मानवअधिकार मैत्री प्रदेश बनाउन सांसदहरुको भूमिका महत्वपूर्ण रहन्छ ः दुलाल
बागमती प्रदेश सरकार अहिले आ.ब. ०८२/८३ को नीति, योजना, बजेट तथा कार्यक्रम बनाउने तयारी गर्ने कार्यमा लागिरहेको छ । प्रदेश जनताका मानवअधिकार मैत्री नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि प्रदेश सांसदहरुको भूमिका कस्तो रहन्छ । कसरी तयारी भइरहेको छ । जनताका आधारभूत अधिकारहरुका विषय कसरी सम्बोधन हुनेछ । यिनै विषयमा बागमती प्रदेशका पुर्व मन्त्री तथा साँसद युवराज दुलालसंँग लोकप्रिय समाचार राष्ट्रिय दैनिकको तर्फबाट नातिबावु धितालले गर्नुभएको कुराकानीको सम्पादित अंशलाई प्रस्तुत गरिएको छ ।
बागमती प्रदेशमा मानव अधिकारको अवस्था कस्तो रहेको छ ?
बागमती प्रदेशमा मानव अधिकारको अवस्था मिश्रित रहेको छ । अत्यधिक जनसंख्याको बसोबास र जनसांख्यिक विविधताका कारण बागमती प्रदेशमा मानव अधिकार कार्यान्वयनको अवस्था मिश्रित रहेको हो । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका अनुसार आयोगमा विभिन्न मानव ...
