सम्पर्क

Author: लोकप्रिय समाचार

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा

ब्रेकिङ न्युज २, समाचार
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउ...

मध्य भोटेकोशी जलबिद्युत आयोजना १०२ मेगावटद्धारा नदी किनारामा नबस्न आग्रह

ब्रेकिङ न्युज २, समाचार
मध्य भोटेकोसी जलविद्युत आयोजना १०२ मेगावटद्धारा सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरवासीहरूका नागरिकलाई कार्तिक २२ देखी मंसिर १८ गतेसम्म नदी किनारामा नबस्न आग्रह गरेको छ । आयोजनाले एक सूचना प्रकाशित गरी यसरी आग्रह गरेको हो । आयोजनाले गाउँपालिका वडा नंं. १ र ५ तथा बाह्रबिसे नगरपालिका वडा नंं. ३, ५, ६, ७ र ८ मा निर्माणाधीन १०२ मे.वा. जडित क्षमताको मध्य भोटेकोसी जलविद्युत आयोजनाको बाँध, इन्टेक, गेट, डिस्याण्डर (म्भकबलमभच), स्टप लग, सुरुङ लगायत अन्य हेडवर्कसका संरचनाहरूको प्राविधिक परीक्षण गर्न यही मिति २०८१ कार्तिक २२ गते बिहीबार देखी मंसिर १८ गते मङ्गलवार सम्मको अवधिमा आयोजनाको जलाशय, डिस्याण्डर (म्भकबलमभच) तथा सुरुङमा पानी भर्ने कार्य गर्न लागिएको ब्यहोरा जानकारी गराउँदै उक्त परीक्षणको क्रममा उपर्युक्त समयावधिमा आयोजनाको बाँध स्थलमा भोटेकोसी नदीको पानी छेक्ने र छोड्ने क...

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि

अन्तर्वाता, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य
पाटन (ललितपुर), २१ कात्तिक : तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुनेभएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिनुभयो । यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । “यही कातिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइन्छ । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ”, अध्यक्ष चित्रकारले बताउनुभयो । नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर नाच देखाउनु हो । मल्लकालीन राजा सिद्धिनरसिंहले ल...

नगर सहकारी व्यवस्थापक सञ्जाल गठन हुने

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका नगर सहकारी सञ्जालका अध्यक्ष नरमान श्रेष्ठको अध्यक्षतामा बसेको नगर सञ्जालको बैठकले मङ्सिर ७ गते शुक्रवार नगरपालिका भरिका सहकारी संस्थाहरूको व्यवस्थापकहरूको भेला बोलाएर व्यवस्थापक सञ्जाल गठन गरिने निर्णय गरेको छ । सहकारी ऐनको पूर्ण कार्यान्वयनको व्यवस्था गर्ने विशेष गरी सहकारी क्षेत्रमा देखिएका समस्याहरूका बारेमा जानकारी लिएर त्यसको समाधान गर्नतर्फ ध्यान दिन पनि व्यवस्थापक सञ्जाल गठन गर्नुपर्ने भएकाले उक्त दिन सञ्जाल गठन गर्ने निर्णय भएको सञ्जालका सचिव चन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार वडाहरूमा पनि वडा सहकारी सञ्जाल गठनको प्रक्रिया सुरु गर्ने बताउनु भयो । बैठकमा मङ्सिर ७ गते हुने बैठकमा व्यवस्थापकहरूले आ–आफ्नो सहकारी संस्थाका सम्पूर्ण विवरण पनि उपलब्ध गराउन अनुरोध गर्ने निर्णय भएको समेत सचिव खत्रीले बताउनु भयो । बैठकपछि चौ...

चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
चितवन, २० कात्तिकः बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका जिल्लामा दसैँको घटस्थापना अर्थात् असोज १७ गतेदेखि कात्तिक २० गते बिहानसम्म दुई सय ३० दुर्घटना भएकामा २४ जनाको मृत्यु भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ती दुर्घटनामा परी छ सय २८ जना घाइते भएका छन् । दसैँको घटस्थापनादेखि असोज मसान्तसम्म प्रदेशका १० जिल्लामा एक सय १६ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा परी १५ जनाको मृत्यु भएको थियो भने चार सय १६ जना घाइते भएका थिए । यस्तै, कात्तिक १ गतेदेखि २० गते बिहानसम्ममा एक सय १४ वटा दुर्घटना भएका र ती दुर्घटनामा नौ जनाको मृत्यु हुनुका साथै दुई सय १२ जना घाइते भएका छन् । चाडपर्वको समयमा व...

