बाह्रबिसे नगरपालिका जनप्रतिनिधिको क्षमता विकास तालिम सम्पन्न
बाह्रबिसे नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको टेवा नेपालको आर्थिक सहयोग तथा कमलको फुल महिला बहुउद्देश्यी सहकारी संस्था लिमिटेडको आयोजनमा मिति २०८१ कार्तिक २३ देखी ३ दिन सम्म संचालित तालिम कार्तिक २५ गते बाह्रबिसे नगरपालिका उप प्रमुख मञ्जु तामाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङ्गले बाह्रबिसे नगरपालिकाले शिक्षामा १२ कक्षा सम्म निःशुल्क गरिएको र तालिम पश्चात जन प्रतिनिधिहरु एक भएर नगरपालिकामा समावेशी विकासमा जोड दिनुपर्ने बताउनुभयो । तामाङ्गका अनुसार तालिमले हामी जन प्रतिनिधिहरुलाई बजेट तर्जुमा, कानुन निर्माण लगायतको विषयमा समेत तालिमले सहज भएको बताउनुभयो । उँहाले आफ्नो आग्रहमा तालिमको व्यवस्था गरिदिएकोमा आयोजक र प्रशिक्षक ठाकुर राम चौलागाँइलाइ बिशेष धन्यबाद दिनु भयो । समापन समारोहलाइ सम्बोधन गर्दै वडा अत्तयक्षहरुको तर्फबाट नगर प्रबक्ता ...
