चनौटेमा तीजको शुभकामना आदान प्रदान
सिन्धुपाल्चोक भदौ ५ । नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा देशका विभिन्न स्थानहरू र विशेष गरी सहरी क्षेत्रमा तीज मनाउने, दर खाने, शुभकामना आदान प्रदान गर्ने, नाचगान गरेर रमाइलो गर्ने माहोल बढेको छ । विभिन्न संघ संस्थामा आबद्ध महिला दिदी बहिनीहरू राता साडी र गरगहनामा सजिएर तीज मनाउँदै गरेको देखिएको छ । बिहीबार कम्युनिष्ट पार्टी (एमाले) हेलम्बु गाउँपालिका कमिटीले चनौटेमा तीजको शुभकामना आदान प्रदान गरेको छ । पालिका कमिटीका महिला दिदीबहिनीहरूलाई समावेश गराउदै तीजको अवसरमा दर खादै शुभकामा आदान प्रदान कार्यक्रम गरेको हो । पालिका कमिटीकी सदस्य तथा महिला विभाग प्रमुख शान्ति लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव भक्त कुमारी लामा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले हामी नेपाली हिन्दु नारीहरुले भोग्दै...