पितृका सम्झनामा माझी समुदायले पितरा पर्व मनाउँदै

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काभ्रेपलाञ्चोक, १९ कात्तिकः जिल्लाका माझी समुदायले ‘पितरा पर्व’ मनाइरहेका छन् । अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य–तिथिमा श्राद्ध गर्ने चलन छ । तर माझी समुदायमा भने अनौठो परम्परा छ, मरेका आफन्तका नाममा एकपटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन । अल्पसङ्ख्यकका रुपमा रहेका यस समुदायले परम्परादेखि आफ्नो संस्कृतिअनुसार मनाउँदै आएको यस पर्वलाई नै ‘पितरा पर्व’ भनिने गरिएको हो । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट र तिहारको भाइटीकाको भोलिपल्ट यो पर्व आफ्नै रीतिरिवाजअनुसार मनाउने गरिन्छ । मण्डनदेउपुर नगरपालिका–१० आँपचौरका रामकृष्ण माझीका अनुसार यस परम्परा जीवन्त राख्दै आएकाले एक वर्षका बीचमा परिवारमा कसैको मृत्यु भएमा त्यस वर्षको दसैँ र तिहार पर्व सकिएको भोलिपल्ट आफ्नै संस्कृतिअनुसार मनाइँदै आइएको छ । “यस परम्परालाई निरन्तरता दिन युवाले अग्रसरता लिँदै आएका छन्”, माझीले भन्नुभयो ।...

ग्रामीण क्षेत्रमा पनि लोप हुँदै मखमली फूल’

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
गलेश्वर (म्याग्दी), १८ कात्तिकः जिल्लाका ग्रामीण क्षेत्रमा पनि मखमली फूल लोप हुन थालेपछि तिहारमा मालाको अभाव देखिएको छ । भाइटीकामा दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला दाजुभाइलाई लगाइदिने चलन भएपनि मखमली फूल लोप हुँदै गएपछि माला अभाव भएको हो । शनिबार साँझ बेनी नगरपालिका–२ ज्यामरुककोट माइतमा आएर आज भाइटीकाका दिन आफ्ना दाजुभाइलाई लगाइदिने सयपत्रीको माला उन्दै गर्नुभएकी प्रतिभालाई मखमली फूलको अभाव खड्किएको छ । माइतीको आँगनमा दाजुभाइ र बुबाआमासँग गफिँदै माला बनाइरहनुभएकी उहाँको मन भने प्रशन्न छैन, यसको कारण भने मखमली फूलको अभाव हो । “कति खोजेँ कहीँ पनि पाउन सकिनँ मैले मखमली फूल”, ढुङ्गानाले भन्नुभयो, “तिहारमा दाजुभाइलाई मखमली फूलझैँ नओइलाउने हुनु भनेर माला लगाउन पाए हुने हो । मखमलीको माला नै नभएपछि मन हर्षित छैन । कति खोजे पनि भेटिएन ।” भाइटीकाका दिन दिदीबहिनीले...

देउसी-भैलोमा मौलिकता हराउँदै, बुढापाका चिन्तित

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार, साहित्य, स्वास्थ्य
ढोरपाटन (बागलुङ), १८ कात्तिक : देउसी-भैलोलाई तिहारको महत्वपूर्ण हिस्साका रूपमा लिइन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म देउसीभैलोमा रमाउने गर्छन् । सोरठी, मारुनीसहित पुराना नाच नाचेर खेलिने देउसीभैलो पछिल्लो समय हराउँदै गएको छ । मौलिक संस्कृतिसहित देउसीभैलो हराउँदै गएपछि बुढापाका चिन्तित बनेका छन् । यमपञ्चक सुरु भएपछि बागलुङ बजारसहित ग्रामीण क्षेत्रमा देउसीभैलो खेल्नेहरूको भिड लाग्ने गरेको छ । भैलोले गाउँ, टोल र छिमेक गुञ्जायमान छन् तर यसको मौलिकता भने बर्सेनि हराउँदै गएको छ । तिहार पर्वसँग मादल, बासुरी, खैजडीलगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन् । अहिलेको देउसीभैलोमा मौलिक बाजा र गीत सुनिदैनन् । बजारमा आएका ‘रेकर्डेड’ पप, आधुनिक र ¥याप गीतमा युवायुवती भैलो खेल्छन् । पप, ¥याप र विदेशी भाषाका गीतमा भैलो खेल्दा बुढापाका भने खिन्नतता प्रकट गर्छन् । निसीखोला गाउँपालिका–४ का ७४ वर्षीय धनबहादुर घ...

कार्तिक शुक्ल द्वितीया : आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १८ कात्तिक: यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् म...

कतारमा एनआरएनए दिवस सगैं राष्ट्रिय पर्वहरु भब्य रुपमा एकै साथ मनाईयो 

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार,नेपालीहरुको महान पर्वहरु दशै,तिहार,छठ, नेपाल सम्वंत११४५,बलिहाङ तङनाम,जितिया पर्व,हुर्रा पर्व,म्ह पुजा र एनआरएनए स्थापना दिवस कतारमा एकै साथ मनाईएको छ ।गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वय तथा कतारमा स्थापित ५४ वटा विभिन्न संघ-संस्थाको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम २०२४" कतारको सहानिया स्थित अल दोसरी गार्डेनमा भब्य रुपमा मनाईएको हो गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाली राज दूतावास कतारका कार्यवाहक राजदुत कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो ।बिधिगत रुपमा दिप प्रज्वलन गरेर उदंघाटन गरिएको कार्यक्रममा एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य सहित राष्ट्रिय चाडपर्वहरुको बारेमा प्रष्ट पार्नु भएको थियो ।कार्यक्रममा थारु कल्याणकारी सभा...