गोल्मादेवी माध्यामिक विद्यालयमा आधुनिक वर्षा पानी शुद्दिकरण प्रणाली हस्तातन्तरण
सिन्धुपाल्चोक, जेठ ०५- चौतारा साँगाचोकगढी नगरपालिका–९, जितपुरस्थित श्री गोल्मादेवी माध्यामिक विद्यालयमा जडान गरिएको आधुनिक आकासीय पानी संकलन तथा शुद्दिकरण प्रणाली को औपचारिक हस्तान्तरण सम्पन्न भएको छ। Gravity Water Nepal को सहयोगमा स्थापना गरिएको उक्त प्रणाली विद्यालय तथा स्थानीय समुदायलाई स्वच्छ, सुरक्षित र दिगो खानेपानी उपलब्ध गराउने उदेश्यले सञ्चालनमा ल्याइएको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा पिद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी, स्थानीय समाजसेवी तथा विभिन्न सरोकारवाला निकायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुले विद्यालयमा स्वच्छ खानेपानीको पहुँच विस्तार हुनु सकरात्मक उपलब्धि भएको बताएका थिए । कार्यक्रममा Gravity Water Nepal का प्रतिनिधिहरूले वर्षाका पानी संकलन गरी आधुनिक प्रविधिबाट शुद्दिकरण गरेर प्रयोगमा ल्याइने प्रणालीबारे जानका...









