सम्पर्क

Author: लोकप्रिय समाचार

बलेफीमा विद्युतीय शासन प्रणाली र साइबर सुरक्षामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
 कविता श्रेष्ठ कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) सिन्धुपाल्चोकको आयोजनामा र बलेफी गाउँपालिकाको समन्वयमा विद्युतीय शासन प्रणाली तथा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “सूचना र प्रविधिको अभियान, डिजिटल नेपाल निर्माण“ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा स्थानीय सरकारी अधिकारी, सूचना प्रविधि विज्ञ, र समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । क्यान सिन्धुपाल्चोकका महासचिव तथा अनुसन्धानकर्ता सुवास कुँवरले कार्यक्रमलाई सम्बोधन गर्दै विद्युतीय शासन प्रणाली र साइबर सुरक्षासम्बन्धी प्रस्तुति दिनुभयो । उहाँले सामाजिक सञ्जाल, विशेषतः फेसबुक ह्याकिङबाट बच्ने उपायहरू, पासवर्ड सुरक्षाको महत्व, र सरकारी तथा व्यक्तिगत इमेल सुरक्षामा ध्यान दिनुपर्ने विषयमा प्रकाश पार्नुभयो । साथै, सरकारी कार्यालयहरूमा आर्थिक कारोबारसम्बन्धी कुराकानी फेसबुक जस्ता सामाजिक सञ्ज...

नवलपरासी सेवा समाज कतारले बृहत् रक्तदान कार्यक्रम गर्दै

समाचार
दर्शन सुनार/लोकप्रिय राष्ट्रिय दैनिक “आपसी सहयोग सद्‍भाव र एकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ कतारमा सनः २०१८ मा स्थापना भएको सामाजिक संस्था नवलपरासी सेवा समाज कतारले रक्तदान कार्यक्रम गर्ने भएको छ । नेपाली रक्तदाता संघ कतार र लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा समाजले शुक्रबार हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो । “रक्तदान जिवनदान” जस्तो मानविय तथा परोपकारी कार्यमा सहभागी भई कतारमा स्थापित विभिन्न बैचारिक संगठन,प्रदेश परिषद,विभिन्न सामाजिक संघ संस्था,ब्यवसायी,समाजसेवी लगायत कतारबासी सम्पुर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरुलाई रक्तदान गरिदिन समाजका अध्यक्ष दुर्गा हमाल ठकुरीले अनुरोध समेत गर्नु भएको छ । शुक्रबार बिहान ८ बजेदेखि दिनको १ बजे सम्म रक्तदान चल्ने कार्यतालिका रहेको छ । कार्यक्रममा सादर सहभागि...

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
मोरङ, ३० वैशाख : गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने जानकारी दिनुभयो । गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता एवं आर्थिक समृद्धिका लागि एमाले र कांग्रेसबीच सहमतिका आधारमा निर्माण भएको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबीसमेत गर्नुभयो । उहाँले वर्तमान सरकार जनतामा छाएको निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताउनुभयो । गृहमन्त्री लेखकले संविधान र वर्तमान व्यवस्थाविरूद्ध राजावादीका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्नुभयो । उहाँले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग एवं बलिदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा अन्य कुनै निरङ्कुश व्यवस्था व्यवस्था हुन नसक्ने बताउनुभय...

सहकारी भवन शिल्यान्यास

ब्रेकिङ न्युज २, समाचार
चण्डिका नेपाली सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ११ स्थित जरायोटार साना किसान कृषि सहकारी संस्थाको भवन शिलान्यास गरिएको छ । मंगलबार बागमती प्रदेश सभा सदस्य युवराज दुलालले उक्त भवनको शिल्यान्यास गर्नुभएको हो । भवनको शिल्यान्यास गर्दै प्रदेश सभा सदस्य दुलालले सामाजिक र आर्थिक विकासका लागि सहकारीसँग समन्वयको आबश्यकता रहेको बताउनुभएको छ । उहाँले विकासको प्राथमिकता दिंदा नागरिकले प्रत्यक्ष लाभ पाउने ठाउँ हेर्नुपर्ने समेत बताउनुभयो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगर प्रमुख आइतमान तामाङले सहकारीको माध्यमबाट नगरलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनु पर्ने बताउनु भयो । उहाँले भवन निर्माण पछि सहकारीलाई सर्वसाधारणको सेवा प्रवाहमा सहज हने बताउनुभएको थियो । प्रदेश सरकारसँग मेलम्ची नगरपालिकाले साझेदारी गरेर ५५ लाख रुपैया बजेटमा भवन निर्माण हुन लागेको वडाअध्यक्ष चन्द्रबहादुर तामाङले...

मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँः मन्त्री खड्का

ब्रेकिङ न्युज २, समाचार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पु¥याएको क्षतिको पुनःनिर्माणमा सरकार लागिपर्ने बताउनुभएको छ । मेलम्ची र हेलम्बु क्षेत्रको आज स्थलगत अनुगमन गर्दै उहाँले बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणमा सरकारले काम गर्ने बताउनुभएको हो । मन्त्री खड्काले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गर्नुभयो । “बाढीपछिको हेलम्बु र मेलम्चीको पुनःनिर्माणका लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडि बढौँ,” उहाँले भन्नुभयो । पहाडी क्षेत्रका उर्वरभूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो । सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका–भीमटारमा इन्द्रावती नदीको पानी ल्याएर सिँचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने मन्त्री खड्काले ब...

“अनाथ तथा असहाय बालबालिकाहरुलाई सहयोगार्थ” गर्ने उद्देश्यले स्याङ्जा सहयोग समाज कतारले बृहत् साँस्कृतिक कार्यक्रम गर्दै

समाचार
दर्शन सुनार/लोकप्रिय समाचार दैनिक कतारमा रहेका स्याङ्जा बासीहरुको साँझा संस्था स्याङ्जा सहयोग समाज कतारले आगामी शुक्रबार बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजको “२०औं बार्षिकोत्सव तथा एक्काईसौ स्थापना दिवसको अवसरमा गृह जिल्ला स्याङ्जामा रहेका “अनाथ तथा असहाय बाल बालिकाहरुलाई सहयोगार्थ” गर्ने उद्देश्यका साथ समाजले बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । उक्त साँस्कृतिक कार्यक्रममा आफ्नो सागिंतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकार लोक तथा दोहोरी गायक पशुपति शर्मा,लोकदोहोरी गायिका शर्मिला गुरुङ र गायक रामचन्द्र ढकाल कतार आउने समाजका महासचिव रोशन अर्यालले जानकारी दिनुभएको छ । नेपाली नौमती पञ्चेबाजाको साथमा कतारमा रहेका एक दर्जन प्रतिभाशाली कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति रहने समाजले बताएको छ । साथमा नेपाली समुदायमा प्रचलित मौलिक लोक नृत्यहर...

एक साताको लागि तातोपानी मार्ग बन्द

ब्रेकिङ न्युज २, समाचार
नेपाल–चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका एक साताको लागि  बन्द भएको छ । बाह्रबिसे–कोदारी सडकखण्डअन्तर्गत पर्ने कोप्लाङ क्षेत्रमा हालैको वर्षाले सडक भासिएपछि मर्मतका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म मार्ग बन्द गरिएको हो । सडकको अवस्था दिनदिनै बिग्रँदै गएको भन्दै सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन, भोटेकोशी गाउँपालिका, तातोपानी भन्सार, र ट्रान्सपोर्ट व्यवसायीहरूको संयुक्त निर्णयपछि सडक पूर्ण रूपमा अवरुद्ध गरेर दीर्घकालीन मर्मत सुरु गरिएको हो । अस्थायी रूपमा माटो हालेर सडक खुलाउने प्रयास असफल भएपछि अब भोटेकोशी नदीको तलबाट प्लम्ब ढलान बनाएर सडक पुनर्निर्माण गरिँदैछ । शिव खिम्ती र टीपीएस जेभी निर्माण कम्पनीले यो कठिन काम सम्हालेका छन् । सडक बन्द भएपछि तातोपानी नाकाबाट काठमाडौंतर्फ ल्याइँदै गरेका सामग्रीहरू र सवारीसाधन बीचैमा रोकिएका छन् । भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेका अनुसा...

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

ब्रेकिङ न्युज १, समाचार
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६९ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसल...

इन्द्रावती गाउँपालिका स्तरीय चौथो अध्यक्ष कपको उपाधि वडा नं. ९ भोटसिपाले जित्यो

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
इन्द्रावती गाउँपालिका स्तरीय चौथो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ९ भोटसिपाले हात पारेको छ । आईतबार भएको फाइनलमा वडा नम्बर १० लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ९ ले उपाधि प्राप्त गरेको हो । उपाधिसँगै वडा नम्बर ९ ले १ लाख नगद पुरस्कार समेत प्राप्त गरेको छ भने उपविजेता बनेको वडा नम्बर १० ले ६० हजार रुपैयाँमा चित्त बुझाएको छ । तेस्रो भएको टोली वडा नं. ११ ले ४० हजार नगद पाएको छ । उसले वडा नम्बर ५ लाई पेनाल्टीमा पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । बैशाख २६ गतेदेखी इन्द्रावती रंगशालामा सञ्चालन भएको प्रतियोगिता गाउँपालिकाका ११ वटा वडाहरूले सहभागीता रहेको थियो ।...

‘टिपर’ दुुर्घटनामा चालकको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको ‘टिपर’ उकालोमा ‘ब्याक’ भई अनियन्त्रित हुँदा ‘टिपर’ करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो ।...