प्रिती बिश्वकर्मा रेडीयो लोकप्रिय नेत्र ज्योती बाह्र्बिसे ÷
सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउपालिका तातो पानी कोदारी स्थित इकु पहिरोमा सामान्य ट्याक खुलेको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत केही दिन देखि उक्त इकु पहिरोमा ट्याक खुलाउन लागि पर्नु भएको थियो । यसैको फलस्वरुप मङ्गलबार देखी भने सामान्य ट्याक खुलेको छ । मङ्गmबार इकु पहिरोमा बाणिज्य संघका अध्यक्ष बस्नेत आफै बिहान देखि बेलुका सम्मा ट्याक खुलाउन खटिनु भएको थियो।अध्यक्ष बस्नेतले दिनु भएको जानकारी अनुसार बुधबार र बिहीबार सम्ममा सडक संचालन हुने र चिनियाँ भुभागमा रोकिएको करिब ६०० वटा माल बाहेक कन्टेनर टेलर नेपाली भन्सार सम्म ल्याउन सकिने छ ।
सडक खुलाउन सडक डिभिजन कार्यलय चरिकोट लगाएत सरोकारबाल निकायको सहयोग समन्वय रहेको थियो । मङ्गलबमर खुलाएको ट्याकमा बुधबार तातो पानी बाट ग्राभेल लगेर बिछ्याउने ग्राभेल बिछ्याए पछि माल बाहेक कन्टेनर समेर आवत जावत गर्न सक्ने बनाउन प्रयास गरिएको र दशै लक्षित सामग्रीहरु चिनिय भुभागमा अड्किएको हुदा आम व्यापारी र उपभोक्ता समस्यामा परेको हुँदा पनी यसलाइ सबै मिलेर छिटो ट्रयाक खोल्न पर्ने आबश्यकता छ । इकु पहिरोले चिनिया तातो पानी भन्सार सम्मा ल्याउन नसक्दा नेपाल सरकारको राजस्वमा समेत असर परेको अध्यक्ष बस्नेतले बताउनु भयो । बिगतका दिनमा पनि सडक अवरुद्ध हुन साथ सडक खुलाउनको लागि पर्नु भएको अध्यक्ष बस्नेत यो पटक अझ दिनरात नभनेर लागि पर्नु भएको स्थानीय ब्यापारिहरुले बताइका छन । मौसमले साथ दिएमा अगामी दिनमा इकु पहिरोमा सडक संचालन हुने स्थानीयले आशा व्यक्त गरेका छ्न । सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका अरनिको राजमार्गमा पर्ने कोदारी स्थित इकु पहिरोबाट सडक खुलाउन प्रयास लागि पुर्ब मनत्री मोहन बहादुर बस्नेत बाह्र्बिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत उप प्रमुख मन्जू तामाङ्ग सडक डिभिजन लगाएत स्थानीय ब्यपारी तथा सघं सस्थाहरु लागी परेका छन । यसरी सबैले सहयोग गरेकै कारण यो ट्रयाक छिटै खोल्न सहजता भएको हो ।
