहकारीताका माध्ययमबाट स्थानिय रोजगारका लागी सहयोग पु्र्याइ राखेका सहकारी संस्थाहरुलाई वडा कार्यालयबाट पनी सहयोग गरिरहेको बताउँनुभयो ।
सामुदायक वन अभियान्ता तथा सहकारी संस्थाका संस्थापक रामचन्द्र बस्नेतले एक आपसमा मिलेर काम गरिरहेका सहकारी संस्थाहरु आफै सक्...
